Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोइरालाको अपील, 'सुझबुझका साथ रुख चुनाव चिन्हमा मतदान गर्नुहोला'
कोइरालाको अपील, 'सुझबुझका साथ रुख चुनाव चिन्हमा मतदान गर्नुहोला'
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन ४, २०८२

नेपालगन्ज : बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले सुझबुझका साथ रुख चुनाव चिन्हमा मतदान गर्न सबैलाई अपील गरेका छन् । बाँकेको क्षेत्र नम्बर २ अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ मा प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सोमबार (आज) सम्बोधन गर्दै उनले चुनावमा जात, धर्म, छिमेकी र नाता सम्बन्धका आधारमा मतदान नगर्न आग्रह गरे ।

‘यो चुनावमा गलत मान्छेलाई चुन्नु भयो भने पाँच वर्षसम्म पछुताउनुपर्ने हुन्छ,’ कोइरालाले भने, ‘यो बेला नेताहरुको अनुहार राम्ररी हेरेर सुझबुझका साथ आफ्नो बहुमूल्य मतदानलाई प्रयोग गर्नुहोला ।’ देशमा राजनीतिक क्रान्ति भइसकेकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । कोइरालाले अगाडि थपे, ‘अब आर्थिक क्रान्ति गरेर देश र जनताको आर्थिक स्तर माथि उठाउनुपर्नेछ ।’

NPJ-22-1771248809.jpg
२००७ सालदेखि अहिलेसम्म मुलुकको हरेक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको र गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पनि नेपाली कांग्रेसले अरु दल भन्दा अगाडि आफूलाई परिवर्तन गरेको दाबी गरे । ‘भर्खरै जेनजी आन्दोलन भयो, हाम्रा कलिला नानीबाबुहरुले सहादत प्राप्त गर्नुभयो, केही दलले आफूलाई जेनजीको प्रतिनिधित्व गरेको भनेर युवाहरुलाई भ्रममा पार्ने काम गरे,’ उनले भने, ‘नेपाली कांग्रेसले नेतृत्व परिवर्तन मात्र होइन, आफ्नो नीतिमा पनि परिवर्तन ल्याएको छ ।’ नेपाली कांग्रेसले परिवर्तन स्वरुप यो निर्वाचनका लागि आफू जस्ता १ सय ६ जना नयाँ युवालाई उम्मेदवार बनाएको जानकारी दिए ।

बाँकेको क्षेत्र नम्बर ३ का बासिन्दाले सुशील कोइरालालाई निर्वाचित गराएर पठाएकाले बाँकेमा विकासका कामहरु धेरै भएको उनको भनाई छ । ‘नेपालगन्जमा हामीले जति पनि विकास देखिरहेका छौं, यसमा स्वर्गीय सुशील कोइरालाको योगदान छ, उहाँले विकास मात्रै गर्नु भएन, देशलाई संबिधान पनि दिनुभयो ।’ आफूले नेपाली कांग्रेसको शाखलाई तल झुक्न नदिने उम्मेदवार कोइरालाले वाचा गरे । नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का सभापति सतिशकुमार सोनीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस नेता एवम् वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, कांग्रेस नेता एवम् नेपाल तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाह, कांग्रेस नेता पुरन सिंह ठकुरी, विजय मल्ल लगायतले बोलेका थिए ।

Nepalgunj-22-1771248809.jpg
यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा सोमबार नै आयोजित प्रचार-प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार कोइरालाले वडा-वडामा देखिएको उत्साहले कांग्रेस जित नजिक पुगिसकेको बताए । ‘हजुरहरुको यति ठूलो उपस्थितिले नेपालगन्ज-२२ बाट नेपाली कांग्रेसले आफ्नो झण्डा फहराइसकेको छ, हामी जित नजिक पुगिसकेका छौं,’ उनले भने, ‘कतिपयले युवा साथीहरुलाई सामाजिक सञ्जालमार्फत भ्रममा पार्ने काम गरिरहेका छन्, कोही पनि भ्रममा नपर्नुहोला ।’

कांग्रेसले सधैंभरी परिवर्तनको लागि लडाइँ लड्दै आएको प्रष्ट्याउँदै उनले जेनजी आन्दोलनपछि युवाको भावनालाई समेटेर कांग्रेसले आफूलाई परिवर्तन गरिसकेको बताए । कांग्रेसले देशका लागि गरेको योगदानका बारेमा युवाहरुलाई बुझाउन जरुरी रहेको उनले प्रष्ट्याए । स्वर्गीय सुशिल कोइरालाको क्षेत्रमा आफूलाई नेपाली कांग्रेसको उम्मेदवारका रुपमा प्रस्तुत गरेको उल्लेख गर्दै कोइरालाले आफू नेता नभई सेवक बनेर काम गर्न आएको बताए ।

NPJ-21-1771248823.jpg
उक्त कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले विगतका निर्वाचन भन्दा यस पटकको निर्वाचन निकै महत्वपूर्ण र संवेदनशील रहेको बताए । ‘यो चुनावमा सोच बिचार गरेर मात्र मतदान गर्नुहोला, कसैको बहकाउमा नलाग्नुहोला,’ उनले भने, ‘तपाईंहरुलाई कोही भ्रममा पार्न आउलान् ।’ बाँकेको विकासमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गी सुशिल कोइरालाको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

स्वर्गीय कोइरालाले गरेको कामलाई आफूले गरेको भनेर केहीले भ्रामक प्रचार गरिरहेको चौधरीले बताए । स्वर्गीय सुशील कोइरालाकै भतिज शुधान्सु कोइराला अहिले बाँकेको क्षेत्र नम्बर २ मा उम्मेदवार रहेकाले रुख चिन्हमा मतदान गरेर जिताउन सबैलाई अनुरोध गरे ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा सभापति बिद्याराम बर्माको सभापतित्वमा सम्पन्न भएको प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका महासमिति सदस्य राजकुमार बर्मा, निजामुद्धिन अन्सारी ‘छोट्कौ’, पूर्व उपमेयर एवम् महासमिति सदस्य उमा थापा मगर लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए । कोइरालाले सोमबार नै डुडुवा १ होलिया, नेपालगञ्ज वडा नम्बर २३ लगायतका स्थानमा प्रचारप्रसार कार्यालय उद्घाटन, भेटघाट गर्नुका साथै वडा स्तरीय भेलालाई सम्बोधन समेत गरेका छन् । 

Nepalgunj-21-1771248823.jpg
 


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्