Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘युवालाई साथ लिएर भ्रष्टाचारविरुद्ध सधैं आवाज उठाउनेछु’ : कोइराला
‘युवालाई साथ लिएर भ्रष्टाचारविरुद्ध सधैं आवाज उठाउनेछु’ : कोइराला नेपालगन्ज र डुडुवामा एकैसाथ उम्मेदवार कोइरालाको भेटघाट तथा घरदैलो
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, फागुन ५, २०८२

नेपालगन्ज : नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले भ्रष्टाचारका विरुद्ध युवालाई साथ लिएर आफूले सधैं आवाज उठाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा मंगलबार (आज) प्रचार-प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै गर्दा कलिला भाईबहिनीले सहादत प्राप्त गरेको स्मरण गर्दै जेननी युवाहरुलाई साथमा लिएर नै भ्रष्टाचारका विरुद्ध आफू सडक र सदनमा बोलिरहने बताए ।

‘भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै गर्दा जेनजी आन्दोलनका क्रममा नेपालगन्जका दुई जना भाईहरु शुलभराज श्रेष्ठ र आयुष थापाले सहादत प्राप्त गर्नुभयो, म उहाँहरु दुबै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ उम्मेदवार कोइरालाले भने, ‘युवा भाईबहिनीहरुले बगाएको रगतलाई म कत्ति पनि खेर जान दिने छैन, म युवाहरुलाई साथमा लिएर भ्रष्टाचार विरुद्ध आवाज उठाउनेछु, सुशासन कायम गराउन नेतृत्व गर्नेछु ।’

जेनजी आन्दोलनका क्रममा देशले माओवादी द्वन्दको बेला भन्दा पनि अझ दर्दनाक रुपले क्षति ब्यहोरेको उनले स्मरण गरे । नेपाली कांग्रेसले जेनजी आन्दोलन र जेनजी युवाहरुको भावनालाई समेटेर आफ्नो नीति र नेतृत्व परिवर्तन गरिसकेको नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका युवा उम्मेदवार कोइरालाले प्रष्ट्याए । प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारमा नेपाली कांग्रेसले युवाहरुका लागि स्वरोजगार लगायतका विषयमा ठोस योजना ल्याउने उनले बाचा गरे ।  

नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र रहेको बाँके–२ मा उम्मेदवार बन्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसका सम्पूर्ण अग्रज नेता गणहरु, संगठनभित्र र बाहिरबाट पनि हाम्रो यस अभियानमा साथ दिनुभएको छ, सबैलाई म सम्मान गर्न चाहन्छु, मलाई निर्वाचित गराउनु भयो भने हजुरहरुको भावनालाई संसदमा पेश गर्नेछु, हजुरहरुलाई कहिल्यै पनि निराश हुन दिने छैन ।’

सादगी, त्यागी र निष्ठाका प्रतिक स्वर्गीय कोइरालाले जस्तै आफूले पनि कुनै दाग लाग्न नदिने उनले अठोट गरे । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का सभापति निजामुद्धिन सिद्धिकी ‘मुन्ना’ को सभापतित्वमा सम्पन्न भएको प्रचार–प्रसार कार्यालय उद्घाटनका क्रममा पार्टीका नेता प्रह्लाद लखेरले उम्मेदवार कोइरालाई मतदान गरेर जिताउन सबै वडाबासीलाई अपिल गरेका थिए । 

कार्यक्रममा महासमिति सदस्य निरञ्जन सिंह सिंजापति, लुम्बिनी प्रदेशका सांसदद्वय मिना सिद्दिकी र सुशिला नेपाली, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कांग्रेस नेता हेमन्त कर्माचार्य, महाधिवेशन प्रतिनिधि मुकुन्द केसी, जिल्ला कार्यसमिति सदस्य अशोक श्रेष्ठ, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह, नेपालगन्ज–५ का कांग्रेस वडा सभापति मेराज हलवाई लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच मंगलबार नै डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आयोजित वडा स्तरिय भेलालाई सम्बोधन गर्दै कोइरालाले राप्ती नदिका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गरे ।  राप्तीको बाढीका कारण वर्षौदेखि खेती योग्य जमीन डुवान र कटान भइरहेको भन्दै उहाँले डुबान नियन्त्रण र कटान रोकथामका लागि आवश्यक पहलकदमी लिने विश्वास दिलाए ।

यूवा नेता कोइरालाले डुडुवाको समग्र समस्याबारे आफु जानकार मात्र नभई सम्वेदनशिल र जिम्मेवार रहने समेत दाबी गरे । उनले डडुवाको कृषि उत्पादन वृद्धिका लागि उचित सिंचाई र मलखादको व्यवस्थाका लागि समेत आफु प्रतिवद्ध रहेको बताए । राजनीतिमा संस्कार र इमानदारिता पनि जुरुरी रहेको बताउँदै उनले आफु त्यो  संस्कारबाट दिक्षित भएको उल्लेख गरे । समाजसेवा गर्नका लागि राजनीतिमा आएकाले जनताको हरेक सवालमा आफु समर्पित रहने उनको जीकीर थियो ।

उनले भने–‘यहाँहरुले विश्वास गरेर मलाई सांसदमा जिताउनुस्, त्यो विश्वासलाई म शीरोधार्य गर्नेछु ।’अनेकन स्वार्थले पार्टीहरु खोल्ने, टुटने र फुटने भइरहेको प्रसंग कोट्याउँदै उनले भने –नेपाली कांग्रेसप्रति जनताको अपार विश्वास र माया रहेकाले आफु जित्नेमा विश्वस्त छु । नेपाली काँग्रेस महासमिति सदस्य राजकुमार बर्माले जनताको समस्या काँग्रेसले नै सम्वोधन गर्न सक्ने भन्दै यूवा उम्मेदवार कोइरालालाई जिताउने अवसर नगुमाउन आहवान गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बर्माले अन्य दलका झुठा आश्वासनमा विश्वास नगर्न पनि अपील गरे । यस्तै नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र चौधरीले पुरानो र भरपर्दो पार्टी काँगे्रस मात्रै भएकाले काँग्रेसकै उम्मेदवारलाई जिताउन अनुरोध गरे ।
नेपाली काँग्रेस डुडुवा २ का सभापति रामकुमार गोडियाको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ‘क’ का सभापति ज्ञानेन्द्रकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँगे्रस बाँकेका पुर्वसभापति किरण कोइराला लगायतको उपस्थिती रहेको थियो ।  

उम्मेदवार कोइरालाले मंगलबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवा चोकमा प्रचार–प्रसार कार्यालय उद्घाटन, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा प्रचार–प्रसार कार्यालय उद्घाटन र घरदैलो तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा पनि प्रचार-प्रसार कार्यालय उद्घाटन र घरदैलो गरेको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २३:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्