Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’
‘घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’ बाँके निकुञ्जको मध्यवर्तीका समस्या गौडेलको प्राथमिकतामा
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन ६, २०८२

कोहलपुर: बाँके क्षेत्र नं.१ का नेपाली काँग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेल मतदाताको घरदैलोमा पुग्ने प्रयासमा व्यस्त छन् । तर समयको अभावका कारण सबै मतदातासम्म पुग्न नसकिएको बताउँदै उनले मतदातालाई आफूलाई सम्झेर ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । कोहलपुर नगरपालिका-१२ अन्तर्गत निबुवामा बुधवार आयोजित चुनावी सभामा बोल्दै गौडेलले आफूले प्रत्येक घरमा पुग्ने चाहना राखे पनि चुनावी व्यस्तताले त्यो सम्भव नभएको बताए । 

उनले भने–‘म सबैको घरदैलोमा पुग्न सकेको छैन । तपाईंहरु नै नारायण गौडेल बनेर गाउँ–टोलमा पुगिदिनुहोस् । रुख चिन्हमा भोट हाल्न सबैलाई सम्झाइदिनुहोस् ।’ गौडेलले चुनावी समयमा सबै मतदाताहरुसँग भेटघाट, फोन वा प्रत्यक्ष सम्पर्क हुन नसकेपनि काँग्रेस जिताउने अभियानमा लाग्न आग्रह गर्नुभयो । ‘चुनावको चटारोमा सबैलाई सम्झन, भेट्न गाह्रो हुँदो रहिछ ।

उम्मेदवारले फोन गरेन, भेटेन भनेर मनमा नराख्नुस्’ मतदातालाई सम्झाउँदै गौडेलले भने । निबुवा क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले त्यहाँका नागरिकले भोग्दै आएको समस्या पनि गौडेलले आफ्नो प्राथमिकतामा राखेका छन् । उनले भने–‘यो समस्या भाषणले मात्र समाधान हुँदैन । निकुञ्ज ऐन नै परिवर्तन गर्नुपर्छ । त्यसका लागि म पहल गर्छु ।’

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वन्यजन्तुजन्य क्षति, आवतजावतको असहजता र विकास निर्माणका अवरोधजस्ता समस्याहरु भोग्दै आएका छन् । गौडेलले यी समस्यालाई संसदसम्म पुर्‍याएर कानुनी समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे । गौडेलले आफ्नो क्षेत्रमा विकास निर्माणका कामहरु पनि क्रमशः अघि बढिरहेको उल्लेख गरे ।

सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आफूले दीर्घकालीन योजनाका साथ अघि बढ्ने उनले बताए । ‘विकास एकैचोटि हुने होइन, क्रमशः अगाडि बढ्ने प्रक्रिया हो उनले भने–‘हामीले थालेका कामहरुलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानेछौं ।’ वडा सभापति केशकुमारी ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, महासमिति सदस्यहरू चिन्तामणि धिताल र द्रोपती ओली, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतको सहभागिता थियो । वडा उपसभापति तेजराज शर्माले स्वागत मन्तव्य राख्दै स्थानीय कार्यकर्ता र मतदातालाई एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गरेका थिए ।

वडा सभापति ओलीका अनुसार मसुरीखेतमा भएको चुनावीसभालाई पनि काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले सम्वोधन गरेका थिए । त्यहाँ उनले काँग्रेस बदलिएर आएकाले काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । चुनावीसभा पछि उनले चपरगौरी, निबुवा, मसुरीखेत लगायतका ठाउँमा घरदैलो गरेको वडा सभापति ओलीले जानकारी दिइन् ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्