Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्’ : कमरुद्धिन राई  
‘चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्’ : कमरुद्धिन राई  
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन ६, २०८२

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपाल (जसपा)को तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्धिन राईले चुनावको मुखमा पैसा बाँड्नेहरुलाई अस्वीकार गर्न मतदातालाई आग्रह गरेका छन् । नेपालगन्जमा बुधबार आयोजित बृहत र्याली तथा कोण सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो चुनाव केवल चुनाव होइन, भाग्यको फैसला हो ।’

उम्मेदवार राईले फागुन २१ गते हुने निर्वाचनलाई केवल नियमित चुनावको रुपमा नहेर्न आग्रह गरे । उनले भने, ‘यो चुनाव जनताको भाग्य फैसला गर्ने अवसर हो, यसलाई सामान्य चुनावको रुपमा होइन, आफ्नो भविष्य तय गर्ने निर्णयको रूपमा लिनुपर्छ ।’ उनले जनतालाई भावनात्मक रूपमा जोड्दै प्रश्न गर्दै भने, ‘कोरोनाकालमा तपाईंहरूको दुःखमा को साथमा थियो ? अहिले भोट माग्न आउनेहरू त्यतिबेला कहाँ थिए ?’ उम्मेदवार राईले आफु सधैं जनताको साथमा रहेको दाबी गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालगन्जमा ल्याइएका केही विकास योजनाको श्रेय गलत रूपमा लिइएको आरोप लगाए । ‘पूर्व प्रधानमन्त्री सुशिल कोइरालाले नेपालगन्जमा ल्याएको एडिबीको बजेटलाई इस्तियाक राईले आफैं ल्याएको भन्दै भ्रम फैलाइएको छ, जनताले सत्य बुझ्नुपर्छ,’ उनले प्रश्न गर्दै भने, ‘नेपालगन्जमा आकासे पुल कहाँ छ ?’ उम्मेदवार राईले आफु नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर हुँदा आफ्नो कार्यकालका केही उपलब्धिहरू प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य तथा धार्मिक संरचनामा उल्लेख्य सुधार भएको दाबी गरे ।

नेपालगन्जमा १२ करोड रुपैयाँको लागतमा हनुमान मन्दिर निर्माण भइरहेको र बागेश्वरी मन्दिरको भौतिक संरचनामा सुधार गरिएको उनले जानकारी दिए । यस्तै भेरी अस्पतालको पूर्वाधार विकासमा जसपा नेतृत्वको योगदान रहेको उनले दाबी गरे । उपेन्द्र यादवको पहलमा स्वास्थ्य पूर्वाधार विस्तार भएको राईले उल्लेख गरे । 

कोण सभामा राईले बाँकेको दुडुवा गाउँपालिकाको अवस्था उल्लेख गर्दै अझै पनि खानेपानी र शौचालयजस्ता आधारभूत सुविधाको अभाव रहेको बताए । ‘त्यस्तो अवस्थामा विकास भयो भन्न मिल्दैन, विकास क्रमशः भइरहेको छ तर अझै धेरै काम बाँकी छ,’ उनले भने । राईले चुनावी विकृति र पैसाको प्रभावप्रति असन्तुष्टि व्यक्त गर्दै मतदातालाई सचेत रहन आग्रह गरे ।  ‘पैसा र बिरियानीमा बिक्ने मत हामीलाई चाहिँदैन,’ उनले भने ।

चुनाव अगाडी जनताको सुख दुःखमा साथ दिने व्यक्तिलाई मात्र समर्थन गर्न उनले आग्रह गरे । राईले आफ्नो उम्मेदवारी मधेशी, दलित, जनजाती तथा मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्न केन्द्रित रहेको बताए । उनले भने,  ‘मधेसीको अधिकार रक्षाका लागि मैले नेपालगन्ज उपमहानगरपालिकाको उप-प्रमुख पद त्यागेर आएको हुँ, अब जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी लिन चाहन्छु ।’

राजनीतिलाई व्यक्तिगत धन आर्जनको माध्यम बनाउने उम्मेदवारलाई परास्त गर्न उनको आग्रह छ । ‘इमान्दारिताका साथ छाता चिन्हमा मतदान गर्नुहोस्, चुनाव अगावै तपाईंको साथमा उभिनेहरूलाई सम्झनुहोस्, तर चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस् ।’


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्