Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन ६, २०८२

नेपालगन्ज : रुकुमेली सेवा समाज बाँकेले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई जिताउने भएको छ । साविक रुकुम जिल्लाबाट बसाई सरेर बाँकेमा बसोबास गर्दै आएका रुकुमेलीहरुको साझा संस्थाको रुपमा रहेको उक्त संस्थाले क्षेत्र नम्बर २ मा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु मध्ये सबैभन्दा योग्य, क्षमतावान र कुनै दाग नलागेका व्यक्ती शुधान्सु मात्र भएकाले उनैलाई सहयोग गर्ने निस्कर्ष निकालेको हो ।

समाजले बुधबार नेपालगन्जमा एक भेला गरेर कांग्रेसका युवा उम्मेदवार कोइरालासँग अन्तरक्रिया समेत गरेको थियो । रुकुमेली सेवा समाज बाँकेका अध्यक्ष बासुदेव गौतमले तत्कालिन माओवादी सशस्त्र द्धन्द्धयता ठुलो संख्यामा रुकुमेलीहरु बाँकेमा आएर बसोबास गरेको र धेरैले दुःख, कष्टका साथ जीवन यापन गर्दै आएको सुनाउँदै आउँदो निर्वाचनमा हरेक परिवर्तनको नेतृत्वकर्ता नेपाली कांग्रेस पार्टीलाई मतदान गरेर जिताउने निचोडमा आफुहरु पुगेको बताए ।

समाजमा बाँके जिल्लाका करिव १२/१३ सय जना सदस्यहरु रहेको र अधिकांसले बाँके-२ मा कोइरालालाई नै सहयोग गर्ने निर्णय भएको उनले सुनाए । ‘धेरै आन्दोलन र परिवर्तनको नेतृत्व गरेर आएको कांग्रेस जेनजी आन्दोलनपछि आफुलाई परिवर्तन गर्ने पहिलो पार्टी भएको छ,’ उनले भने, ‘कांग्रेस बद्लिएको छ, बद्लिएको कांग्रेसले भावी प्रधानमन्त्रीमा गगन थापालाई अगाडी सारेको छ, बाँके-२ का उम्मेदवार कोइरालाले पनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सक्दो रुपले लाग्छु भन्नु भएको छ, उहाँको कुरा र बिचारबाट हामीहरु प्रभावित भएका छौं ।’

रुकुमेली सेवा समाज नेपालगन्ज कार्यसमितिका अध्यक्ष दिपेन्द्रकुमार खड्काले रुकुमबाट झरेर आएका नेपालगन्जसहित बाँके क्षेत्र नम्बर २ का बासिन्दाले नेपाली कांग्रेसलाई नै मतदान गरेर जिताउने बताए । ‘हामी एक ढिक्का भएर युवाको नेतृत्व गर्नु भएका शुधान्सु कोइरालालाई मतदान गर्ने निर्णयमा पुगिसकेका छौं, युवाको मागलाई उहाँले सम्बोधन गर्नुहुनेछ, उहाँ जत्तिको ब्यक्तीलाई नेपाली कांग्रेसले यतिखेर उम्मेदवार बनाएर राम्रो काम गरेको छ ।’

सो क्रममा उम्मेदवार कोइरालाले आफुले भ्रष्टाचार र कुनैपनि अनुचित कार्य नगर्ने प्रतिवद्धता जनाए । ‘म आफुले भ्रष्टाचार गर्नेछैन, भ्रष्टाचारका विरुद्ध सडक र सदनमा बोलिरहनेछु,’ उनले भने, ‘मलाई यसपटक जिताएर संसदमा पठाउनुस्, म तपाईहरु सँग-सँगै मिलेर काम गर्नेछु ।’ रुकुमेली समाज लगायत बाँकेमा रहेका थुप्रै समाजहरुले आफुलाई हौसला दिइरहँदा चुनाव जित्ने आधार बलियो बन्दै गएको उम्मेदवार कोइरालाले बताए ।  

यसैबीच उम्मेदवार कोइरालाले बुधबार मतदाता भेटघाट र घरदैलो गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका वडासभापति जमालुद्धिन बागवानको अगुवाईमा मतदाता भेटघाट सम्पन्न भएको छ । सो क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य निरन्जनसिंह सिजापति, मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेसका युवा नेता बीरेन्द्रबहादुर शाह, नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाका उपसभापति धनराज बर्मा, तरुण दलका नगर अध्यक्ष सन्दिपजंग शाह, दिलिप रेग्मी, कुन्तलराज शर्मा, महिला नेतृ मञ्जु शाह लगायत वडा स्तरमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।

NPJ-6-1771433703.jpeg
यसअघि बुधबार बिहान वडा नम्बर १४ मा वडासभापति सञ्जय बर्माको अगुवाईमा भएको मतदाता भेटघाटका क्रममा पार्टीका महासमिति सदस्य एवम् नेता राजकुमार बर्मा, महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, महासमिति सदस्य निजामुद्धिन अन्सारी ‘छोड्कौं’, पार्टीका युवा नेता बीरेन्द्रबहादुर शाह, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव प्रदिप साह, युवा नेता रमेश तिमिल्सिना लगायत वडा स्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २२:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्