Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्ती सोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 
राप्ती सोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, फागुन ७, २०८२

कोहलपुर : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं.१ का काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले विहीबारदेखि राप्तीसोनारीमा घरदैलो अभियान सुरु गरेका छन् । राप्ती सोनारीमा गौडेलको घरदैलो ११ गतेसम्म चल्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए ।

पहिलो दिन राप्तीसोनारी गाउँपालिका वडा नं.२, ५ र ९ का विभिन्न वस्तीमा भएको छ । वडा नं.२ को माछेबासमा काँग्रेस वडा कार्यसमितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उम्मेदवार गौडेलले स्थानीयका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए । ‘बाटोघाटो, पुलपुलेसा जस्ता विकास निर्माणका विषयहरु यहाँका दाजुभाइ–दिदीबहिनीहरुले उठाउनुभएको छ उनले भने–‘यी मागहरु स्वाभाविक छन् र म निर्वाचित भएमा यिनलाई सम्बोधन गर्न पहल गर्छु ।’

उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधार विकासका केही काम अघि बढाइरहेको उल्लेख गर्दै केन्द्रबाट नीतिगत सुधार आवश्यक रहेको धारणा पनि राखे । आफु निर्वाचित भएर प्रतिनिधिसभामा पुगे नीति निर्माण तहमा आवाज उठाउनु नै आफ्नो मुख्य प्राथमिकता हुने उनको भनाइ छ । राप्तीसोनारी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यहाँका बासिन्दा वर्षौँदेखि वन्यजन्तुको आतंकसँग जुधिरहेका छन् ।

खेतबारीमा वन्यजन्तुले अन्नपात खाएर क्षती पुर्याइरहेका छन् भने बाघ, हात्ती लगायतका जनावरले असुरक्षा बढाइरहेका छन् । गौडेलले यस विषयलाई आफ्नो अभियानको मुख्य एजेन्डा बनाएको बताए । उनले भने–‘यो समस्या भाषण गरेर समाधान हुँदैन, ऐन नै संशोधन गर्नुपर्छ । मलाई जिताएर संसद पठाउनुहोस्, म त्यहाँबाट यो ऐन संशोधनका लागि बोल्छु ।’ गौडेलको यो भनाइले स्थानीयमा केही आशा जगाएको देखिन्थ्यो ।

स्थानीय भीमा ओलीले भनिन्–‘हामीले धेरै पटक नेताहरुलाई यो कुरा सुनाएका छौँ, तर समाधान भएको छैन । यसपटक गौडेललाई जिताउने हो भने साँच्चै काम हुन्छ कि भन्ने आशा लागेको छ ।’ चुनावी व्यस्तताका कारण प्रत्येक मतदाताको घरमा व्यक्तिगत रुपमा पुग्न सम्भव नहुने कुरा गौडेलले खुलेर स्वीकारेका छन् । तर उनले स्थानीय पार्टी नेता–कार्यकर्तालाई ‘स्वयं उम्मेदवार’ बनेर जनतासम्म पुग्न आग्रह पनि गरेका छन् ।

‘हामी सबै मिलेर जनताको घरदैलोमा पुग्नुपर्छ । तपाईँहरु पनि आफैँलाई उम्मेदवार ठानेर सबैको घरमा पुग्नुहोस् र काँग्रेसको पक्षमा मत माग्नुहोस्’–उनले कार्यकर्तालाई निर्देशन दिए । भेलामा तरुण दलका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, टोपबहादुर खड्का, होमराज अधिकारी, दिलबहादुर बस्नेत, शेरबहादुर ओली लगायतले उम्मेदवार गौडेल समक्ष स्थानीय समस्याहरु सुनाएका थिए ।

गौडेलले ती समस्या सम्वोधनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफू सधै तत्पर रहेको विश्वास दिलाए । घरदैलो कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, अग्रज नेता हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी, प्रदेश ‘क’ का सभापति अमर बुढाथोकी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । विहीबार वडा नंं ५ का जुरपानी, बनजरिया, गोभारपुर, वडा नं.२ का माछेबास, मधुवा, शम्शेरगन्ज, राजपुर र वडा नं.९ को ढकेरीमा घरदैलो कार्यक्रम गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २३:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्