Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई खजुरामै सञ्चालन गर्न पहल गर्छौं’ : पुन
‘लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई खजुरामै सञ्चालन गर्न पहल गर्छौं’ : पुन
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, फागुन ७, २०८२

खजुरा (बाँके)  : खजुरामा लुम्बिनी प्राविधिक विश्व विद्यालयको भवन व्यवस्थापनमा कांग्रेसले आवश्यक पहल गर्ने बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति समेत रहेका पुनले मतदाता भेटघाटका क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पुनले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई यस क्षेत्रकै गौरवको आयोजनाको रुपमा विकास गर्न आफु प्रतिवद्ध रहेको बताए । उनले भने, ‘विशेष गरी बाँके र बर्दियाका जनतालाई गर्व महसुस गराउने उद्देश्यले लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुरामा सञ्चालन गर्ने तत्कालिन प्रदेश सरकारले निर्णय गरेको थियो, त्यसमा हामी सबैले पहल गरेका थियौं । अब प्राविधिक विश्वविद्यालयको भवन व्यवस्थापनको समस्या समाधान गरेर खजुरामै पठनपाठन सुरु गर्न पहल गर्छौ ।’

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर आवश्यक पुर्वाधार अभावका कारण प्राविधिक विश्व विद्यालयलाई यस क्षेत्रकै जनताको जीवनस्तर उकास्ने योजनाको रुपमा व्यवस्थापन गर्नुपर्ने पुनले बताए । ‘प्रविधिलाई समृद्धिको साधन बनाउने हाम्रो लक्ष्य हो, प्रविधिको विकासको लागि नेपाली कांग्रेसले युवाहरुको भावनालाई समेटेर आफ्नो नीति र योजना बनाएर काम गरिरहेको छ, प्राविधिक शिक्षालाई समृद्धिसँग जोडेर युवालाई रोजगारी सृजना गर्न कांग्रेसले नयाँ नीति बनाएर काम गर्नेछ,’ उनले भने ।

लुम्बिनी प्रदेशको गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालयको जग्गा व्यवस्थापनको समस्यालाई समाधान गर्न आफुले मुख्य एजेण्डा बनाएर काम गर्ने पुनले प्रतिवद्धता जनाए । लुम्बिनी प्राविधिक विश्व विद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्था सहित भवन निर्माण र खजुरामै कक्षा सञ्चालनमा सहयोग गर्ने पुनले बताए ।

अहिले लुम्बिनी प्राविधिक विश्वविद्यालयले भाडाको भवनबाटै आफ्नो शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भाडा वापत विश्व विद्यालयले वार्षिक ४८ लाख भन्दाबढी रकम खर्च गर्ने गरेको छ । बाँकेको खजुरामा विश्व विद्यालय स्थापना गरेर शैक्षिक कार्यक्रमहरु सञ्चालनको लागि प्रदेश सरकारले निर्णय गरेको थियो ।

२०७९ पुष २२ गतेको निर्णयबाट बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरेर कार्यक्रम संचालन गर्ने कार्यको सुरुवात गरिएको थियो । तर, स्थायी भवनको अभावको कारण विश्वविद्यालयले मासिक रुपमा भाडा तिरेर नेपालगन्ज स्थित कृषि विकास बैंकको कार्यालयको भवनबाट पठन-पाठन सञ्चालन गरिरहेको छ ।


विश्वविद्यालयले नेपालगन्जको धम्बोझीस्थित कृषि विकास बैंकको क्षेत्रीय कार्यालयको भवनलाई पाँच वर्षका लागि भाडामा लिने सम्झौता गरेको छ । मासिक भाडा वापत ३ लाख ५० हजार रुपैयाँ विश्व विद्यालयले तिरिरहेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २३:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्