Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता : सुशासन पारदर्शिता र जनउत्तरदायी शासन ब्यवस्थामा जोड
कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता : सुशासन पारदर्शिता र जनउत्तरदायी शासन ब्यवस्थामा जोड
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन ११, २०८२

बाँके(कुसुम) : नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलको प्रतिवद्धता-पत्र सार्बजनिक गरेको छ । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने संकल्पका साथ राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सोमबार एक औपचारिक कार्यक्रमका बीच उक्त पत्र सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीको सभापतित्व एवम् कांग्रेस बाँकेका सभापति एवम् उम्मेदवार गौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले स्वागत गर्दै उद्देश्यमाथी प्रकाश पारेका थिए । 

उम्मेदवार गौडेलले आफ्नो प्रतिवद्धतामा सुशासन पारदर्शिता र जनउत्तरदायी शासन ब्यवस्था, शिक्षा र स्वास्थ्य, पुर्वाधार र शहरी विकास, कृषि उद्योग ब्यापार र रोजगारी, युवा तथा खेलकुद, महिला असहाय बालबाबालिका जेष्ठ नागरिक तथा सिमान्तकृत समुदाय, सँस्कृति पर्यटन वन तथा वातावरण, खानेपानी तथा सरसफाई, सञ्चार तथा पत्रपत्रिका लगायत विषयहरुलाई मुख्य रुपमा समेटेका छन् ।

प्रतिवद्धता पत्रमा भ्रष्टाचार मुक्त शासन ब्यवस्था स्थापित गर्ने र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अपनाइने, संघीय बिद्यालय शिक्षा ऐन जारी गर्न पहल गरिने, बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ लाई शिक्षाको हवको रुपमा विकास गर्न नीति लिइने, कोहलपुर नगरपालिकाको रिङरोडलाई पूर्णता दिइने र कोहलपुरलाई यस क्षेत्रको ब्यवस्थित शहरको रुपमा विकास गर्न आवश्यक पहल गर्ने उल्लेख गरिएको छ ।

यस्तै बजेट विनियोजन भईसकेको राप्ती सोनारीको बैजापुर कुम्भरदेखी नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रियामा अगाडी बढाउन पहल गरिने, कृषकलाई मल बीउ र औजार सहज रुपमा उपलब्ध गराउन पहल गरिने, राप्ती सोनारी र नरैनापुरमा रहेका रंगशालाको स्तरोन्नतीका साथै ब्यवस्थित गर्न पहल गरिने लगायत रहेका छन् । 

उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, पुर्वसभापति कृष्णप्रसाद पौडेल, महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, कांग्रेस प्रदेश सभा-१ ‘क’ का सभापति अमरबहादुर बुढाथोकी, राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्री, नेपाली कांग्रेस राप्ती सोनारी-१ का वडासभापति मोहनराज डाँगी, नेपाल शिक्षक संघ बाँकेका पुर्वअध्यक्ष रुद्रबहादुर ओली, तरुण दल क्षेत्र नम्बर १ का सभापति दिग्विजय राणा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव जयश्वर पौडेलले गरेका थिए । 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्