नेपालगन्ज : नेपाली काँग्रेसको तर्फबाट बाँके, क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई असल जनप्रतिनिधिको भुमिका निभाउन मतदाताले सुझाव दिएका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ र ६ मा बुधबार(आज) आयोजित घर दैलोका क्रममा कोइरालालाई शुभकामना दिदै उपस्थित मतदाताले नेपाली काँग्रेसले मात्र बाँकेको क्षेत्र नम्बर २ मा असल ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै पदमा रहँदा खराब काम नगर्न आग्रह गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुलटेक्रा निवासी शोभा ओलीले पुर्बप्रधानमन्त्री एवम नेपाली कांग्रेसका पुर्बसभापति स्वर्गिय सुशिल कोइरालाको जस्तै 'त्याग' र 'निष्ठा' को राजनीति गर्न शुधान्सुलाई सुझाव दिईन । नेपाली कांग्रेसले युवा, सक्षम र जुझारु उम्मेदवारका रुपमा यसपटक शुधान्सु कोइरालालाई उठाएको भन्दै उनले क्षेत्र नम्बर २ का बासिन्दाले पार्टीभन्दा माथी उठेर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरिन । मतदातालाई दुई हात जोड्दै उम्मेदवार कोइरालाले आफुले भ्रष्टाचार कहिल्यै नगर्ने र भ्रष्टाचारका विरुद्ध सदन तथा सडकमा आवाज उठाईराख्ने प्रतिवद्दता जनाए । आफुले बाँके क्षेत्र नम्बर २ का आम मतदाता, नेपाली कांंग्रेस पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताको शिर कहिल्यै निहुँरिन नदिने अठोट गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइराला सहित वडासभापति मेराज हल्वाई, कांग्रेस नेतृ एवम लुम्बिनी प्रदेश सभाका सांसद मिना बोहरा, र सुशिला नेपाली (वादी), पार्टीका महासमिति सदस्य तथा पुर्ब प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता हाजी मोहम्मद कदिर अन्सारी, कांग्रेस नेतृहरु अस्मिता शाह (महतरा) र मन्जु शाह, नेता असफाक अन्सारी, युवा नेता लियाकत खान, मुस्लिम संघ नगर उपाध्यक्ष इसरार अन्सारी, फरुदुल हल्वाई लगायतको उपस्थिती रहेको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा भएको घर दैलोका क्रममा उम्मेदवार कोइराला सहित वडासभापति जमालुद्दिन बागवान, कांग्रेस नेतृ एवम लुम्बिनी प्रदेश सभाका सांसद सुशिला नेपाली, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य रितेश शर्मा, वडा नम्बर ६ का सचिव दिलिप रेग्मी, नेता कपिल पाठक, बसन्त उपाध्याय, प्रेम बहादुर बुढाक्षेत्री, कुन्तलराज शर्मा, कांग्रेस नेतृहरु अस्मिता शाह (महतरा), मन्जु शाह, राधा, खड्का, अनुजा राठौर (सेन), भुमी दमिनी, क्षेत्रीय प्रतिनिधि मोहम्मद अरसद शेख लगायतको उपस्थिती रहेको थियो ।