नेपालगन्ज : नेकपा एमाले बाँकेका एक जिम्मेवार नेताले राष्ट्र सेवक कर्मचारीमाथी आक्रोश पोखेका छन । मौन अवधिको उल्लंघन गर्दै उनलेे कर्मचारीमाथी यसरी आक्रोश पोखेका हुन ।
एमाले बाँकेका नेता एवम पुर्बउप-सचिव प्रमोद धितालले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङविरुद्ध सामाजिक संजालमा आक्रोशपुर्ण अभिब्यक्ती दिएका हुन । धितालले सामाजिक संजालमा पटक-पटक विभिन्न ब्यक्तीलाई लक्षित गरेर यसरीब्नै विवादास्पद अभिब्यक्ती दिदै आएका छन ।
बाँके प्रशासनले अहिले निर्वाचन आचार संहिता पालना गर्न दल, उम्मेदवार, सन्चारमाध्यम लगायतलाई कडाई गरिरहेको छ । एकातिर प्रशासनले आचार संहितामा कडाई गरेको, अर्कोतिर आफ्नो पार्टीका उम्मेदवार पछाडी परेको अवस्थाले गर्दा नेता धितालले आक्रोशपुर्ण अभिव्यक्ति दिएको बताइएको छ । 'चुनाव हार्ने आंकलनको यो आक्रोश पनि हो,' श्रोतले भन्यो ।
धितालले सामाजिक संजालमा लेखेका छन, 'तैले कांंग्रेसको पाेष्ट हेरनस सिडिओ ? चुनावपछि हेर तेराे औकात ।' आफ्नो अभिब्यक्ती विवादित बनेपछि धितालले अहिले फेसबुक स्टाटस हटाईसकेका छन । बाँके प्रशासनले धिताललाई नियन्त्रणमा लिने तयारी गरिरहेका बेला उनले स्टाटस हटाएको बताइएको छ । नेता धिताल एमाले समानुपातिक उम्मेदवार विजया धितालका पति हुन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले राष्ट्र सेवक कर्मचारीमाथी निर्वाचनको विषयलाई लिएर सार्बजनिक टिप्पणी गर्नु दु:खद भएको भन्दै एमाले नेता धितालले आफ्नो स्टाटस आफै हटाइसकेको प्रतिक्रिया दिए ।
'अहिले उहाँले आफ्नो स्टाटस हटाइसक्नु भएको छ, उहाँमा हल्का स्वास्थ्य सम्बन्धि समस्या रहेछ, हामी निर्वाचनलाई निश्पक्ष रूपले सम्पन्न गर्ने तयारीमा छौं,' प्रजिअ तामाङले भने ।