Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भावी प्रधानमन्त्री बालेनले सुझाए १६ मन्त्रालय
भावी प्रधानमन्त्री बालेनले सुझाए १६ मन्त्रालय
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, चैत ९, २०८२

काठमाडौं : नयाँ जनादेशसँगै यतिबेला नयाँ सरकार गठनको चर्चा बढ्न थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने भएपछि उनले आफू अनुकुलको टीम बनाएर काम गर्ने आशय प्रकट गरेपनि निर्वाचनपछि बालेन कहीँ केही पनि बोलेका छैनन् ।  

रास्वपाले निर्वाचित सांसदलाई संसदीय अभ्यास र रास्वपाको नयाँ नीतिका विषयमा छलफल गर्न गरेको अन्तर्क्रियामा पनि बालेन उपस्थित भएनन् । तर बालेनले नयाँ मन्त्रिपरिषद कस्तो बनाउनेभन्ने गृहकार्य गरिरहेको रास्वपा स्रोतले जनाएको छ ।  रास्वापका शीर्ष नेता बालेनसँगै सभापति रवि लामिछाने, उपसभापति डोरप्रसाद अर्याल तथा अर्का उपसभापति स्वर्णीम वाग्ले छलफलका जुटेको तस्बिर पनि सार्वजनिक भइरहेका छन् ।  

यसबीचमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्रले १६ मन्त्रालय बनाएर मन्त्रिपरिषद तयार गर्ने प्रस्ताव गरेका छन् । उनले साविकका केही मन्त्रालय यथावत राखी केही मन्त्रालय खप्टाएर १६ मन्त्रालयको मन्त्रिपरिषद बनाउने तयारी गरेका छन् ।  बालेन्द्रले साविकको प्रधानमन्त्री कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव गरेका छन् ।

त्यस्तै साविकको गृह मन्त्रालय र आन्तरिक सुरक्षा र प्रशासनलाई गृहमन्त्रालय मातहत राखेर गृहमन्त्रालय नाममा काम गर्न सुझाएका छन् ।  साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई संयुक्त रुपमा अर्थ, योजना तथा विकास मन्त्रालयमार्फत काम गर्ने सुझाव उनको छ । परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय यथावत नै रहने प्रस्‍ताव छ भने, साविकको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयलाई मिलाएर शिक्षा, युवा तथा खेलकुद मन्त्रालय बनाउन प्रस्ताव गरेका छन् ।  

स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालय नामाकरणसहित साविकका स्वास्थ्य, जनसंख्या र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय जोड्न उनले सुझाएका छन् । भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालय अनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय यथावत रहने प्रस्ताव गरेका उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई परिवर्तन गरेका छन् ।

बालेन्द्रको प्रस्तावमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय यथावत छ । तर साविकको उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मिलाएर उद्योग, श्रम तथा आपूर्ति मन्त्रालय बनाउन सुझाएका छन् । साविकको वन तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालयलाई एकै मन्त्रालय वन, वातावरण तथा प्राकृतिक स्रोतमा समेट्‍ने प्रस्ताव उनको छ ।

प्रधानमन्त्री बन्नुभन्दा अघि बालेन्द्र शाहले साविकको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत रहने तर, सञ्चार तथा सूचना प्रविधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जोडेर सार्वजनिक सेवा तथा सञ्चार मन्त्रालय बनाउन प्रस्ताव गरेका छन् ।  उनका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यथावत रहनेछ ।  

प्रधानमन्त्री बन्ने बरिष्ठ नेता शाहले १६ मन्त्रालय प्रस्ताव गरेर आगामी १३ गते आफूले प्रधानमन्त्रीको शपथ लिँदा बाँकी सबै मन्त्रीको शपथ गराउने तयारी उनले गरेका छन् ।  पार्टी सभापति रवि लामिछानेले भने विगतमा भएको छलफल र समझदारी अनुसार नै १८ मन्त्रालय यथावत राखेर सरकार गठन गर्नुपर्ने अडानमा कायम छन् । 

बालेन्द्र शाहले प्रस्ताव गरेका १६ मन्त्रालय :

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय)

२. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन)

३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग)

४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय)

५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय)

६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय)

७. स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालय (स्वास्थ्य, जनसंख्या र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)

८. भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालय (साविकको भौतिक पूर्वाधार, यातायात र शहरी विकास )

९. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (साविकको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय)

१०. कृषि तथा पशुपन्छी विकास मन्त्रालय (साविकको कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

११. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (साविकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण)

१२. उद्योग, श्रम तथा आपूर्ति मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा)

१३. वन, वातावरण तथा प्राकृतिक स्रोत मन्त्रालय (साविकको वन तथा वातावरण र खानेपानी तथा सरसफाइ)

१४. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (साविकको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय)

१५. सार्वजनिक सेवा तथा सञ्चार मन्त्रालय (सञ्चार तथा सूचना प्रविधि र संघीय मामिला तथा सामान्य प्रशासन)

१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (साविकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्