Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपसभामुखमा राप्रपालाई झट्का
उपसभामुखमा राप्रपालाई झट्का
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, चैत २६, २०८२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको दुई शक्तिकेन्द्रका कारण उपसभामुख निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई झट्का लागेको छ। रास्वपा सभापति रवि लामिछानेले समर्थन गर्ने प्रतिबद्धता जनाएपछि राप्रपाकी सांसद सरस्वती लामाले बिहीबार उपसभामुखमा उम्मेदवारी दिएकी थिइन्।

लामिछानेले टेलिफोन गरेर उम्मेदवारी दर्ता गर्न भनेपछि नै आफूहरू गएको राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताएका छन्। उनका अनुसार लामिछानेले खसआर्य समुदायबाट सभामुख चयन भएकाले जनजातिबाट उपसभामुख भए राम्रो हुने बताएका थिए। लामिछानेसँगको टेलिफोन संवादपछि दलको बैठक गरेर राप्रपाका सांसदहरू सिंहदरबारस्थित कानुन समितिको हलमा उपसभामुखका लागि उम्मेदवारी दर्ता गराउन पुगेका थिए।

यसरी राप्रपाले उम्मेदवारी दर्ता गरिरहेकै बेला रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी, अशोक चौधरी र झविलाल डुम्रे श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरको साथ लागेर हलमा छिरे। समर्थन गर्ने बाचा गरेका सभापति लामिछानेको प्रतिबद्धता विपरीत रास्वपा सांसदहरू श्रम संस्कृति पार्टीको समर्थक बस्न पुगेको देखेर राप्रपाका सांसदहरूलाई झट्का लागेको थियो।

उम्मेदवारी दर्तामा पुगेका रास्वपा सांसद राजन गौतमले नै 'रास्वपा सरप्राइज दिने पार्टी भएको' बताएका छन्। हामीले यसबारे राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई सोध्दा उनले भने, 'उहाँहरूले राजनीति गर्नुभयो। यसमा आपत्ति छैन। सबै प्रतिपक्षी एक भएपछि हामीले उम्मेदवारी दर्ता गरेको हो। अब के हुन्छ भोलिको कुरा हो।' रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि सभापति लामिछानेले उम्मेदवारी दर्ताका विषयमा विभिन्न दलहरूसँग कुराकानी गरेको बताए।

'सबैसँग कुराकानी भइरहेको थियो, अन्तिम १० मिनेटमा मात्र हामी निर्णयमा पुग्यौं,' उनले भने। श्रम संस्कृति पार्टीले उम्मेदवारीबारे निर्णय गर्न ढिलाइ गरेका कारण सभापति लामिछानेले राप्रपासँग कुरा गरेको हुनसक्ने बुर्लाकोटीको भनाइ छ। उनले युवा उम्मेदवार र मधेसले उपसभामुख पाउनु राम्रो ठानेर समर्थन गरेको बताए।

रास्वपा स्रोतका अनुसार उम्मेदवारी दर्ताका लागि आधा घन्टाको मात्र समय बाँकी रहँदा श्रम संस्कृति पार्टीका सांसदहरूलाई फोन गरेर रवि लामिछानेले 'हामीले राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने भयौं' भनेका थिए। तर यो कुरा रास्वपाकै संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई चित्त बुझेन। राप्रपालाई उपसभामुख दिन रवि सकारात्मक भए पनि बालेन शाह तयार नभएको स्रोत बताउँछ। प्रधानमन्त्री शाहले सुरूदेखि नै पुराना दलहरूसँग सहकार्य गर्न इन्कार गर्दै आएका छन्।

उनले राप्रपासँगको सहकार्य पनि रूचाएनन्। सभापति लामिछानेले भने 'हर्क साम्पाङले सामाजिक सञ्जालबाटै विपक्षीको भूमिका खेलिरहेको र उपसभामुख नियुक्तिपछि पनि संवैधानिक परिषदमा असहयोग गर्न सक्ने भन्दै राप्रपालाई समर्थन गरेर जान उपयुक्त हुने' बताएका थिए।

त्यसैबीच प्रधानमन्त्री बालेनको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेको स्रोत बताउँछ। बालेनको सचिवालयले उम्मेदवारी दर्ताका लागि अघि बढ्नू भनेर फोन गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू नै अलमलमा परेको स्रोतको भनाइ छ।


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन
राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन सोमबार, वैशाख २८, २०८३
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ) सोमबार, वैशाख २८, २०८३
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सोमबार, वैशाख २८, २०८३
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा आइतबार, वैशाख २७, २०८३
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' :  लामिछाने
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' : लामिछाने आइतबार, वैशाख २७, २०८३
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्