काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धान प्रतिवेदनमा विभिन्न राजनीतिक नेता, अभियन्ता तथा सार्वजनिक प्रभाव भएका व्यक्तिहरूको भूमिकामाथि थप छानबिन आवश्यक रहेको उल्लेख गरेको छ।
आयोगका अनुसार आन्दोलनका क्रममा सार्वजनिक रूपमा व्यक्त गरिएका भनाइ र गतिविधिहरूले प्रदर्शनको अवस्थामाथि कस्तो प्रभाव पारेको थियो भन्ने विषय थप अध्ययनको दायरामा राख्नुपर्ने देखिएको छ। प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा सांसदहरूको नाम पनि समावेश गरिएको छ। सूचीमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, डा.तोषिमा कार्की, मनिष झा, हरि ढकाल लगायतका नाम उल्लेख छन्।
त्यस्तै अन्य सार्वजनिक व्यक्तित्वतर्फ सिसन बानियाँ, निश्चल बस्नेत, रवि किरण हमाल, भाग्य न्यौपाने, दुर्गा प्रसाईं, हिमानी राज्य लक्ष्मी सिंह लगायतका नाम पनि प्रतिवेदनमा समावेश गरिएको छ।
आयोगले यी व्यक्तिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका, सार्वजनिक अभिव्यक्तिको प्रभाव तथा आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित पक्षहरूबारे विस्तृत अनुसन्धान आवश्यक रहेको जनाएको छ।
आयोगले थप अनुसन्धान सिफारिस गरेकोहरु:
- गणेश कार्की
- सुलभ खरेल
- बब्लु गुप्ता
- रक्षा बम
- कृष्ण कार्की
- डा. तोषिमा कार्की
- राजीव खत्री
- शाम शर्मा
- केपी खनाल
- दीपक बोहरा
- मनिष झा
- ज्वाला संग्रौला
- हेमराज थापा
- पुरुषोत्तम यादव
- आशिका तामाङ
- विमल पन्त
- शोभ शर्मा
- विवेक थपलिया
- सिसन बानियाँ
- आसिममान बस्नेत
- भाग्य न्यौपाने
- टंक दाहाल
- भिक्टर पौडेल
- अंकित मल्ल
- उमेश बोहरा
- शिव यादव
- विनोद देवकोटा
- सरु सुनुवार
- भीम उपाध्याय
- रवि किरण हमाल
- हरि ढकाल
- निश्चल बस्नेत
- सुसिला कार्की
- ओम प्रकाश अर्याल
- गौरी बहादुर कार्की
- पशुपति खड्का
- दुर्गा प्रसाईं
- उज्ज्वल बराल
- जेरी ताम्राकार
- हेमसागर विद्रोही
- बुद्ध छिरिङ
- सन्तोष राजावादी
- अमित खनाल
- दीपक देवकोटा
- गौरव बराल
- हिमानी राज्य लक्ष्मी सिंह
- निशान मैनाली
- खेमराज साउद
- अमनप्रताप अधिकारी