नेपालगन्ज : जुमा स्पोट्र्स क्लबले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । नेपालगन्जको न्यूरोडस्थित फुटसल ग्राउण्डमा पत्रकार र व्यवसायी बीच प्रतियोगिता गरिएको हो । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा दुबै टिमले समान ४/४ गोल गरे ।
पत्रकार टिमका तर्फबाट कुमार श्रेष्ठले २ र समिरमान श्रेष्ठ तथा कमल खत्रीले १/१ गोल गरेका थिए, भने व्यवसायी टिमका तर्फबाट खिम अधिकारी, कौशल आचार्य, भाष्कर काफ्ले र सन्तोष बजगाईले १/१ गोल गरे । पत्रकारको टिममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष झलक गैरे, नरेन्द्र थापा, शरण कर्माचार्य, अर्जुन ओली, समिरमान श्रेष्ठ, भगतराम थारु, समीर शाही लगायत सहभागी भएका थिए ।
यस्तै व्यवसायीको टिममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, संघका वर्तमान महासचिव भिम रानाभाट, ब्यवसायी श्यामसुन्दर अधिकारी, सञ्जय अग्रवाल, अधिवक्ता विकास आचार्य लगायत सहभागी भएका थिए ।
क्लवका अध्यक्ष डा. उदय अधिकारीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष भिम रानाभाटले स्वागत गरेका थिए । सो क्रममा प्रमुख अतिथी समेत रहेका प्रजिअ अधिकारी तामाङले रेफ्री केशव रानालाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका थिए । क्लब २०७५ मा स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा केक समेत काटिएको थियो ।