बाँके(कुसुम) : नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बाँकेको राप्ती सोनारी-१ मा निर्विरोध रुपमा पदाधिकारी तथा प्रतिनिधि निर्वाचित गरिएको छ । राप्ती सोनारी-१ को कुसुममा आइतबार सम्पन्न वडा अधिवेशनले मोहनराज डाँगीलाई पुनः वडा सभापतिमा निर्वाचित गरेको हो ।
यस्तै उपसभापतिमा डोरबहादुर खड्का र उपसभापति (महिला) मा टिका बुढाथोकी निर्वाचित भएका छन् । यसैगरी सचिवमा अमरराज ओली, सहसचिवमा पुष्पा खुना तथा सदस्यहरुमा धनजित ओली, लोकबहादुर बिक, सिताराम थारु, कालिराम चौधरी, चित्रा कुमाल, दिनेश ओली, बेलमती कुमाल लगायत रहेका छन् ।
यस्तै क्षेत्रीय प्रतिनिधिमा पोषणराज केसी, माधवराम खत्री, यमबहादुर खड्का, तेजबहादुर सुवेदी, दिलबहादुर ओली, कमलराज कार्की, मनोजकुमार बैश्य, रुद्रबहादुर ओली, टिकाराम बस्नेत, महेश बानिया, चन्दा लामा, चोपा ओली सहित कुल २३ जना निर्वाचित भएको निर्वाचन अधिकृत दिलबहादुुर खड्काले जानकारी दिए । अधिवेशनले रेशमबहादुर खड्कासहित २ जनालाई गाउँपालिका प्रतिनिधि समेत निर्वाचित गरेको छ ।
नेपाली कांग्रेस राप्ती सोनारी-१ का सभापति मोहनराज डाँगीको सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथी एवम् क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, विशिष्ट अतिथी एवम् क्षेत्र नम्बर १ का निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्री, महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, कांग्रेस बाँकेका जिल्ला सदस्य टिकाराम बस्नेत, राप्ती सोनारी-१ का निर्वतमान वडा उपसभापति चिरञ्जिवी केसी लगायतले बोलेका थिए ।
अधिवेशनलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति पोषणराज केसीले नेपाली कांग्रेस अहिले अत्यन्तै कठिन मोडमा रहेको भन्दै चिन्ता ब्यक्त गरे । विगतमा पार्टी नेतृत्वको कार्यशैलीको बिरोध गर्नेहरु अहिले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका बेला १५ औं अधिवेशनका क्रममा क्रियाशिल सदस्यतामा थुप्रै कमी, कमजोरी र ‘राजनीतिक अपराध’ भएको भन्दै दुःख ब्यक्त गरे ।