बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ को वडा सभापतिमा अमृतलाल पाण्डे निर्विरोध निर्वाचित भएका छन् । यस्तै वडा उपसभापतिमा रामचन्द्र अहिर, उपसभापति (महिला) मा तृप्ती बुढाथोकी, सचिव गिरिजाकुमार बुढाथोकी, सह-सचिवमा बिनोदकुमार मौर्य, बाबुराम मुराउ, हेमकुमारी चन्द, इरसाद अलि मुकेरी, इन्द्रजित मुराउ, बालकुमारी दमाई र रामरति कुर्मी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्रीय प्रतिनिधिमा देवबहादुर खाँण ठकुरी, तेजबहादुर चन्द, दिपनारायण वर्मा, शोभाराम मौर्य, राम निवास राढ, हरिशंकर पाण्डे, पारस राम राढ, अनुप थारु, चन्द्रकला सिग्देल, सुनिता खाण ठकुरी, मंगली थारु, कुसुम मल्ल, ओमकुमारी खड्का, समृद्धि खड्का, निरा थारु, किरण वली, नसीर अलि गद्धी निर्वाचित भएका छन् ।
त्यस्तै घनश्याम बाहुन तिवारी, खेमराज मौर्य, जगतपाल दिक्षित, इसरत अलि मुकेरी, बाबुलाल पाण्डे, दशरथ कुर्मी, बिक्रम लाल मौर्य, फारुक अलि शेष, नसुरुद्धिन शेष, प्रेमसागर कुर्मी, गयाप्रसाद बढही, सिपाही लाल पाण्डे, रामप्रसाद कुर्मी, शुकबहादुर थारु र राम विलास हरिजन पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । यसैगरी गाउँपालिका सदस्यका लागि शेर अलि मुकेरी र सुधा देवी दुबे निर्वाचत भएका निर्वाचन अधिकृतले जनाएका छन् ।