Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेस बाँकेको निर्वाचन स्थगित गर्ने निर्णय 
नेपाली कांग्रेस बाँकेको निर्वाचन स्थगित गर्ने निर्णय 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, मंसिर १२, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन कार्यक्रम स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार बेलुकी बसेको आकस्मिक बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

बाँकेमा सोमबार उम्मेदवारी मनोनयन दर्ता र पर्सी (मंगलबार) मतदान गर्ने भनि निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो । लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिती देखिएपछि केन्द्रिय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको जिल्ला निर्वाचन अधिकृत भट्टराईले बताए । 

लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन यही मंसिर १५ गतेदेखी प्रारम्भ हुन गइरहेको सन्दर्भमा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान÷मत गणना सम्पन्न हुन नसकेमा प्रदेश स्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधीहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले स्थगित गरिएको बैठकपछि समितिद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन/निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको उक्त प्रेस नोटमा जनाइएको छ । 

बैठकमा जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक रेवतीरमण भट्टराई, समितिका सह–संंयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, समितिका सदस्यहरु भोलासिंह हमाल, ईश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने र मेहरसिंह खत्रीको उपस्थिती रहेको थियो । केन्द्रिय निर्वाचन समितिका एक पदाधिकारीले बाँकेसहित जिल्ला निर्वाचन गर्न बाँकी रहेका विभिन्न जिल्लाको निर्वाचन कार्यक्रम हाललाई स्थगित गरिएको बताए ।

‘यो निर्णय बाँके जिल्लाको लागि मात्र गरिएको होइन, जिल्ला तहको निर्वाचन गर्न बाँकी रहेका अन्य बाँकी रहेका जिल्लाका लागि पनि हो,’ उनले भने । बाँकेस्थित निर्वाचन समितिको सचिवालयमा लागेको तालाबन्दी तथा वडा तह, गाउँपालिका/नगरपालिका, प्रदेश सभा र क्षेत्रको निर्वाचन परिणाम ढिलो आउँदा केन्द्रले तोकेको तालिकाभन्दा पछाडी निर्वाचन कार्यक्रम धकेलिदै आएको थियो । 

निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मतदाता नामावली प्रकाशनसहित उम्मेदवारी मनोनयनका लागि फाराम समेत वितरण भइसकेको थियो । सहायक निर्वाचन अधिकृत शाहीले केन्द्रको निर्देशन पश्चात रोकिएकै ठाउँबाट निर्वाचन कार्यक्रम सुचारु गरिने बताए ।


प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल शनिबार, वैशाख २०, २०८२
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल शनिबार, वैशाख २०, २०८२
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित  शनिबार, वैशाख २०, २०८२
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक शुक्रबार, वैशाख १९, २०८२
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद 
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद  बिहीबार, वैशाख १८, २०८२
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ बुधबार, वैशाख १७, २०८२
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा 
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा  बुधबार, वैशाख १७, २०८२
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्