Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको ५३ जिल्लाको परिणाम घोषणा, २८ जिल्ला सभापति संस्थापन पक्षका निर्वाचित 
कांग्रेसको ५३ जिल्लाको परिणाम घोषणा, २८ जिल्ला सभापति संस्थापन पक्षका निर्वाचित 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, मंसिर १३, २०७८

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हालसम्मको मत परिणाम अनुसार संस्थापन शेरबहादुर देउवा पक्ष ५३ मध्ये २८ जिल्ला सभापति आफ्नो पोल्टामा पार्न सफल भएको छ । संस्थापन इतर पक्षले भने २४ जिल्ला सभापतिमा जित निकालेको छ । झापामा भने कृष्ण सिटौला पक्षका उम्मेदवारले बाजी मारेका छन ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५३ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको हो । केही जिल्लामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ । मतपरिणाम अनुसार ओखलढुंगामा तेजेन्द्र खनाल संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन । पर्वतमा युवराज जोशी विजयी भएका छन् ।  

यसैगरी रुकुम पश्चिममा प्रेमप्रकाश ओली सर्वसम्मत सभापति बनेका छन । उनी पनि देउवानिकट हुन । इलाममा पनि संस्थापन समूहबाटै डम्मर खड्का जिल्ला सभापति निर्वाचित बने । रुपन्देहीमा पनि संस्थापन पक्षका रामकृष्ण खाँण सर्वसम्मत रुपमा जिल्ला सभापति निर्वाचित बनेका छन् ।

यस्तै कञ्चनपुरमा देउवा पक्षका पदम बोगटी विजयी भएका छन । ललितपुरमा पनि देउवा समूहकै जितेन्द्रकुमार श्रेष्ठ विजयी भए । सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा वेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु, लमजुङमा डा. टकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन ।

यस्तै ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ ९कान्छाराम०, मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ पनि संस्थापन समूहबाटै जिल्ला सभापति चयन भएका छन ।

कास्कीमा किशोरदत्त बराल, सुर्खेतमा खड्क पोखरेल, तनहुँमा जितप्रकाश आले र काभ्रेमा तीर्थ लामा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भए । जाजरकोट, सुर्खेत, रुपन्देही र मनाङ सभापतिमा संस्थापन पक्षकै सर्वसम्मत सभापति भएका थिए । यता नुवाकोटमा रमेश महतले पनि संस्थापन समूहको सहयोगमा सभापति जितेका छन । उदयपुरमा संस्थापन पक्षकै हिमाल कार्की जित नजिक छन ।

५० मत गन्न बाँकी हुँदा संस्थापन इतरका विदुर बस्नेतभन्दा कार्की एक सय ५० मतले कार्की अघि छन । स्याङ्जा सभापतिमा निर्वाचित भएका राजु थापासमेत संस्थापननिकट हुन । यस्तै संस्थापन इतर रामचन्द्र पौडेल समूहबाट रोल्पामा किशोर आचार्यले संस्थापन इतरबाटै जिल्ला सभापतिमा जितेका छन । पौडेल पक्षबाटै खोटाङमा विष्णुकुमार राई जिल्ला सभापति निर्वाचित भएका छन, भने पश्चिम नवलपरासीमा इतर समूहबाटै अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन । यस्तै पाल्पाबाट हिमालदत्त श्रेष्ठले पनि पौडेल समूहबाटै निर्वाचित भए ।

दैलेखमा मणीराम रेग्मी, संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने, बाजुरामा रामसिंह रावल पनि पौडेल समूहबाटै जिल्ला सभापति बनेका छन । यसैगरी अर्घाखाँचीमा केशव श्रेष्ठ, प्युठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे पनि पौडेल समूहबाटै निर्वाचित भए ।

सुनसरीमा पनि पौडेल पक्षकै केदार भण्डारी, धादिङमा रामनाथ अधिकारी, गुल्मीमा खिलध्वज पन्थी र दैलेखमा मणिराम रेग्मी विजयी भए । काठमाडौंमा रामचन्द्र, प्रकाशमान र गगन थापा गठबन्धनका कृष्ण सबुज बानियाँले जित निकालेका छन्। दार्चुलामा ललितसिंह बोहोरा पनि पौडेल समूहबाट विजयी बने भने दाङमा शंकर डाँगी पनि संस्थापन इतर समूहबाटै जिल्ला सभापति चयन भए । झापामा सिटौला पक्षका देउकुमार थेवे निर्वाचित भएका छन । अन्य केही जिल्लामा समेत नेतृत्व चयनको प्रक्रिया जारी छ । -काठमाडौं प्रेसबाट साभार 
 


प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल शनिबार, वैशाख २०, २०८२
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल शनिबार, वैशाख २०, २०८२
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित  शनिबार, वैशाख २०, २०८२
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक शुक्रबार, वैशाख १९, २०८२
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद 
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद  बिहीबार, वैशाख १८, २०८२
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ बुधबार, वैशाख १७, २०८२
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा 
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा  बुधबार, वैशाख १७, २०८२
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्