Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको जिल्ला निर्वाचन स्थगित हुँदा कार्यकर्ता अन्यौल
कांग्रेसको जिल्ला निर्वाचन स्थगित हुँदा कार्यकर्ता अन्यौल
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, मंसिर १४, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन स्थगित भएपछि नेता, कार्यकर्तामा अन्यौलता छाएको छ । बाँकेमा सोमबार उम्मेदवारी मनोनयन दर्ता र मंगलबार मतदान गर्ने निर्वाचन कार्यतालिका प्रकाशन भइसकेको थियो । लुम्बिनी प्रदेशको अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने अवस्था आएको भन्दै केन्द्रको निर्देशनमा जिल्ला निर्वाचन समितिले स्थगित गरिदियो । 

यसअघि लुम्बिनी प्रदेशको अधिवेशन यही मंसिर १५ गतेदेखी सुरु हुने भनिएको थियो । प्रदेश अधिवेशनको निर्वाचन तालिका पनि फेरबदल गरेर सोमबार पछाडी धकेलिएको छ । जिल्लाको निर्वाचन अचानक स्थगित हुनु, प्रदेश र केन्द्रको निर्वाचन तालिका फेरबदल हुनुले यहाँका कांग्रेस नेता कार्यकर्ता अन्यौलमा छन् । जिल्लामा स्थगित भएको निर्वाचन प्रदेश अधिवेशनपछि हुन्छ वा केन्द्रिय महाधिवेशनपछि हुन्छ भन्नेमा टुंगो नलाग्दा कार्यकर्तामा अन्यौलता छाएको हो । 

जिल्ला निर्वाचन स्थगित हुँदा चुनावको तयारी गरिरहेका उम्मेदवार पनि यतिखेर अलमलमा परेका छन् । नेपाली कांग्रेस बाँकेको जिल्ला निर्वाचनका लागि संस्थापन(देउवा) र संस्थापन इतर(कोइराला पौडेल) पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट लुम्बिनी प्रदेशका वन मन्त्री समेत रहेका कांग्रेस नेता सुरेन्द्र हमाल, पुर्वसभासद बादशाह कुर्मी, निरन्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाह आकांक्षी छन् । 

संस्थापन इतर पक्षबाट भने नारायणप्रसाद गौडेलको उम्मेदवारी निश्चित भइसकेको छ । गौडेलले आफ्नो प्रचार समेत सुरु गरिसकेका छन्, भने संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । निर्वाचन स्थगित हुनुलाई संस्थापन इतर पक्षले चुनावी षडयन्त्रका रुपमा ब्याख्या गरेको छ, भने संस्थापन पक्षले स्थगित हुनुलाई स्वभाविक भएको प्रतिक्रिया दिएको छ ।

संस्थापन इतर पक्षका युवा नेता सुधान्सु कोइराला अचानक जिल्ला निर्वाचन स्थगित हुँदा यसले शंका, उपशंका उत्पन्न गराएको बताउँछन् । ‘धेरै कार्यकर्तामा निराशा छाएको छ, यसबाट शंका, उपशंका उत्पन्न भएको छ,’ उनले भने ‘म स्वयं पनि उम्मेदवार भइराखेको स्थिती थियो, जिल्लाको निर्वाचनले केन्द्रलाई असर गर्न सक्ने हिसाबले स्थगित गरेको हुन सक्ने हाम्रो बुझाई छ ।’ आफ्नै रफ्तारमा भइरहेको चुनावी कार्यक्रमलाई स्थगित गर्न लगाएर केन्द्रले बाँकेका कार्यकर्तालाई निराश बनाएको कोइरालाको आरोप छ । 

चुनाव स्थगित भएको विषयमा संस्थापन पक्षको भने फरक धारणा छ । संस्थापन पक्षका नेतृ एवम् महाधिवेशन प्रतिनिधी माया पुन भन्छिन्, ‘जिल्लाको निर्वाचन र प्रदेशको अधिवेशन नै जुध्ने हुँदा भएकाले प्रदेश अधिवेशनमा बाँकेका धेरै सहभागी छुट्ने अवस्था थियो, त्यसकारण चुनाव स्थगित भएर ठिकै भयो, अर्को कुरा सबै जना थाकेका थिए, अब आरामसँग चुनावमा सहभागी हुन पाउँछन्,’ उनले भनिन् ‘अब ढुक्कसँग बाँकेका साथीहरु प्रदेश अधिवेशनमा सहभागी हुन पाउँछन्, यो सकारात्मक पक्ष हो ।’ संस्थापन पक्षभित्र धेरै आकांक्षी भएकाले ब्यवस्थापन गर्न समय अभाव भइरहेको अवस्थामा चुनाव स्थगित हुँदा यसले आफुहरुलाई राहत पनि मिलेको नेतृ पुनले बताइन् ।

जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन÷निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी बाँकेको निर्वाचन स्थगित गरिएको बताए । ‘केन्द्रबाट निर्देशन आउने वित्तिकै हामी पुनः निर्वाचनको तयारीमा जुट्छौं,’ उनले भने ।


प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल शनिबार, वैशाख २०, २०८२
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल शनिबार, वैशाख २०, २०८२
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित  शनिबार, वैशाख २०, २०८२
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक शुक्रबार, वैशाख १९, २०८२
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद 
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद  बिहीबार, वैशाख १८, २०८२
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ बुधबार, वैशाख १७, २०८२
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा 
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा  बुधबार, वैशाख १७, २०८२
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्