Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस बाँकेको निर्वाचनमा देउवा पक्षभित्र धेरै आकांक्षी
कांग्रेस बाँकेको निर्वाचनमा देउवा पक्षभित्र धेरै आकांक्षी
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर १५, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनमा सभापति पदका लागि संस्थापन (देउवा)पक्षबाट धेरै आकांक्षी देखिएका छन् । देउवा पक्षभित्र करिव आधा दर्जन आकांक्षी अहिलेसम्म देखिएका छन् ।

सभापति पदका लागि लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, पुर्वसभासद बादशाह कुर्मी, सुनिलनरसिंह राणा, निरन्जनसिंह सिजापति, राजकुमार वर्मा र लक्ष्मी नारायण शाह आकांक्षी देखिएका हुन् ।  सभापति पदमा सबैले आकांक्षा देखाएपछि संस्थापन पक्षबाट आधिकारिक उम्मेदवार खडा गर्न सकस परिरहेको छ ।

यि मध्ये अधिकांसले फरक–फरक प्यानल बनाउने तयारी नै गरिसकेका छन् । नेता हमाल, कुर्मी र सिजापति प्यानल बनाउने कसरतमा जुटिसकेका छन्, भने राणा, वर्मा र शाहले सभापति पदमा मात्र अहिलेसम्म आकांक्षा ब्यक्त गरिरहेका छन् । यसअघि १३ औं महाधिवेशनमा सिजापति वर्तमान सभापति किरण कोइरालासँग पराजित भएका थिए, भने शाह पहिलो चरणको मतदानबाट आउट भएका थिए ।

नेपाली कांग्रेस बाँकेको वडा तहदेखी तीन वटै क्षेत्रसम्मको निर्वाचन परिणाम हेर्दा बाँकेमा संस्थापन पक्षको बलियो पकट रहेको देखिन्छ । जिल्लाका ८१ वटै वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधीको संख्या हेर्दा संस्थापन पक्षको झण्डै दोब्बर बढी मत रहेको कांग्रेस वृत्तमा चर्चा छ । 

जिल्ला नेतृत्व आफ्नो आउने लगभग निश्चित जस्तै भएपछि संस्थापन पक्षका आकांक्षी धेरै बढेको नेता, कार्यकर्ताको बुझाई छ । ‘वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधी संस्थापन पक्षका धेरै छन्, मौकामा चौका हान्ने दाउले संस्थापन पक्षबाट धेरै आकांक्षी देखिएका हुन सक्छन्,’ एक कांग्रेस कार्यकर्ताले भने ।

संस्थापन इतर(कोइराला पौडेल) पक्षबाट नारायणप्रसाद गौडेल मात्र उम्मेदवार देखा परेका छन् । उनको उम्मेदवारी निश्चित भएर पनि प्रचार-प्रसारमा जुटिसकेका छन् । गौडेल पार्टीको १३ औं महाधिवेशनमा पनि उम्मेदवार बनेका थिए । तर, पहिलो चरणको मतदानमा तेस्रो स्थानमा आएपछि आउट भएका थिए । 

संस्थापन पक्षभित्र भने कसलाई बसाउने र कसलाई उठाउने भन्नेमै अन्यौलता देखिएको छ । कांग्रेसको प्रदेश अधिवेशनलाई लक्षित गरेर जिल्ला निर्वाचन अहिले स्थगित छ । यसले गर्दा पनि जिल्ला निर्वाचनका लागि उम्मेदवार छनोट गर्न संस्थापन पक्षलाई राहत मिलेको छ । 

संस्थापन पक्षबाट सभापति पदमा धेरै उम्मेदवार भएपनि पदाधिकारी एउटै बनाउने दवाव नेतृत्व पंक्तीलाई रहेको नेता, कार्यकर्ता बताउँछन् । बाँकेमा संस्थापन पक्षले कसलाई सभापतिको आधिकारिक उम्मेदवार बनाउने भन्नेमा अझै टुंगो लाग्न सकेको छैन । क्षेत्रीय निर्वाचन सम्पन्न भए लगत्तै उम्मेदवारी घोषणा गरेका कुर्मीले आफुलाई पार्टी सभापति शेरबहादुर देउवाले साथ दिएकाले अगाडी बढेको बताएका थिए । 

कुर्मीले पार्टी सभापति देउवाबाटै पाएको सिंग्नल अनुसार आफु नै अन्तिममा संस्थापन पक्षको आधिकारिक उम्मेदवार हुने बताउँदै आएका थिए । स्रोतका अनुसार कुर्मीले पदाधिकारी पदमा केही ब्यक्तिको नाम टुंगो लगाइसकेका छन् । तर, क्षेत्र नम्बर २ को निर्वाचन परिणाम सार्वजनिक भएपछि परिस्थिती फेरियो । महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका हमालले सभापतिको आकांक्षा देखाएपछि भने अहिले उनको बढी चर्चा छ ।

हमाललाई सभापतिमा उठ्न कांग्रेस नेता, कार्यकर्तादेखी शुभेच्छुक तथा बौद्धिक ब्यक्तिहरुको सुझाव छ । हमालले पार्टी नेतृत्वको जिम्मेवारी  सम्हालेपछि कमजोर अवस्थामा पुगेको बाँके कांग्रेस माथी उठ्ने धेरैको अपेक्षा छ । त्यसकारण उनी सभापतिको दौडमा अगाडी बढिसकेका छन् । 

यदी उनी सभापतिको उम्मेदवारी बन्ने निश्चित भएपछि कांग्रेसलाई सही बाटोमा डोर्याउन सक्ने, भविष्य बोकेका र युवा नेताहरु पदाधिकारीमा बस्न तयार देखिन्छन् । हमाललाई सभापति बनाएर युवाहरुलाई पदाधिकारी र कार्यसमितिमा ल्याउन पार्टीभित्रका संस्थापन र संस्थापन इतर पक्षका नेताहरुले सक्रियता देखाएको स्रोत बताउँछ ।

पार्टीको १३ औं महाधिवेशनमा सभापति पदमा थोरै मतले पराजित भएकाले यसपटक नेता सिजापतिले पुनः आकांक्षा राख्नुलाई स्वभाविक ठान्छन्, उनी निकट नेता कार्यकर्ता । सिजापतिले केहीदिन अघि स्थानीय एक होटलमा आफ्नो सचिवालय नै खोलिसकेका छन् । 

अहिलेसम्म उनले सभापतिमा आफ्नो आकांक्षा प्रस्तुत गर्ने बाहेक प्यानल भने बनाएका छैनन् । प्यानल बनाउने कसरतमा छन्, सिजापति । पार्टीका वर्तमान उपसभापति समेत रहेका राणा संस्थापन इतरबाट हालै मात्र संस्थापन पक्षमा आएका हुन् । उनी पनि सभापतिमा आफ्नो दावेदारी स्वभाविक भएको बताउँछन् ।

राणा नेपाली कांग्रेसका पुराना नेता हुन् । लक्ष्मी नारायण शाह पनि पार्टीको १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार भएका थिए । उनी पनि यसपटक पुनः सभापतिको उम्मेदवार बन्ने बताइरहेका छन् । यस्तै नेता राजकुमार वर्मा पनि सभापति पदमा आकांक्षा राख्दै छलफलमा ब्यस्त छन् । 
 


प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल 
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल  सोमबार, असार २, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh Narainapur Gaupalika ko Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्