Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘१४ औं महाधिवेशनले संगठन निर्माण गर्ने अभियानमा सबैलाई अवसर दिएको छ’ : कांग्रेस नेता राठौंर
‘१४ औं महाधिवेशनले संगठन निर्माण गर्ने अभियानमा सबैलाई अवसर दिएको छ’ : कांग्रेस नेता राठौंर
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, पुस २६, २०७८

बाँके(चिसापानी)  : नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले पार्टीको १४ औं महाधिवेशनले संगठन निर्माण गर्ने अभियानमा सबैलाई अवसर दिएको बताएका छन् । पार्टीमा काम गर्न चाहनेले अवसर पाउने पनि उनको भनाई छ ।

नेपाली कांग्रेस बैजनाथ गाउँपालिकाले सोमबार चिसापानीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राठौंरले भने, ‘जो काम गर्न चाहनु हुन्छ, त्यसले अवसर पाउने कुराको ज्ञारेन्टी लिन म तयार छु, कांग्रेसभित्र जुन किसिमको रोग छ, अधिवेशन हुदै गर्दाखेरी पदका लागि मरिहत्ते गर्ने, तर जिम्मेवारी पाइसकेपछि बैठकमा नआउने जुन किसिमको संस्कार छ, यो संस्कारको अन्त्य गर्नुस् ।’

पार्टी संगठनको बेस लाईन भनेकै वडा कार्यसमिति भएकाले गतिशिल हुन सहमहामन्त्री राठौंरले निर्देशन पनि दिए । उनले भने, ‘बाँके र बर्दियामा जो नेताले आफ्नो वडा जिताउन सक्दैन, त्यो नेताको कुरा म धेरै सुन्ने वाला छैन, उसको कुरालाई कार्यान्वयन गर्ने पक्षमा म छैन ।’ कांग्रेसलाई बलियो बनाउन भाषण गरेर मात्र नहुने भन्दै त्यसलाई ब्यवहारमा उतार्न जरुरी रहेको उनले बताए । राठौंरले भने, ‘२४ घण्टामा सुत्ने समय बाहेक बाँकी समय म तपाईहरुलाई दिन तयार छु, वडामै बोलाउनु हुन्छ भने पनि म वडामा खटिन तयार छु, त्यसकारण पार्टीको काममा तपाईहरु खटिने कि नखटिने ?’

पार्टीभन्दा ठुलो कोही नहुने भन्दै पार्टी बलियो भएपछि मात्र नेता कार्यकर्ताको राजनीतिकदेखी सामाजिक सुरक्षा हुने बताए । पार्टीको अवस्था बलियो भएमा कोहीसँग मिलेर चुनाव लड्नु नपर्ने बताए । तर, एक्लै लड्दा विगतमा बेहोर्नु परेको परिणामको समिक्षा पनि गर्न जरुरी रहेको उनको भनाई छ ।

अहिले पनि परिस्थती ज्युका त्युँ रहेकाले कम्युनिष्टहरु एक ठाउँमा उभिए भने कांग्रेसका नेतालाई गाह्रो हुने अवस्था भएको प्रतिनिधी सभाका सांसद समेत रहेका राठौंरले बताए ।  ‘पार्टी एक्लै जाने हो कि यो गठबन्धनलाई लिएर जाने हो भन्ने बारेमा केन्द्रदेखी वडासम्म बहस चलिरहेको छ, म भन्न चाहन्छु, कांग्रेस एक्लै जादाँखेरी जित्न सक्ने अवस्थाको निर्माण तपाईहरुले गर्न सक्नु भयो भने कांग्रेस अरु पार्टीसँग मिल्न जरुरी छैन,’ उनले भने ‘हामी पनि मिल्न चाहदैनौं, हाम्रो केन्द्रिय सभापति मिल्न चाहनुहुन्न, तर हिजोका दिनमा माओबादी र एमाले मिल्दाखेरी हाम्रो के परिस्थिती भयो, के परिणाम आयो, त्यो कुराको पनि हामीले समिक्षा गर्न जरुरी छ ।’

अर्को प्रसंगमा उनले देशमा लोकतन्त्र बचाउनका लागि नेपाली जनताले नेपाली कांग्रेसलाई जिताउन जरुरी रहेको धारणा राखे । ‘यो देशमा आएको संघीय ब्यवस्था, यो संविधानले हरेक वर्ग, हरेक जात, धर्म मान्नेहरुको सुरक्षा गरेको छ, सबैको समावेशीकरण गरेको छ, यो ब्यवस्थालाई बचाउनको लागि नेपाली कांग्रेसलाई जिताउनुपर्छ,’ उनले थपे । कांग्रेसले विगतमा कमैया र सुकुम्बासीका समस्या समाधान गर्नमा नेतृत्व गरेपनि कामको प्रचार गर्न नसकेको बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले जित्ने सुनिश्चित भइसकेको दाबी गरे । ‘तपाईहरुको यो उपस्थिती, तपाईहरुको यो उत्साहले कांग्रेसले आगामी निर्वाचत जित्छ, जित्छ,’ उनले भने । पार्टी र कार्यकर्तालाई चलायमान गराउन पालिका स्तरमा प्रशिक्षण कार्यक्रम चलाइने बताए ।

अर्का केन्द्रिय सदस्य जावेदा खातुनले आम जनताको जीवनसँग जोडिएको पार्टी नै कांग्रेस भएको बताइन् । ‘जनताको आशा र भरोसा कांग्रेसमाथी छ, यो देशका जनताले कम्युनिष्टलाई विश्वास गरेर पठाएका थिए, तर कम्युनिष्टले जनतालाई विश्वास घात गरे,’ उनले भनिन् ।

नेपाली कांग्रेस बैजनाथ गाउँपालिका अध्यक्ष देवबहादुर केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा, संविधान सभा सदस्यद्धय बादशाह कुर्मी र आशा बिक, कांग्रेस बाँकेका सचिव कपिलदेव शर्मा, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, महाधिवेशन प्रतिनिधी देवबहादुर खत्री, प्रकाशबहादुर शाही लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा कांग्रेस बैजनाथका युवा नेता एवम् तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्काले स्वागत गरेका थिए । 

सो क्रममा नेकपा एमाले, माओबादी केन्द्र र राप्रपा परित्याग गरेर १ सय १५ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेस बैजनाथ गाउँपालिकाले जनाएको छ । कार्यक्रममा कांग्रेस सहमहामन्त्री राठौंर, केन्द्रिय सदस्यद्धय बाल्मिकी र खातुनलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । यस्तै नेपाली कांग्रेसमा आवद्ध जेष्ठ नागरिक तथा पार्टीका नवनिर्वाचित बैजनाथ गाउँपालिका स्तरिय कार्यसमिति पदाधिकारी, महाधिवेशन र प्रदेश प्रतिनिधीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन प्रदेश प्रतिनिधी शरदकुमार रेग्मीले गरेका थिए ।  

भिडियो हेर्नुस् :


प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्