Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गुल्मीदरबार गाउँपालिकाको समीक्षा, गाउँपालिकाले गरेको कामको प्रशंसा 
गुल्मीदरबार गाउँपालिकाको समीक्षा, गाउँपालिकाले गरेको कामको प्रशंसा 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, पुस २८, २०७८

रमेश विश्वकर्मा 
गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गरेको छ । बुधबार गाउँपालिकाको सभाहल गौडाकोटमा साउन, भदौं, असोज र कार्तिक महिनामा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

गाउँपालिकामा सुशासन र संस्थागत विकासको लागि प्रमुख प्रशासकीय अधिकृतसँग शाखाका प्रमुखले कार्य सम्पादन करार सम्झौता गरेर काम गरिहरहेका छन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुको मासिक र चौमासिक रुपमा मुल्यांकन हुने गरेको छ । मासिक रुपमा ई-बुलेटिन प्रकाशन हुदै आएको छ ।

सहायता कक्षबाट सेवा प्रवाह गरिएको गाउँपालिका र सबै वडामा विद्युतीय हाजिरी जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भने, ‘अनलाइन प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाका साथै राजस्व तिरेपछि तिर्ने ब्याक्तिको मोबाइलमा म्यासेज जाने व्यवस्था गरिएको छ, आन्तारिक आम्दानी बृद्धि गरिएको छ, उपभोक्तालाई सुविधा दिनको लागि सबै उपभोक्ताहरुलाई योजनाको बारेमा सबै बिवरण उपलब्ध गराइएको लगायतका काम पहिलो चौमासिकमा प्रभावकारी कार्यान्वयन भएको छ ।’

त्यस्तै गाउँपालिकाले सबै विद्यालयको कक्षा १ मा ‘हाम्रो गुल्मीदरबार’ नामक पाठ्यपुस्तक उपलब्ध गराइएको बताइएको छ । सेवा प्रवाहको सम्बन्धमा मासिक रुपमा कार्यालयका कर्मचारीको बैठक बस्दै आएको छ । गाउँपालिकाका सबै माध्यमिक बिद्यालयमा शौचालय, सेनेटरी प्याड र स्वच्छ खानेपानीको व्यवस्थाका लागि कूल ८० लाख रुपैयाँबाट काम चलिरहेको र १ करोड ५० लाखको काम टेण्डर प्रक्रियाबाट अगाडी बढेको ।

गाउँपालिकामा संचालित कार्यक्रम प्रभावकारी रुपमा अनुगमन गरिएको । बजार अनुगमन तिव्र रुपमा गरिएको, प्रगति समीक्षा निरन्तर भइरहेको, सडक विस्तारलाई कम प्राथामिकता दिई सडकको स्तरोन्नतीको काम तिव्रं रुपमा भइरहेको र गाउँपालिकाबाट विपतमा परेका ९५ जनालाई राहात उपलब्ध गराइएको पाण्डेले बताए । 

गाउँपालिकाले जिल्लामा पहिलोपटक १५ शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । कोरोनाको संक्रमणबाट बँच्नको लागि प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने नेपाल सरकारको कार्यक्रम अन्तर्गत पहिलोपटक गुल्मीदरबारमा निर्माण सम्पन्न हुन थालेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले कृषि र पशुपालनमा आफु पछाडी परेको भन्दै हेफर प्रोजेक्ट नेपालसँग सहकार्य गरेर कृषि र पशु सम्बन्धिको कार्यक्रमका लागि कर्मचारी भर्ना समेत गरिसकेको छ । गाउँपालिकाले पहिलो चौमासिकमा ४ वटा योजानाको सम्झौता र २ वटा योजनाको भुक्तानी समेत गरिसकेको समीक्षामा जानकारी गराइएको थियो । गाउँपालिकाले आफुलाई जनताको पहुँचसम्म पुराउनका लागि गाउँपालिकासँग लक्षित वर्गलाई छुट्टाएर कार्यक्रम चलाइरहेको छ ।

समीक्षा कार्यक्रममा विभिन्न बिषयगत शाखाका प्रमुख र वडाका सचिवहरुले आफुहरुले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस गुल्मीदरबार गाउँपालिकाका सभापति प्रेम पुन, नेकपा एमालेका गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष सेर बहादुर सर्तुङ्गे, राष्ट्रिय जनमोर्चा गुल्मीका सचिव छबिलाल सर्तुङ्गले शुभकामना मन्तब्य राख्दै गाउँपालिकाले गरेको कामप्रति प्रशंसा गरेका थिए ।

उनीहरुले गाउँपालिकालाई अझै परिस्कृत रुपमा अगाडि बढाउँदै समग्र कार्य सम्पादन गुणस्तरीय र पारदर्शी बनाउन महत्वपूर्ण सुझावहरु दिएका थिए । कार्यक्रममा गाउँपालिका कार्याबाहक अध्यक्ष मीना भण्डारीले कर्मचारीको कामलाई उच्च प्रसंशा गरेकी थिइन् । उनले यहाँका राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीहरुले गाउँपालिकाको हरेक क्षेत्रमा राम्रो सहयोग गरेको गरेको भन्दै सबैको साथ र सहयोगमा समृद्ध गुल्मीदरबार बनाउन हामी सबै लागेको हुँदा रचनात्मक सहयोग गर्न आग्रह गरिन् ।

देशभरका स्थानीय तहमा पालिकाहरुले गरेको सस्ंथागत क्षमता स्वमुल्यांकनमा अहिलेसम्म गुल्मीको गुल्मीदरबार गाउँपालिका ८१ अंक सहित उत्कृष्ट स्थानीय तह बनेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जनप्रतिनिधिहरुले गरेका निति निर्माणको सही कार्यान्वयनले गाउँपालिकाले उत्कृष्ट अंक ल्याउन सफल भएकोले सबै जनप्रतिनिधिहरुलाई धन्यवाद भन्दै बधाई दिएका थिए ।

उनले जनता, राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्ध भएको कारणले गाउँपालिकाका कर्मचारीहरु उत्प्रेरित र उच्च मनोबलका साथ कार्य सम्पादन गरेको हुँदा गुल्मीदरबार गाउँपालिका नमूना गाउँपालिकाको रुपमा स्थापीत गर्न आफूहरु समर्पित भएर लागेको बताए ।  

सुशासन र संस्थागत क्षमता विकासमा आफुहरु उत्कृष्ट हुनुको श्रेय गाउँपालिकाका स्वर्गीय अध्यक्ष अशोक कुमार थापा र सम्पूर्ण जनप्रतिनिधिलाई जाने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताएका थिए । गाउँपालिकाकी कार्याबाहक अध्यक्ष मीना भण्डारीले आफु खुसी हुदैँ कर्मचारीको निरन्तर खटाइले आफुहरुले संस्थागत क्षमता स्वमुल्यांकनमा उत्कृष्ट अंक ल्याएको बताइन् ।


प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्