Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लुम्बिनी प्रदेशका मन्त्री चौधरीले गरे बाँकेको पर्यटकीय क्षेत्रको निरीक्षण
लुम्बिनी प्रदेशका मन्त्री चौधरीले गरे बाँकेको पर्यटकीय क्षेत्रको निरीक्षण
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ १९, २०७८
बाँकेको कुसुममा स्वागत गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु । तस्बिर : दूरसञ्चार

बाँके(राप्तीसोनारी), भदौं १९-
लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामिण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले शनिबार बाँकेको पर्यटकीय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रशिद्ध धार्मिक तिर्थस्थल भूवर भवानी मन्दिर क्षेत्रको उनले निरीक्षण गरेका हुन् ।

मन्दिर दर्शन गरिसकेपछि निरीक्षणका क्रममा मन्त्री चौधरीले भूवर भवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । दाङसँग सिमा जोडिएको राप्ती सोनारी जनसंख्याको हिसाबले देशकै ठुलो गाउँपालिका हो । राप्ती नदीको दुबैतर्फ गाउँपालिकाका विभिन्न वडा रहेका छन ।

राप्ती सोनारीको वडा नम्बर १ कुसुमदेखी वडा नम्बर २ अगैयासम्म र्याफ्टिङ सञ्चालन गर्न मन्त्रालयले आवश्यक कार्य अगाडी बढाउने उनले सुनाए । ‘कुसुमलाई पर्यटन क्षेत्रसँग जोड्ने हो भने राप्तीलाई प्रयोग गर्नुपर्छ, राप्तीलाई प्रयोग गर्दा यहाँबाट अगैयासम्म रयाफ्टिङ सुरु गर्ने हामीले घोषणा गरेका छौं,’ उनले भने ‘यसबाट यहाँका ब्यवसायीलाई ठुलो फाईदा पुग्नेछ र पश्चिम नेपालको कर्णालीपछिको पहिलो रयाफ्टिङ राप्ती नदीमा हुनेछ भन्ने मैले आशा गरेको छु ।’

यस्तै सिचाइँका लागि राप्ती नदीलाई जतिसक्दो उपयोग गरेर लिफ्ट सिचाइँ योजना लागु गर्न आवश्यक पहल गर्ने मन्त्री चौधरीले प्रतिवद्धता जनाए । ‘मेरो मन्त्रालयले खासगरी तीन वटा कुरा हेर्छ, एउटा पर्यटन हेर्छ, शहर र गाउँको सडक तथा नाला र खानेपानीलाई हेर्छ,’ उनले भने ‘राप्ती सोनारी गाउँपालिकाको ‘एक घर, एक धारा’ नीति अनुसार प्रदेश सरकारले सहयोग गर्ने कुरा पनि यहाँहरु समक्ष राख्न चाहन्छु ।’

 

लुम्बिनी प्रदेशमा तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले गरेका थुप्रै बेथिती रहेको र तिनलाई ठिक गर्दै आफुहरु अगाडी बढ्नुपर्ने स्थिती रहेको सुनाए । ‘नेपाली कांग्रेस साढे तीन वर्ष गुम्सिएर बसेको अवस्थामा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आशा पलाउनु एकदमै मलाई लाग्छ जायज हो, तर हामीसँग सिमित साधन स्रोत छ, त्यसलाई ब्यवस्था गर्दै हामी अगाडी बढ्नुपर्ने स्थिती छ, पक्कैपनि तपाईहरुको आशा धेरै छ, त्यो आशालाई हामी सकेसम्म पुरा गर्ने कोसिस गर्छौ,’ मन्त्री चौधरीले थपे ।  

केन्द्र र प्रदेशको सत्तामा जान नेपाली कांग्रेसले कल्पना नै नगरेको भन्दै उनले केपी ओलीकै कुकर्ममले गर्दा झण्डै दुई तिहाईको सरकार ढलेको र कांग्रेससहित चार दल मिलेर नयाँ सरकार गठन गरेको प्रष्ट पारे । ‘पक्कैपनि हिजोको बेथितीहरु, हिजो ओली जीले गरेका बेथितीलाई ठिक गर्दै हामी अगाडी बढ्नुपर्नेछ,’ उनले भने ।  

नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको तयारीमा रहेको र अहिले पार्टीको चुनावलाई नै लक्षित गरेर अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिए । ‘अधिवेशनलाई पनि सहजताको साथ प्रजातान्त्रिक प्रणालीबाट अगाडी बढाउनुस्, किनभने यसले गर्दा स्थानीय चुनाव नहारोस, यसले गर्दा संघिय चुनाव नहारोस, यसले गर्दा प्रदेश चुनाव नहारोस् ।’

सो क्रममा राप्तीसोनारी १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीले विभिन्न मागसहितको ज्ञापन पत्र मन्त्री चौधरीलाई बुझाएका थिए । मन्त्री चौधरीलाई राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम र वडा नम्बर २ अगैयामा कांग्रेस नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधी, सर्बसाधारण लगायतले स्वागत गरेका थिए । 

सो क्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारु, जिल्ला सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, जिल्ला सदस्य नारायण प्रसाद गौडेल, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारु, नेपाली कांग्रेस केन्द्रिय यातायात विभागका सदस्य यमबहादुर खड्का, कांग्रेसका क्षेत्रीय सचिव डिल्ली गिरी, कांग्रेस नेतृद्धय संगिता चौधरी र संगिता सुवेदी, कांग्रेस राप्तीसोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्री, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, दलित संघ बाँकेका अध्यक्ष कृष्ण बिक, शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावत, वडाका जनप्रतिनिधी, कांग्रेसका नेता तथा कार्यकर्ता लगायतले स्वागत गरेका हुन् ।

कांग्रेस प्रदेश मन्त्री भएपछि पहिलो पटक आएका चौधरीलाई स्वागत गरिएको हो । मन्त्री चौधरीको उपस्थितीमा शनिबार नै नेपाली कांग्रेस राप्तीसोनारीले पनि एक कार्यक्रम गरेको छ ।


 


प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्