Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धन तोड्ने ओलीका तीनवटै प्रयास असफल 
सत्ता गठबन्धन तोड्ने ओलीका तीनवटै प्रयास असफल 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ ८, २०७८

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ पाँच दलिय गठबन्धन तोड्न लागेका छन् । अघिल्लो पटक सहजै सत्ता गठबन्धन टुटेपछि आफ्नो नेतृत्वमा वाम गठबन्धन निर्माण गरेका ओली यसपटक कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धन तोड्न भित्री रुपमा लागेका हुन् । तर, जति प्रयास गरेपनि ओली वर्तमान सत्ता गठबन्धन तोड्न सफल हुन सकेका छैनन् । सत्ता गठबन्धन तोड्न यो ६ महिनाको अवधीमा ओलीले गरेका तीन प्रयास असफल भएका छन् । 

पहिलो : गठबन्धन नै बन्न नदिने प्रयास
नेकपाभित्र विवाद चर्किंदै गएपछि ओली जसरी हुन्छ, प्रधानमन्त्रीको पद सुरक्षित गर्ने प्रयासमा थिए । उनी पार्टीभित्र अल्पमतमा परेका थिए । अल्पमतमा परेपनि कुनै हालतमा प्रतिस्पर्धी नेताहरु प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा थिएनन् ।  

नेपाललाई त उनले ‘प्रधानमन्त्रीको पद ताके कुर्सी (प्रधानमन्त्रीको) नै भाँचिदिने’ चेतावनी समेत दिएका थिए । प्रतिनिधि सभाको पहिलो विघटन ९५ पुस २०७७० पछि आवश्यक परे बरु कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्न तयार थिए । तर, प्रचण्ड–नेपाललाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने पक्षमा उनी थिएनन् ।

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए । प्रतिनिधि सभाको पहिलो विघटनताका अहिलेको सत्ता गठबन्धनको प्रारुप बनिसकेको थिएन ।

अहिलेको सत्ता गठबन्धनको आधार तय भएको कांग्रेस, माओवादी केन्द्र, एमालेको असन्तुष्ट माधव नेपाल–झलनाथ खनाल समूह, जसपा र राजमोसम्बद्ध बहुमत सांसदले देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै राष्ट्रपतिलाई पत्र बुझाएपछि हो । देउवाको योजना पनि उतिबेला प्रतिनिधिसभाको पहिलो विघटनताका मध्यावधि निर्वाचनबाट बहुमत हासिल गरी प्रधानमन्त्री बन्ने थियो ।

त्यसैले, उनी निर्वाचन घोषणाको विरोधमा थिएनन्। त्यसबाहेक सरकार छाड्नु परेको स्थितिमा ओलीले आफैँलाई जिम्मेवारी छाड्ने बचन दिएकाले पनि देउवाले पहिलो विघटनको सशक्त विरोध गरेका थिएनन् । त्यसैले, नेकपाको प्रचण्ड–नेपाल समूहले राखेको प्रस्तावअनुसार संयुक्त आन्दोलनमा कांग्रेस सहभागी भएन, चुनावकेन्द्रित आन्दोलन गरेर कांग्रेस एक्लै सडकमा उत्रियो ।

खासमा नेपाली कांग्रेस र नेकपाभित्रको आफूविरोधी समूहबीच गठबन्धन निर्माण नहोस् भनेरै ओलीले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए, प्रधानमन्त्री बनाउनकै लागि होइन । तैपनि पहिलो विघटनपछि कांग्रेससहितको गठबन्धन निर्माण हुन नदिने योजनामा ओली सफल भए ।

तर, दोस्रो विघटनअघि भने उनले गठबन्धन निर्माण रोक्न सकेनन् । उनीविरुद्ध प्रतिनिधि सभामा रहेका सबैजसो दल एकजुट भए । र, यो एकताले अहिलेको सत्ता गठबन्धन निर्माणको आधार तयार गर्यो ।

दोस्रो प्रयास : गठबन्धन तोडे एमसीसी पारित गर्ने सर्त
ओलीले ८ जेठ २०७८ मा प्रतिनिधि सभाको दोस्रो विघटन गर्नुअघि प्रतिनिधि सभाका १ सय ५६ सांसदहरुको समर्थन (हस्ताक्षर) सहित राष्ट्रप्रतिसमक्ष देउवाले प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । त्यसै आधारमा २८ असारमा सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्यो ।

प्रधानमन्त्री बनेपछि देउवाका लागि सबैभन्दा चुनौतीपूर्ण मानिएको काम थियो– अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउनु । सत्तासाझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमो जस्ताको तस्तै एमसीसी सम्झौता अनुमोदनको विपक्षमा रहेकाले देउवाका लागि यो विषय चुनौती र प्रतिष्ठाको विषय बनेको थियो ।

देउवा प्रधानमन्त्री बनेपछि एक महिनासम्म त ओली चुप रहे, गठबन्धन तोड्न चलमलाएनन् । जसै भदौ लाग्यो, त्यसपछि भने एमसीसीलाई माध्यम बनाएर गठबन्धन तोड्न ओली सक्रिय भए । भदौ-असोजताका ओलीले विभिन्न स्रोतहरुमार्फत् नेपाली कांग्रेस सत्ता गठबन्धनबाट अलग भए एमसीसी अनुमोदनमा सहयोग गर्ने बचन मात्र दिएनन्, एमालेको समर्थनमा कांग्रेसले एकलौटी सरकार चलाउनसक्ने विश्वास पनि दिलाए ।

खासमा त्यो बेला अमेरिकाले पनि एमसीसी अनुमोदनका लागि देउवामाथि निकै ठूलो दबाब सिर्जना गरेको थियो । यसैका लागि एमसीसी उपाध्यक्ष फातिमा सुमार नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससँगै २४ भदौ २०७८ मा नेपाल आएकी थिइन् । 

एमसीसी अनुमोदन देउवाका लागि ठूलो प्रतिष्ठाको विषय हो भन्ने ओलीले बुझेका थिए । त्यही भएर उनले माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धन तोड्न देउवा तयार भए एमालेको समर्थनमा कांग्रेस एक्लैले सरकार चलाउन सक्ने र एमसीसी पारितका लागि एमालेले सहयोग गर्ने प्रस्ताव राखे ।

ओलीको यो प्रस्ताव आफूलाई कमजोर बनाउने दाउ हो भन्ने देउवाको बुझाइ रह्यो । सत्ता गठबन्धन तोड्ने सर्तमा एमसीसी अनुमोदन गर्ने ओलीको प्रस्तावमा देउवा सहमत भएनन् । यसरी सत्ता गठबन्धन तोड्ने ओलीको यो दोस्रो प्रयास पनि असफल हुन पुग्यो । 

तेस्रो प्रयास : संसद् अवरोध र निर्वाचन 
तीनै तहको निर्वाचन संघारमा छ । ‘एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम छ’ भनेर दाबी गर्नु एउटा कुरा हो। तर, २०७४ मा जस्तो ओलीको ‘क्रेज’ अब छैन, न त त्यतिबेलाको जस्तो चुनावी एजेन्डा नै छ । बरु, एमाले विभाजित भएको छ ।

यस्तो अवस्थामा सत्तारुढ दलहरु वर्तमान गठबन्धनसहित निर्वाचनमा गए भने एमालेको हालत कस्तो होला, ओलीले  परिणाम आकलन नगरेका पक्कै छैनन् । त्यसैले, सकभर आफू पनि चुनावी गठबन्धन निर्माण गर्ने र सत्तारुढ गठबन्धनमा विभाजन समेत ल्याउने प्रयास ओलीले जारी राखेकै छन । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश–२ मा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धनको निर्णय गरेबाट पनि ओली सत्ता गठबन्धनबाट त्रसित रहेछन् भन्ने देखिन्छ ।  

माधव नेपालसहितका १४ सांसदलाई कार्बाही गर्ने एमालेको निर्णयलाई सभामुख अग्नि सापकोटाले मान्यता नदिएको विषयमा एमालेले भदौदेखि नै सदन अवरोध गर्दै आएको छ ।

ओलीले सत्तारुढ गठबन्धन तोड्ने पछिल्लो अस्त्र भने यही अवरोधलाई बनाएका छन । प्रमुख प्रतिपक्षबाट अवरुद्ध भए पनि सदन नियमित गर्नु सरकार (सत्तापक्ष) को मुख्य कर्तव्य भएकाले प्रधानमन्त्री देउवा पनि एमालेको अवरोधका कारण दबाबमा छन । र, अवरुद्ध सदन सञ्चालनको प्रयासस्वरुप उनी २४ पुसमा बालकोटस्थित ओली निवास पनि पुगिसकेका छन ।

त्यो भेटमा देउवा र ओलीबीच के–कति कुराकानी भयो, विस्तृत विवरण अझै सार्वजनिक भएको छैन । तर, अनौपचारिक स्रोतहरुमार्फत ओलीले त्यसअघि नै सत्तागठबन्धन तोडेर निर्वाचनमा जान सहमत भए सदनको अवरोध खोल्न एमाले तयार रहेको सन्देश पठाएकाले बालकोट भेटमा पनि ओलीले सत्ता गठबन्धन तोडेर चुनावमा जाने प्रस्ताव राखेका हुन भन्ने धेरैको अनुमान छ ।

देउवा-ओलीबीचको त्यो भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ४ माघमा भएको सत्ता गठबन्धनको बैठकमा आगामी वैशाखमै प्रतिनिधि सभाको निर्वाचन गर्ने प्रस्ताव राखे । खासमा समय अगावै निर्वाचन गर्न तयार हुने हो भने मात्र सदनको अवरोध खोल्ने प्रस्ताव ओलीले राखेपछि सत्ता गठबन्धन जोगाउने अस्त्रस्वरुप प्रचण्डले पनि वैशाखमै प्रतिनिधि सभाको निर्वाचन गरौँ भन्ने प्रस्ताव राखेका हुन् ।

एमालेबाट भइरहेको सदन अवरोधबाट सिर्जित दबाब–तनावबाट छिटो मुक्त हुन चाहन्छन प्रधानमन्त्री देउवा । यस्तोमा सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्रका अध्यक्षले नै सदन अवरोध लम्ब्याउनु भन्दा ‘अग्रिम निर्वाचन’ गर्ने प्रस्ताव राखिदिएपछि उनलाई सहज भएको छ । र, अबरुद्ध सदन खोल्न सत्ता गठबन्धनबाट अलग हुनुपर्ने विकल्प तत्कालका लागि टरेको छ । अर्थात, सत्ता गठबन्धन तोड्ने ओलीको तेस्रो प्रयास पनि असफल हुन पुगेको छ । -नेपाल खबरबाट
 


प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्