Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • राप्ती सोनारीको बैंक खाता रोक्का, कर्मचारीले तलब र सेवाग्राहीले भुक्तानी पाएनन्
राप्ती सोनारीको बैंक खाता रोक्का, कर्मचारीले तलब र सेवाग्राहीले भुक्तानी पाएनन् 'यौन काण्ड' मा मुछिएका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालको बलजफ्ती
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, फागुन ६, २०७८

नेपालगन्ज : चालु वर्षका योजना तथा कार्यक्रमका लागि भुक्तानी लिन आउने सेवाग्राहीको दिनहुँ भिडभाड हुन्छ । तर, गाउँपालिकाले अहिले कुनैपनि आर्थिक काम, कारबाही गर्न सकेको छैन । दिनहुँ रित्तो हात घर फर्किनु पर्दा गाउँपालिकामा आउने सेवाग्राही आक्रोशित छन् ।

गाउँपालिकाको नाममा हिमालयन बैंक लिमिटेड सम्शेरगन्जमा रहेका विभिन्न १० वटा खातालाई कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जले रोक्का गरिदिएको हो । गत माघ १८ गतेदेखी रोक्का भएका उक्त खाता पुनः सञ्चालन गरिदिन गाउँपालिकाले गरेको आग्रहलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले बेवास्ता गरिरहेको छ । बैंक खाता रोक्का हुँदा एकातिर गाउँपालिकामा भुक्तानी लिन आउने सेवाग्राहीले दिनहुँ सास्ती खेपिरहेका छन्, भने गाउँपालिकाले पनि कर्मचारीलाई तलब खुवाउन र अत्यावश्यक काम गर्न सकेको छैन । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २ गते मनिराम खराललाई राप्ती सोनारीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न र पुस ३ गते गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीलाई उनको दरबन्दी रहेको शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा काज फिर्ता गरिदिएको थियो । 

बाँकेकै खजुरा गाउँपालिकामा कार्यरत रहँदा खराल ‘यौन काण्ड’ मा मुछिएर विवादित बनेका थिए । गाउँपालिकाकै स्वास्थ्यकर्मीमाथी यौन दुब्र्यवहार गरेको आरोप खेपेका उनी खजुरामा धेरै दिनसम्म टिक्न सकेनन् । यिनै खरालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत राप्ती सोनारी गाउँपालिकामा बलजफ्ती आफ्नो सरुवा गराए । राप्ती सोनारीमा उनी सरुवा भएको जानकारी पाएका यहाँका जनप्रतिनिधीले भने हाजिर गराउन मानेनन् । 

जनप्रतिनिधीको असहमतीका बीच पनि खराल बलजफ्ती गरेर हाजिर हुन खोजे । कर्मचारीका अनुसार गत माघ १६ गते गाउँपालिकाको लेटरप्याड प्रयोग गरी हाजिर भएको भनि नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई ‘अबैध पत्र’ उनले बुझाए । खरालले त्यति मात्र गरेनन्, कोष तथा लेखा नियन्त्रण कार्यालयलाई माघ १७ गते (भोलीपल्ट)को मिति राखेर नयाँ खाता सञ्चालन नहुँदासम्म हाललाई गाउँपालिकाको खाता रोक्का गरिदिन अनुरोध सहितको पत्र बुझाए ।  

खरालले ‘कोलेनिका’ लाई लेखेको पत्रमा राप्ती सोनारीमा प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र पुर्वनिमित्त प्रमुख प्रशासकीय अधिकृतको काज फिर्ता समेत भइसकेको उल्लेख छ । खरालको पत्रकै आधारमा कोलेनिका नेपालगन्जले गाउँपालिकासँग समन्वय नै नगरेर एकतर्फी रुपले ‘नयाँ प्रमाणित दस्तखत नमुना’ कार्ड प्राप्त नभएसम्म २०७८ माघ १८ गतेदेखी जारी चेक भुक्तानी नगर्न हिमालयन बैंक लिमिटेड सम्शेरगन्जलाई बोद्धार्थ दिएर पत्र पठायोे र खाता रोक्का भयो । राप्ती सोनारी गाउँपालिकामा ‘बबण्डर’ मच्चाएका खराललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २६ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेशमा कामकाज गर्ने गरी खटाइसकेको छ । 

खराल मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेशमा गएपछि गाउँपालिकाले माघ २७ गते कोलेनिकालाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत खरालको सरुवा भएको र काज फिर्ता भएका तथा रमाना नलिएका शाही तथा लेखा प्रमुख गौरवकुमार लामिछानेको संयुक्त दस्तखतबाट सञ्चालन भएका खाताहरु सञ्चालनका लागि फुकुवा गरिदिन आग्रह गरेको थियो । तर, गाउँपालिकाको उक्त आग्रहलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले वास्ता नगरेर स्थानीय सरकारमाथी एकोहोरो ज्यादती गरिरहेको यहाँका जनप्रतिनिधी तथा कर्मचारी बताउँछन् । 

गाउँपालिका अध्यक्ष लाहुराम थारुले खाता रोक्का हुँदा सेवाग्राहीलाई सास्ती हुनुका साथै कार्यालयको कामकाज प्रभावित हुन पुगेको बताए । यसको सबै दोष कोष तथा लेखा नियन्त्रण कार्यालयले लिनुपर्ने उनको गुनासो छ । ‘प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालको अन्यत्रै सरुवा भइसकेको छ, त्यसकारण पुर्ववत अवस्थामा सञ्चालनमा रहेका खाताहरु पुनः सञ्चालन गरिदिन कोलेनिकालाई आग्रह गर्दापनि सहयोग भएन,’ अध्यक्ष थारुले भने ‘जनताको आक्रोश हामी माथी छ, कोष तथा लेखा नियन्त्रण कार्यालयले गरेको ज्यादतीको छानविन होस् ।’

गाउँपालिकाको बोर्ड बैठकले गरेको निर्णयलाई समेत कोलेनिकाले नमानेको बताए । ‘कोलेनिकाले स्थानीय सरकारमाथी ज्यादती गरिरहेको छ, यसलाई नियमन गर्ने निकाय माथी छ भने अनुसन्धान गरेर कारबाही गरियोस्,’ उनले भने ।  कोष तथा लेखा नियन्त्रण कार्यालयले संघीयताको मर्म विपरित अनावश्यक रुपमा गाउँपालिकाको खाता रोक्का गरेर ‘अख्तियारको दुरुपयोग’ गरेको जनप्रतिनिधी तथा कर्मचारी बताउँछन् । 

गाउँपालिकामा कार्यरत नै रहेका प्रमुख प्रशासकीय अधिकृत शाहीले खाता रोक्का हुँदा समस्या सिर्जना भइरहेको बताए । ‘म नियम अनुसार फिर्ता हुने क्रममै थिए, बरबुझारत र रमाना लिने मन्सायमा रहँदा रहदै गाउँपालिकाले विवादित ब्यक्ति खराललाई हाजिर गराउदैनौं, तपाई नै काम गरिदिनुपर्यो भन्ने अुरोधका आधारमा मात्रै म नियमित रुपमा हाजिर भई काम गरिरहेको छु, तर कोलेनिकाले खाता रोक्का गरिदिदाँ समस्या भइरहेकोछ,’ उनले भने ।

कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका (प्रमुख कोष नियन्त्रक) खडानन्द अधिकारीले गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शाहीको काज फिर्ता भएको, नयाँ प्रमुख प्रशासकीय अधिकृत खराल हाजिर भएको र उनकै पत्र अनुसार खाता रोक्का गर्नु परेको तर्क गर्छन् । ‘हामीले नियम अनुसार प्रक्रिया पुरा गरेका हौं,’ उनले भने ‘खाता पुनः सञ्चालन गर्नमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले नै निकास दिनुपर्छ ।’ गाउँपालिकाको खाता रोक्का गरिएको सम्बन्धमा सबै कुरा लेखेर केन्द्रमा पठाइसकेको अधिकारीले सुनाए । 


प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्