Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • पहिलो पटक नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’
पहिलो पटक नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ यही फागुन २६ देखी २८ गतेसम्म चल्ने मार्टको तयारी अन्तिम चरणमा 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन २३, २०७८
‘वेष्टर्न ट्राभल मार्ट’ को तयारीबारे जानकारी दिदै आयोजक । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ हुन लागेको छ । यही फागुन २६ देखी २८ गतेसम्म नेपालगन्जमा ट्राभल मार्ट आयोजना गरिदैछ । उक्त मार्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएका छन् । 

कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रर्वद्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्वद्ध ब्यवसायीको सह‐आयोजनामा मार्ट गर्न लागिएको हो । 

प्रदेश स्तरिय पर्यटन ब्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन ब्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजन गर्न लागिएको वेष्टर्न ट्राभल मार्ट नेपालका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । 

‘यो पर्यटन सम्बन्धी ब्यापार आदान‐प्रदान गर्ने मेला हो,’ उनले भने । मार्टमा पर्यटकीय गतिविधी सम्बन्धी स्टल राख्नुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथीलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराइने अध्यक्ष सिग्देलले बताए । यसका लागि भारतबाट करिव ३० जना जति पर्यटन ब्यवसायी आउने जानकारी दिए । उक्त मार्टमा नेपाल र भारतका गरी कुल ३ सय बढी पर्यटन ब्यवसायी सहभागी हुने आयोजकले जनाएको छ ।

उनीहरुलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थलको भ्रमण गराइने बताए । वेष्टर्न ट्राभल मार्टमा आउने अतिथीका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज ल्याएको अध्यक्ष सिग्देलको भनाई छ ।

नेपाल पर्यटन बोर्डका पर्यटन बजार ब्यवस्थापन तथा प्रवन्ध महाशाखाका प्रवन्धक गोविन्द ओलीले वेष्टर्न ट्राभल मार्टले पश्चिम क्षेत्रको पर्यटकीय स्थलको प्रचार-प्रसारमा टेवा पुर्याउने विश्वास गरे । ‘पश्चिम नेपालमा थुप्रै पर्यटकीय स्थल हुँदा हुदैपनि लाभ लिन नसकेको अवस्था छ, यो मार्ट सञ्चालन भएपछि यहाँको पर्यटकीय स्थलको प्रचार-प्रसारमा पक्कैपनि टेवा पुग्नेछ,’ उनले भने । यसले भारतीय सिमावर्ती बजारका पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न मद्दत गर्ने बताए । 

नेपालगन्जमा पहिलो पटक हुन लागेको उक्त मार्टलाई सफल गराउनमा यसक्षेत्रका सबैको बराबर दायित्व भएको वेष्टर्न ट्राभल मार्टका सदस्य एवम् वरिष्ठ पत्रकार झलक गैरेले बताए । ‘यो नेपालगन्ज क्षेत्रबासीको साझा कार्यक्रम हो, यसलाई सफल बनाउने दायित्व हामी सबैको हो, यसको प्रचार‐प्रसारमा सबै सञ्चारकर्मीले साथ दिन जरुरी छ,’ उनले भने । उक्त मार्ट यसअघि गत मंसिर २८ देखी पुष १ गते सम्म गर्ने तय भएपनि कोभिड १९ महामारीका कारण स्थगित भएको थियो । 


प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्