Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ‘जब होसमा आएँ, शरीरमा कपडा नै थिएन’
‘जब होसमा आएँ, शरीरमा कपडा नै थिएन’
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ २३, २०७९

नेपालगन्ज : बाँके, राप्ती सोनारी निवासी १६ वर्षीया सिर्जना (नाम परिर्वतित) र बैजनाथका हेमराज थारुबीच करिब एक वर्षअघि फेसबुकमार्फत चिनजान भयो । त्यसपछि उनीहरु दुबैले कुराकानी गर्ने माध्यम फेसबुकलाई नै बनाउन थाले ।

फेसबुक म्यासेन्जरबाटै भिडियो र अडियो कल गरेर उनीहरुबीच कुराकानी हुन थाल्यो   दुबै जना परिचित नहुदै हेमराजले सिर्जनालाई माया गर्ने आश्वासन समेत बाँड्न थाले । सिर्जनाले भने हेमराजको प्रस्ताव र कुरालाई सहजै पत्याइनन, तर फेसबुकमा कुराकानी गर्न भने छाडिनन् ।

हेमराजले गत शनिबार (जेठ २१ गते) का दिन सिर्जनालाई एउटा निम्तो गरे । ‘आज मेरो जन्मदिन परेको छ, तिमी जसरी भएपनि म कहाँ आउनुपर्छ र जन्मदिन सँगै मनाउँला ।’ संयोगले त्यसदिन खजुरास्थित आफन्त कहाँ पुगेकी थिइन । जन्मदिनको निम्तो स्वीकार गर्दै हेमराजले बोलाएको ठाउँमा उनी पुगिन । अपरान्ह करिव ४ बजेतिर उनीहरुबीच भेटघाट गर्ने समय तोकियो।

हेमराजले सिर्जनालाई खजुरा गाँउपालिका वडा नम्बर ६ मानखोला नजिक भेट्न बोलाए । सिर्जनालाई बोलाएको ठाउँमा हेमराज एक्लै भने थिएनन । हेमराजसहित उनका साथीहरु विक्रान्त थारु, राजकुमार थारु, प्रविण थारु र निराजन थारु पनि थिए।

त्यहाँबाट उनीहरुले सिर्जनालाई मोटरसाईकलमा राखेर मानखोला (बाँके र बर्दियाको सिमा) नजिक बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा पर्ने फुलवारी सामुदायिक वन क्षेत्रमा पुर्याए । साथमा उनीहरुले मदिरा पनि बोकेका थिए । सामुदायिक वन क्षेत्रमा पुगेपछि उनीहरु सबैले मदिरा सेवन गरे र सिर्जनालाई पनि जवरजस्ती खान बाध्य बनाए ।  

मदिराको नसाले उनी जब लठ्ठ परिन, त्यही मौका छोपेर युवाहरु उनीमाथी आइलागे । त्यहाँ रहेका पाँचै जना युवाले बेलुका करिव ६ बजेदेखी राती १२ बजेसम्म पालैपालो बलात्कार गरे । ‘म नसाले लठ्ठ परेको मौका छोपेर उनीहरुले मलाई पालैपालो बलात्कार गरेछन, मेरो शरिरमा कपडा नै थिएन, मैले वान्ता समेत गरेछु, वान्ता गरेको कपडा पनि उनीहरुले नै धोइदिएका रहेछन,’ पीडितले भनिन् ‘जब म होसमा आएँ, मेरो शरिरमा कपडा नै थिएन ।’ 

नसाले लठ्ठ परेकी सिर्जनाको होस खुलाउन युवाहरुले उनको शरीरमा पानी छर्किएका थिए । केही होस खुलेपछि सिर्जनालाई निराजन र विक्रान्तले मोटरसाइकलमा राखेर बैजनाथ-८ पिपरीस्थित एउटा बंगुरपालन फर्ममा पुर्याए । त्यहाँ पनि राती करिव १ बजेतिर विक्रान्त र निराजनले पालैपालो उनलाई बलात्कार गरे ।

बलात्कार गरिसकेपछि विक्रान्तले आफ्ना साथी विश्वनाथ थारु र निर्देश थारुलाई बोलाए । उनीहरुले पनि पालैपालो बलात्कार गरिसकेपछि युवतीलाई घरमा लगेर छाड्ने निधोमा पुगे । उनीहरुले भे ३ प ३५२७ नम्बरको पल्सर मोटरसाईकलमा बसालेर खजुरास्थित सिर्जनाको आफन्तको घरमा लैजादै गर्दा बाटोमा करिव ४ बजेतिर प्रहरीको चेकजाँच चलिरहेको थियो ।  

विश्वनाथले चलाएको मोटरसाईकलको बीचमा सृजना र पछाडी निर्देश बसेका थिए । किशोरीको अवस्था हेर्दा उनी निकै थकित मुद्रामा थिइन, प्रहरीलाई शंका लागेर सोधपुछ गर्दा घटना सार्वजनिक भयो । प्रहरीले तत्कालै दुबै जना युवालाई पक्राउ गर्यो, भने युवतीलाई उद्धार गरेर ईलाका प्रहरी कार्यालय खजुरामा राख्यो ।

प्रहरीका अनुसार पीडित युवती मोटरसाईकलमा बसिरहेका बेलामा पनि आँखा लठ्ठ पारेकी थिइन, त्यही बेलामा प्रहरीलाई शंका लागेर उनीहरुलाई धेरै बेरसम्म केरकार गरेको थियो । प्रहरीले अन्य पाँच जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।

पक्राउ परेका युवाहरुले बलात्कार गरेको प्रहरी समक्ष स्वीका गरेका छन । पीडित किशोरीले आफुमाथी सामुहिक बलात्कार गर्ने युवालाई कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छन । ‘मलाई जन्मदिन मनाउन भनेर जसरी बोलायो, उसले विश्वास घात गरेको छ र मेरो इज्जत लुट्ने काम गराएको छ,’ उनले भनिन् ‘यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिइयोस् ।’

पक्राउ परेका सबै ७ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार जिल्ला अदालतबाट म्याद थप गराएर आवश्यक अनुसान सुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीले नाबालिका माथी भएको अत्यन्त जघन्य घटना भएकाले प्रहरीले सुक्ष्म रुपले अनुसन्धान सुरु गरेको बताए ।

Banke SP1654530269.jpg

‘कानुनी रुपले हदैसम्मको सजाय माग गरेर प्रहरीले पीडितलाई न्याय दिलाउने काम गर्नेछ,’ उनले भने । पीडित युवतीको स्वास्थ्य परिक्षण गराएर एक गैर सरकारी संस्थाको संरक्षणमा राखिएको बाँके प्रहरीले जनाएको छ । -नागरिकन्युजबाट 
 


प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  २१:२३
#जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्