Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • किसानको विश्वास गुमाउँदै सिक्टा सिँचाइ आयोजना
किसानको विश्वास गुमाउँदै सिक्टा सिँचाइ आयोजना
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असार ७, २०७९

नेपालगन्ज : सरकारले आफ्नै बजेटमा आव २०६३/६४ देखि राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम बाँकेमा सुरु गर्यो । जिल्लाको अगैयास्थित राप्ती नदीमा हेडवर्कस निर्माण गरी आयोजनाको काम अगाडि बढाइएको थियो ।

पहिलो गुरुयोजना अनुसार आयोजनाको काम सम्पन्न हुँदासम्म १२ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च हुने सरकारको अनुमान थियो । उक्त गुरुयोजना अनुसार ४२.२५० किमि पश्चिम मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रफललाई मात्र सिञ्चित गर्ने लक्ष्य राखिएको थियो ।

संशोधित गुरुयोजनामा साढे ५३ किलोमिटर पूर्वी मूल नहर पनि समेटियो । उक्त नहरबाट राप्तीपारिको ९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा र्पुयाउने लक्ष्य राखियो । यस्तै आयोजनाका शाखा र प्रशाखा नहर निर्माण कार्य पनि थपियो ।

संशोधित गुरुयोजनामार्फत लागत खर्च र कामको दायरा बढाएर सरकारले आव २०७६/७७ भित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने अठोट लिएको थियो तर सरकारको सो अठोट कागजमै सीमित हुन पुग्यो । काम तोकिएको समयभित्र सम्पन्न हुन नसकेपछि दोस्रो गुरुयोजना अहिले कार्यान्वयनका क्रममा छ । दोस्रो संशोधित गुरुयोजनाअनुसार आव २०८५/८६ भित्र आयोजना सम्पन्न गर्न ३९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

सिक्टा आयोजनाको गति हेर्दा सो समयभित्र सम्पन्न हुनेमा यहाँका किसान शंका गर्छन । सिक्टाको पश्चिम मूल नहरबाट ५० क्युमेक्स पानी बग्ने क्षमता भए पनि यसअघि परीक्षणका क्रममा २ देखि ४ क्युमेक्स पानी छाड्दा पटक-पटक भत्किएको थियो ।

आयोजनाको पश्चिम मूल नहर पहिलोपटक जिल्लाको ढकेरीस्थित झिझरी खोलानजिक भत्किएको थियो । यस्तै दोस्रोपटक पनि पश्चिम मूल नहर चंगाई नालानजिक भत्कियो । आयोजनाले नहरलाई टालटुल गरे पनि सामान्य पानी छाड्दा भत्किने गरेको देखिन्छ ।

राज्यको अर्बौ रुपैयाँ लगानी भइसकेको सिँचाइ नहर पटक-पटक भत्किएपछि यसले सबैलाई झस्कायो र आयोजनाभित्र अनियमितता भएको कुरा बाहिर आयो । सिक्टा आयोजनाको संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिँचाइ मन्त्रालय, विभाग, विदेशी विज्ञ टोलीलगायतले लामो समय अध्ययन तथा अनुसन्धान गरे ।

लामो अनुसन्धानपछि अख्तियारले सिक्टामा साढे ८ अर्ब रुपैयाँ बराबर भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन आयोजनाका कर्मचारी, ठेकेदार, परामर्शदाता कम्पनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर र्गयो। विशेष अदालतले भने करिब साढे ३ वर्षपछि सबै आरोपीलाई सफाइ दिएपछि अहिले बाँकेवासी निराश बनेका छन ।

आयोजनाभित्र मौलाइरहेको भ्रष्टाचार र अनियमितता, बेथिति र लम्बिरहेको निर्माण कार्यले गर्दा बाँकेका किसान सिक्टाप्रति विश्वास गर्न छाडिसकेका छन । सरकारले सिक्टालाई पर्याप्त मात्रामा बजेट दिँदै आए पनि यसको सही सदुपयोग नहुँदा ‘बालुवामा पानी हालेझैं’ भएको यहाँका किसान तथा नागरिक अगुवा बताउँछन । सिक्टाबाट बाँकेका किसानले अहिलेसम्म सिँचाइ सुविधा पाउन सकेका छैनन ।

आयोजनाले देखावटी रूपमा केही ठाउँमा मात्रै पानी छाडेजस्तो गरे पनि धेरै ठाउँमा किसानको खेतमा पानी पुग्न सकेको छैन । कर्मचारीका अनुसार सिक्टामा अहिलेसम्म भौतिक प्रगति करिब ७० प्रतिशत मात्रै भएको छ । किसान संघ बाँकेका अध्यक्ष भानुभक्त भट्टराई सिक्टा सिँचाइ आयोजनामा सरकारले जति लगानी गरे पनि यसले बाँकेवासीलाई कुनै प्रतिफल नदिएको बताउँछन ।

‘सिक्टालाई अहिलेसम्म राजनीतिक पार्टी र उच्च स्तरका कर्मचारीले दुहुनो गाई नै बनाए,’ उनले भने, ‘यसले गर्दा नै सिक्टामा सरकारको लगानी बालुवामा पानी जस्तै भयो ।’ सरकारले जति लगानी गरे पनि सिक्टा नहरमा पर्याप्त मात्रामा पानी चल्ने अवस्था नरहेको भट्टराईले बताए ।

‘सिक्टा आयोजना निर्माण गर्दाखेरि नै भ्रष्टाचार भएको थियो, हामीले त्यति बेलादेखि नै तत्कालीन सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराएका हौं, त्यसको परिणाम त नहर परीक्षण गर्दा सामान्य पानी छाड्दै देखिएको हो,’ उनले अगाडि थपे, ‘भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियारले मुद्दा चलायो तर अहिले न्यायालयले नै भ्रष्टाचारलाई झन मलजल गर्ने काम गर्यो ।’ सिक्टामा भएको भ्रष्टाचारमा न्यायालय प्रभावमा परेको उनी बताउँछन । न्यायालयमाथि नै छानविन गर्नुपर्ने उनको माग छ ।

विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ सिक्टा सिँचाइ आयोजनाबाट यहाँका किसानले समयमा पानी पाउने संकेत अहिलेसम्म नदेखिएको बताउँछन । ‘सिक्टामा वर्षेनि सरकारले लगानी त गरिरहेको छ तर बजेट सक्नका लागि मात्रै आयोजना देखाउने दाँत जस्तै बनेको छ,’ उनले भने ।

सिक्टामा भ्रष्टाचार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनुको साटो न्यायालयले उल्टै चोख्याउने काम गरेको श्रेष्ठले बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टाभित्रको भ्रष्टाचारको विषयमा त्यसै अनुसन्धान गरेको होइन तर अदालतले सिक्टाभित्र भ्रष्टाचार भएको छैन भनेर चोख्याउने काम गर्यो, यसले भविष्यमा आयोजनाभित्र अझै भ्रष्टाचार गर्न खोज्नेलाई मलजल गर्ने काम गरेको छ । 
-नागरिक दैनिकबाट 
 


प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्