Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • किन स्थगित भयो राप्ती सोनारीको ११ औं गाउँसभा ? (भिडियो सहित)
किन स्थगित भयो राप्ती सोनारीको ११ औं गाउँसभा ? (भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असार १०, २०७९

बाँके (राप्ती सोनारी) :  राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभा केहीबेर बसेर स्थगित भएको छ । सभामा आवश्यक पर्ने गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको हो । सभाका सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार स्थगित भएको सभा आगामी असार १४ गते बिहान ११ बजे पुनः बस्नेछ । 

सभा शुक्रबार दिउँसो १ बजे बस्ने यसअघि तय भएको थियो । बजेट विनियोजनका विषयमा नेकपा एमाले निकट जनप्रतिनिधीले असहमती जनाएपछि गाउँसभा दिनभर अन्यौलमा परेको थियो । अपरान्हतिर सभा सञ्चालन गर्नका लागि पुनः बसेको कार्यपालिका बैठकमा पनि एमालेका जनप्रतिनिधीहरु सहमतीमा नआएपछि बेलुका ६ बजेतिर ११ औं सभा सञ्चालन गरिएको थियो ।

एमाले निकट जनप्रतिनिधी अनुपश्चित भएपनि सभा केहीबेरसम्म सञ्चालन भएको थियो । उक्त सभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाका गरी १९ जना जनप्रतिनिधीले सहभागिता जनाएका थिए । गाउँ सभामा सभाध्यक्ष सहित ४७ जना सदस्य छन् । यसमध्ये एमालेका २७ र कांग्रेस, माओवादी तथा राप्रपाका २० जना सदस्य छन् । 

गाउँपालिका अध्यक्ष पौडेलले यही असार ८ गते नीति तथा कार्यक्रम र बजेटलाई कार्यपालिका बैठकबाट निर्णय गरिएको र एमालेका जनप्रतिनिधी आफैंले गरेको निर्णय विपरित सभामा अनुपश्चित भएको बताए । ‘आफैले गरेको निर्णयलाई नमान्नु र निर्णयबाट पछाडी हट्नु दुर्भाग्यपूर्ण हो, उहाँहरुमा बहुमतको दम्भ र अहंकार देखियो,’ पौडेलले भने ।

गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफू सबैसँग सहमति र सहकार्य गर्न तयार रहेको उनले बताए । सभाका सदस्य समेत रहेका वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीले बजेट बाँटफाँटका विषयमा कार्यपालिकाले यसअघि गरेको निर्णय परिवर्तन भएकाले असहमती जनाउनु परेको जिकिर गरे । ‘सभा वहिष्कार गर्ने हाम्रो नियत होइन, कार्यपालिकाले गरेको निर्णय अनुसार अगाडी बढौं भन्ने हो,’ उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँ सभामा प्रस्तुत गर्ने बजेटका विषयमा यसअघि लामो समय खर्चेर कार्यपालिका बैठकले निर्णय गरेको स्मरण गराउँदै कार्यपालिकाले गरेको निर्णय अनुसार नै गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने सूची रहेको बताए ।                          IMG_20220624_2351241656094053.jpg

‘कार्यपालिका बैठकमा उहाँहरुले जे निर्णय गर्नु भएको थियो, त्यही निर्णय अनुसार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी थियो, तर एक्कासी उहाँहरुले वडाको बजेट बढाउनुपर्ने कुरा उठाउनु भयो र त्यही निहुँमा सभामा अनुपस्थित हुनुभयो,’ डाँगीले भने ।  

प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रुपैयाँको बजेट सिलिङ दिइएको छ । वडाको जनसंख्या र भुगोल हेरेर १ करोड ६० लाखदेखी १ करोड ९० लाख रुपैयाँ सम्म बजेट दिइएको छ । गाउँसभाले कुल ८८ करोड ३१ लाख ४८ हजार रुपैयाँको बजेट ल्याउने तयारी छ ।

नियम अनुसार गाउँसभा सञ्चालनका लागि पहिलो र दोस्रो पटक ५१ प्रतिशत सदस्य संख्या अनिवार्य रुपमा पुग्नुपर्छ । तर, तेस्रो पटक भने सभामा २५ प्रतिशत सदस्य मात्रै उपस्थित भएपनि उक्त सभाले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने बैधानिकता पाउने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । 'सकभर सहमतीबाटै सभा सञ्चालन होस् भन्ने सबैको कामना हो, नत्र प्रक्रियागत रुपले सभा अगाडी बढ्छ,' उनले भने ।

Gau sava1656091921.jpg

भिडियो हेर्नुस् :


प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २२:३५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे मंगलबार, वैशाख ८, २०८३
सुरु भयो पौवा 'स्वाद उत्सव'
सुरु भयो पौवा 'स्वाद उत्सव' बिहीबार, चैत २६, २०८२
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली बिहीबार, चैत २६, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्