Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • जानकीले ल्याएको ५९ करोड बढीको बजेटमा के छ ?
जानकीले ल्याएको ५९ करोड बढीको बजेटमा के छ ?
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असार ११, २०७९

बाँके(जानकी) : जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड बढी बजेट ल्याएको छ । गाउँपालिका कार्यालय मानपुरमा शुक्रबार आयोजित ११ औं सभामा उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गरेकी हुन् । यसअघि बिहीबार गाउँपालिका अध्यक्ष छब्बन खाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले ५९ करोड ५३ लाख ५९ हजार बजेट ल्याएको छ ।  

उपाध्यक्ष यादवले गाउँबासीको समृद्धिको सपना साकार पार्न सुशासन र सुरक्षाको प्रत्याभुति गराउँदै गाउँ विकासमा जनतालाई सहभागिता र अपनत्व महसुस गराउने, सेवा प्रवाहलाई सरलीकृत र चुस्त बनाउने, स्वरोजगारका माध्यमबाट गरिबी न्यूनिकरण, लिंक रोड, प्रशासनिक भवन तथा वडाको भवन निर्माण, १५ शैयाको अस्पताल, स्वास्थ्य चौकी निर्माण र स्तरोन्ती गर्नुका साथै नागरिक स्तरबाट उठान भएका आवश्यकता एवं अपेक्षाको सम्बोधनलाई जोड दिइएको छ ।

गाउँपालिकाले आर्थिक विकासतर्फ कुल ७५ लाख विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि ३५ लाख, पशु क्षेत्रका लागि ३५ लाख र सहकारी क्षेत्रका लागि ५ लाख गरि कुल ७५ लाख विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ कुल एक करोड ६५ लाख विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ शिक्षा क्षेत्रका लागि ९० लाख, महिला तथा बालबालिका क्षेत्रका लागि १५ लाख र स्वास्थ्य क्षेत्र ६० लाख गरि कुल एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरि पूर्वाधार विकासतर्फ सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ कुल २० करोड ९० लाख ५९ हजार बजेट विनियोजन गरिएको हो । गाउँपालिका स्तरीय योजनाका लागि १६ करोड ५५ लाख ५९ हजार, वडा स्तरीय योजनातर्फ ४ करोड ३० लाख गरि २० करोड ९० लाख  ५९ हजार बजेट विनियोजन गरेको हो ।

वन, वातावरण तथा विपत व्यवस्थापनतर्फ १० लाख विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत क्षमता विकासतर्फ ९ करोड २५ लाख र वडास्तरीय चालु बजेट ६० लाखसहित कुल १० करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

न्यायिक तथा लक्षित कार्यक्रम अन्र्तगत ५०/५० लाख र कर्मचारी कल्याण कोषका लागि २० लाख गरि कुल १० करोड ८० लाख बजेट सहित समग्रमा ५९ करोड ५३ लाख ५९ हजार बजेट विनियोजन गरिएको हो ।

यसअघि गाउँपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशु, सहकारी एवं वित्तीय व्यवस्थापन र उद्योग, सामाजिक विकासतर्फ स्वास्थ्य तथा सरसफाई, शिक्षा युवा तथा खेलकुद, जेष्ठ नागरिक महिला बालबालिका तथा अपांग, सँस्कृति तथा पर्यटनलाई समेटिएको छ ।

त्यस्तै पुर्वाधार विकासतर्फ पुर्वाधार विकास, भुमि तथा भवन ब्यवस्थापन, वातावरण तथा विपत व्यवस्थापनतर्फ वन वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ सुशासन तथा सेवा प्रवाह, राजश्व प्रशासन र न्याय प्रणाली सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिका अध्यक्ष खाँको सभाध्यक्षतामा सम्पन्न उक्त सभामा प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, सञ्चारकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे मंगलबार, वैशाख ८, २०८३
सुरु भयो पौवा 'स्वाद उत्सव'
सुरु भयो पौवा 'स्वाद उत्सव' बिहीबार, चैत २६, २०८२
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली बिहीबार, चैत २६, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्