Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • राप्ती सोनारीको नीति तथा कार्यक्रम पारित, कुल ८८ करोड ३१ लाख बजेट प्रस्तुत-(भिडियो सहित) 
राप्ती सोनारीको नीति तथा कार्यक्रम पारित, कुल ८८ करोड ३१ लाख बजेट प्रस्तुत-(भिडियो सहित) 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असार १४, २०७९

बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८८ करोड ३१ लाख ४८ हजार बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभामा मंगलबार उक्त बजेट प्रस्तुत गरिएको हो । 

सभामा गाउँपालिका अध्यक्ष एवम् सभाध्यक्ष तप्तबहादुर पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गरेका हुन् । सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सुझाव सहित सर्वसम्मत रुपमा पारित गरिएको छ । 

Rapti Sonari 11 th Sava Photo 21656434622.jpg

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार तथा सामाजिक विकास लगायतलाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले बादी, थारु, मधेसी लगायत समुदायका लागि पनि लक्षित गरेर कार्यक्रम ल्याएको छ । बिद्यालय शिक्षाको शैक्षिक गुणस्तरमा प्रमुख भुमिका अभिभावक नै हुने हुँदा शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिकोणात्मक सम्बन्धलाई प्राथमिकता दिइने, नमुनाको एउटा विद्यालयमाा अभिभावक सचेतकको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

गाउँपालिका भित्र सञ्चालित सामुदायिक क्याम्पसको लागि अनुदानको ब्यवस्था गरिनेछ । एक घर एक धाराको नीतिलाई आत्मसात गर्दै प्रत्येक घरमा स्वच्छ खानेपानीको लागि धारा ब्यवस्थापन गरिने, कृषकहरुलाई ब्यावसायिक खेती पद्धतीतर्फ उन्मुख गराउन खेतीयोग्य जमिनको चक्लाबन्दी गर्ने कार्यमा उत्पेैरित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । 

Rapti Sonari 11 th Sava Photo 31656434625.jpg

सिपालु राप्ती सोनारी कार्यक्रम लागु गरी बैदेशिक रोजगारीबाट फर्किएका तथा विदेश तथा स्वदेशमै जागिर गुमाएका तथा बेरोजगार युवाहरुलाई ब्यवसायिक कृषि तथा पशुपालनमा तथा मागमा आधारित तालिममार्फत युवा स्वरोजगारीका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

जनतासँग अध्यक्ष कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न हेलो अध्यक्ष कक्ष स्थापना प्रक्रिया अगाडी बढाइनेछ । कहाँ जाने सफारी घुमौ राप्ती सोनारी कार्यक्रममार्फत पर्यटन गुरुयोजना बनाई मुख्य मुख्य पर्यटकीय क्षेत्रको विकास, प्रर्वद्धन र प्रचार प्रसार गर्ने लगायत नीति तथा कार्यक्रम ल्याइएको छ । सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमका विषयमा सभाका सदस्य रमेश खनाल लगायतले आ-आफ्नो सुझाव दिएका थिए । 

उपाध्यक्ष थारुले प्रस्तुत गरेको उक्त बजेटमा पुर्वाधार विकासतर्फ २ करोड ८७ लाख ४८ हजार, आर्थिक विकासमा ८२ लाख, सामाजिक विकासतर्फ १ करोड ९७ लाख, संस्थागत विकास र सुशासनतर्फ १२ करोड ८० लाख र वातावरण तथा विपद व्यबस्थापनतर्फ १० लाख गरी १८ करोड ५६ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Rapti Sonari 11 th Sava Photo 41656434625.jpg

यस्तै शाखागत तर्फ कृषिमा १ करोड ६२ लाख, पशुमा १ करोड, शिक्षामा ७ करोड ८० लाख, स्वास्थ्यमा ५ करोड ३८ लाख, महिला विकासमा १ करोड १० लाख, वडागतमा १५ करोड ३० लाख बजेट प्रस्तुत गरिएको छ ।

यसैगरी सशर्त अनुदान(संघ)को ३४ करोड ६५ लाख, सशर्त अनुदान (प्रदेश) ८० लाख, समपूरक(प्रदेश) १ करोड ५० लाख र विशेष अनुदान(प्रदेश)को ६० लाख बजेट उपाध्यक्ष थारुले प्रस्तुत गरेकी छन् । गाउँ सभाको तेस्रो बैठक यही असार २१ गते दिउँसो १ बजे पुनः बस्ने भएको छ । उक्त सभामा प्रस्तुत बजेटबारे छलफल हुने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । 

यसअघि असार १० गते बसेको सभामा गणपुरक संख्या नपुगेपछि असार १४ गतेसम्मका लागि स्थगित भएको थियो । एमाले निकट जनप्रतिनिधीले बजेटका विषयमा असन्तुष्टी जनाउँदै सभामा अनुपस्थित भएका थिए । असन्तुष्ट जनप्रतिनिधीसँग भएको छलफलमा सहमती जुटेपछि सभा सञ्चालन भएको हो । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे मंगलबार, वैशाख ८, २०८३
सुरु भयो पौवा 'स्वाद उत्सव'
सुरु भयो पौवा 'स्वाद उत्सव' बिहीबार, चैत २६, २०८२
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली बिहीबार, चैत २६, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्