Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • राप्ती सोनारीको नीति तथा कार्यक्रम पारित, कुल ८८ करोड ३१ लाख बजेट प्रस्तुत-(भिडियो सहित) 
राप्ती सोनारीको नीति तथा कार्यक्रम पारित, कुल ८८ करोड ३१ लाख बजेट प्रस्तुत-(भिडियो सहित) 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असार १४, २०७९

बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८८ करोड ३१ लाख ४८ हजार बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभामा मंगलबार उक्त बजेट प्रस्तुत गरिएको हो । 

सभामा गाउँपालिका अध्यक्ष एवम् सभाध्यक्ष तप्तबहादुर पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गरेका हुन् । सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सुझाव सहित सर्वसम्मत रुपमा पारित गरिएको छ । 

Rapti Sonari 11 th Sava Photo 21656434622.jpg

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार तथा सामाजिक विकास लगायतलाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले बादी, थारु, मधेसी लगायत समुदायका लागि पनि लक्षित गरेर कार्यक्रम ल्याएको छ । बिद्यालय शिक्षाको शैक्षिक गुणस्तरमा प्रमुख भुमिका अभिभावक नै हुने हुँदा शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिकोणात्मक सम्बन्धलाई प्राथमिकता दिइने, नमुनाको एउटा विद्यालयमाा अभिभावक सचेतकको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

गाउँपालिका भित्र सञ्चालित सामुदायिक क्याम्पसको लागि अनुदानको ब्यवस्था गरिनेछ । एक घर एक धाराको नीतिलाई आत्मसात गर्दै प्रत्येक घरमा स्वच्छ खानेपानीको लागि धारा ब्यवस्थापन गरिने, कृषकहरुलाई ब्यावसायिक खेती पद्धतीतर्फ उन्मुख गराउन खेतीयोग्य जमिनको चक्लाबन्दी गर्ने कार्यमा उत्पेैरित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । 

Rapti Sonari 11 th Sava Photo 31656434625.jpg

सिपालु राप्ती सोनारी कार्यक्रम लागु गरी बैदेशिक रोजगारीबाट फर्किएका तथा विदेश तथा स्वदेशमै जागिर गुमाएका तथा बेरोजगार युवाहरुलाई ब्यवसायिक कृषि तथा पशुपालनमा तथा मागमा आधारित तालिममार्फत युवा स्वरोजगारीका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

जनतासँग अध्यक्ष कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न हेलो अध्यक्ष कक्ष स्थापना प्रक्रिया अगाडी बढाइनेछ । कहाँ जाने सफारी घुमौ राप्ती सोनारी कार्यक्रममार्फत पर्यटन गुरुयोजना बनाई मुख्य मुख्य पर्यटकीय क्षेत्रको विकास, प्रर्वद्धन र प्रचार प्रसार गर्ने लगायत नीति तथा कार्यक्रम ल्याइएको छ । सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमका विषयमा सभाका सदस्य रमेश खनाल लगायतले आ-आफ्नो सुझाव दिएका थिए । 

उपाध्यक्ष थारुले प्रस्तुत गरेको उक्त बजेटमा पुर्वाधार विकासतर्फ २ करोड ८७ लाख ४८ हजार, आर्थिक विकासमा ८२ लाख, सामाजिक विकासतर्फ १ करोड ९७ लाख, संस्थागत विकास र सुशासनतर्फ १२ करोड ८० लाख र वातावरण तथा विपद व्यबस्थापनतर्फ १० लाख गरी १८ करोड ५६ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Rapti Sonari 11 th Sava Photo 41656434625.jpg

यस्तै शाखागत तर्फ कृषिमा १ करोड ६२ लाख, पशुमा १ करोड, शिक्षामा ७ करोड ८० लाख, स्वास्थ्यमा ५ करोड ३८ लाख, महिला विकासमा १ करोड १० लाख, वडागतमा १५ करोड ३० लाख बजेट प्रस्तुत गरिएको छ ।

यसैगरी सशर्त अनुदान(संघ)को ३४ करोड ६५ लाख, सशर्त अनुदान (प्रदेश) ८० लाख, समपूरक(प्रदेश) १ करोड ५० लाख र विशेष अनुदान(प्रदेश)को ६० लाख बजेट उपाध्यक्ष थारुले प्रस्तुत गरेकी छन् । गाउँ सभाको तेस्रो बैठक यही असार २१ गते दिउँसो १ बजे पुनः बस्ने भएको छ । उक्त सभामा प्रस्तुत बजेटबारे छलफल हुने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । 

यसअघि असार १० गते बसेको सभामा गणपुरक संख्या नपुगेपछि असार १४ गतेसम्मका लागि स्थगित भएको थियो । एमाले निकट जनप्रतिनिधीले बजेटका विषयमा असन्तुष्टी जनाउँदै सभामा अनुपस्थित भएका थिए । असन्तुष्ट जनप्रतिनिधीसँग भएको छलफलमा सहमती जुटेपछि सभा सञ्चालन भएको हो । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक  बुधबार, असार १८, २०८२
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण सोमबार, असार १६, २०८२
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ आइतबार, असार १५, २०८२
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत 
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत  मंगलबार, असार १०, २०८२
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने  मंगलबार, असार १०, २०८२
नरैनापुरको ५१ करोड ६३ लाख बजेट सर्वसम्मत पारित
नरैनापुरको ५१ करोड ६३ लाख बजेट सर्वसम्मत पारित मंगलबार, असार १०, २०८२
खजुराले ल्यायो ८५ करोड बजेट, कबड्डी खेललाई मान्यता 
खजुराले ल्यायो ८५ करोड बजेट, कबड्डी खेललाई मान्यता  मंगलबार, असार १०, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्