Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बिहीबार, असोज ११, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
अर्थ
  • Home
  • अर्थ
  • ईन्जिनियरलाई नजचाएरै श्री एयरले नेपालगन्जबाट उडाउँछ जहाज 
ईन्जिनियरलाई नजचाएरै श्री एयरले नेपालगन्जबाट उडाउँछ जहाज 
अर्जुन ओली
अर्जुन ओली शुक्रबार, साउन २०, २०७९

नेपालगन्ज : श्री एयरको जहाजभित्र धुवा निस्केपछि बिहीबार आकस्मिक अवतरण गरियो । नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको नाइन एन-एएनएफ-४३२ नम्बरको जहाज आकस्मिक अवतरण गरिएको थियो । बिहान ९ बजेर १५ मिनेटको तालिका रहेपनि जहाज केही समय ढिलो गरी ९ बजेर ४९ मिनेटमा मात्र उडेको थियो । उक्त जहाजमा ७९ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित कुल ८३ जना सवार थिए । 

चालकको सावधानीका कारण जहाज ठुलो दुर्घटना हुनबाट जागियो र यात्रारत सबै सकुशल भए  । नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार जहाजले करिव १० किलोमिटर दुरी पार गरिसकेको थियो, लगत्तै जहाजको शौचालय भित्रबाट धुवा निस्केपछि ७ मिनेटमै पुनः नेपालगन्ज बिमानस्थलमै फर्काएर ल्याण्ड गरियो ।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालका अनुसार जहाजमा प्राविधिक समस्या देखिएको छ । काठमाडौंबाट बिहीबार नै आइपुगेको इन्जिनियर(प्राविधिक) टोलीले शुक्रबार पनि जहाज चेकजाँच गरिरहेको छ । नेपालगन्ज-काठमाडौंका लागि दैनिक पाँच वटा उडान भर्दै आएको श्रीएयरले बिहीबार भने ४ वटा उडान भर्ने तय गरेको थियो ।

उक्त जहाजमा समस्या आउँदा बिहीबार श्री एयरका ३ वटा मात्र उडान भएका छन् । विमानस्थल कार्यालयका अनुसार प्राविधिक समस्या देखिएको उक्त जहाज बिहीबार बिहान काठमाडौंबाट यात्रु लिएर नेपालगन्ज आइपुगेको थियो । उक्त जहाजलाई काठमाडौंमा इन्जिनियरले चेकजाँच गरेर मात्र उडाइएको कम्पनीको दाबी छ ।

उडानमा कम्पनीको लापरबाही

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा बाहिरका विमानस्थलमा पनि कम्पनीहरुले जहाज अनिवार्य रुपमा राख्नुपर्ने सरकारको निर्णय पश्चात श्री एयरले पनि हरेक दिन बेलुका नेपालगन्जमा एउटा जहाज राख्ने गरेको छ । श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख पर्शुराम चौधरीका अनुसार हरेक दिन बेलुका यहाँ बास बस्ने जहाज ५० सिटे जेट इन्जिनयुक्त जहाज हो ।

नियम अनुसार कुनैपनि जहाज उड्नु भन्दा अगाडी इन्जिनियरले ‘फ्री फ्लाई’ चेकजाँच अनिवार्य रुपले गर्नुपर्छ । तर, नेपालगन्जमा बास बस्ने उक्त जहाजले इन्जिनियरबाट जाँच नभएरै यहाँबाट पहिलो उडान भर्ने गरेको पाइएको छ । श्री एयरलाइन्स कम्पनीसँग ‘फ्री फ्लाई’ जाँच गर्ने इन्जिनियर नेपालगन्जमा उपलब्ध छैनन् । 

जसले गर्दा बिहानको पहिलो उडान पाइलटले सधैं जोखिम मोलेर उडाउने गरेको नेपालगन्ज विमानस्थल कार्यालय स्रोतले जनाएको छ । ‘श्री एयरको बेलुका अन्तिम उडानको जहाज नेपालगन्जमा आएर बास बस्छ, तर भोलीपल्ट बिहान इन्जिनियरको परिक्षण बिना नै पहिलो उडान गरिन्छ,’ विमानस्थल स्रोतले भन्यो ‘यसमा श्री एयरलाइन्सको कम्पनीले गम्भिर लापरबाही गरिरहेको छ, नेपाल नागरिक उड्डयन प्राधिकरण पनि आँखा चिम्लिएर बस्दै आएको छ ।’

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार कुनैपनि कम्पनीले आफ्नो जहाज इन्जिनियरलाई राम्ररी जाँच गराएर मात्र उडाउनुपर्छ । श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख चौधरीले जहाज चेकजाँच गर्नलाई आफ्नो कम्पनीसँग नेपालगन्जमा इन्जिनियर उपलब्ध नरहेको स्वीकार गर्छन् ।

‘नेपालगन्जमा हामीसँग इन्जिनियर छैनन्, काठमाडौंमै इन्जिनियरले जहाजको फ्री फ्लाई जाँच गरेर पठाउँछन्,’ उनले भने । नेपालगन्जमा हरेक दिन ५० सिटे ‘जेट इन्जिनयुक्त’ जहाज बस्ने गरेको बताउँदै भने, ‘बेलुका बास बस्ने यो जहाजको सबै चेकजाँच काठमाडौंमा इन्जिनियरले गरेर पठाउँछन्, भोलीपल्ट बिहान यहाँ पुनः जाँच गर्नुपर्दैन ।’

नेपालगन्ज विमानस्थलका प्रमुख खनालले कतिपय जहाजले काठमाडौंमै २४ घण्टा सम्मका लागि इन्जिनियरसँग ‘फ्री फ्लाई’ जाँच गराउने गरेको बताए । श्री एयरसँग नेपालगन्जमा इन्जिनियर उपलब्ध भए/नभएको विषयमा आफुलाई जानकारी नभएको उनले सुनाए । ‘यस विषयमा हामी केही भन्न सक्दैनौं,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०८:१०
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल बिहीबार, असोज ४, २०८०
उद्योग वाणिज्य संघमा महासचिव बाहेकले लिए सपथ-(फोटो फिचर)
उद्योग वाणिज्य संघमा महासचिव बाहेकले लिए सपथ-(फोटो फिचर) शुक्रबार, भदौ २९, २०८०
डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा
डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा शुक्रबार, भदौ २९, २०८०
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित आइतबार, भदौ १७, २०८०
इन्धनको मूल्य फेरी बढ्यो
इन्धनको मूल्य फेरी बढ्यो शुक्रबार, भदौ १५, २०८०
उद्योग वाणिज्य संघको महासचिव पदको मतगणना पुनः हुने 
उद्योग वाणिज्य संघको महासचिव पदको मतगणना पुनः हुने  सोमबार, भदौ ४, २०८०
नेपालगन्ज उद्योग वाणिज्य संघको पदाधिकारीमा को-को भए निर्वाचित ?
नेपालगन्ज उद्योग वाणिज्य संघको पदाधिकारीमा को-को भए निर्वाचित ? सोमबार, भदौ ४, २०८०
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित आइतबार, भदौ ३, २०८०
उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा १० जना निर्वाचित
उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा १० जना निर्वाचित आइतबार, भदौ ३, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्