नेपालगन्ज : टक्सार रियल स्टेट प्रा.लि.ले दशैंको अवसरमा घर जग्गा खरिद गर्नेलाई १० प्रतिशत छुटको ब्यवस्था गरेको छ । नेपालगन्जको प्रतिष्ठित कम्पनीले विभिन्न ठाउँमा प्लटिङ गरी घर, जग्गा कारोबार गर्दैै आएको छ । कम्पनीका अध्यक्ष ईश्वर पोखरेलले नेपालगन्जमा सोमबार आयोजित कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
‘दशैंदेखी छठ पर्वसम्म कसैले जग्गा खरिद गर्न चाहनु हुन्छ, भने हामीले १० प्रतिशत छुट दिएका छौं, मौकाको फाईदा अवश्य पनि उठाउनु होला,’ उनले भने । कम्पनीसँग विभिन्न साईजका घडेरी बिक्रीमा रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
कम्पनीले विभिन्न क्षेत्रका बौद्धिक ब्यक्तित्वको उपस्थितीमा सोमबार नेपालगन्जमा दशैं मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो । कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले हरेक चार्डपर्व जस्तै यसपटक पनि टक्सार रियल स्टेट प्रा.लि.ले शुभकामना आदान प्रदान कार्यक्रम राखेको बताए ।
‘हामी चुनावको मुखमा आईपुगेका छौं, यस्तो अवस्थामा कतिपयमा चुनावी कार्यक्रम हो कि भन्ने आशंका जागेको होला,’ उनले भने ‘म स्वयं बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार हुँ, तर चुनावी कार्यक्रमसँग यसको कुनै सम्बन्ध छैन ।’
सो क्रममा लुम्बिनी प्रदेश सांसद एवम् माओवादी नेतृ कृष्णा केसी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बि.क, जिल्ला प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारी, विभिन्न अस्पतालमा कार्यरत डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, प्राध्यापक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।