Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सहमहामन्त्री राठौंर यसरी भए ‘प्रत्यक्ष जनअनुमोदित’ 
सहमहामन्त्री राठौंर यसरी भए ‘प्रत्यक्ष जनअनुमोदित’ 
अर्जुन ओली
अर्जुन ओली शुक्रबार, मंसिर ९, २०७९

नेपालगन्ज : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर पहिलो पटक प्रत्यक्ष रुपमा जनताबाट अनुमोदित भएका छन् । बाँके क्षेत्र नम्बर ३ बाट उनी प्रतिनिधि सभा सदस्य पदमा बिहीबार निर्वाचित भए । उनले नेकपा एमालेका किस्मतकुमार कक्षपतिलाई ४ हजार ७ सय ९३ मतान्तरले पराजित गरे ।

राठौरले २९ हजार ४० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरेका छन् । २०७० सालको संविधान सभा निर्वाचनमा बर्दियाको तत्कालिन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लडेका राठौंर त्यतिबेला भने निर्वाचित हुन सकेनन् ।

संविधान जारी भएपछि उक्त क्षेत्रलाई २ नम्बर बनाइयो । सोही क्षेत्रबाट नेता राठौंरलाई पार्टीले २०७४ सालको निर्वाचनमा भने समानुपातिक सांसद बनायो । पाँच दलिय गठबन्धनबीचको सहमती अनुसार बर्दियाको उक्त क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा परेपछि सहमहामन्त्री राठौर यसपटक बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लडेका हुन् ।

Kishor Sing Rathaur Letest1669314909.jpg

जनताबाट पहिलो पटक प्रत्यक्ष अनुमोदित भएका राठौंरले यतिखेर थप जिम्मेवारी महसुस गरेका छन् । उनले किसान र समग्र जनताका कामहरु गर्न आफु निरन्तर खटिने प्रतिवद्धता ब्यक्त गरे । 

‘हिजो सुशिल दाईले बाँके जिल्लाको नेतृत्व गर्नु भएको थियो, बाँकेमा जतिपनि ठुला विकासका आयोजना भए, सुशिल दाईको नेतृत्वमा भएको थियो,’ निर्वाचित भएपछि बिहीबार राठौरले भने ‘बाँकेका जनताले नेता खोजिरहेका बेला म बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएको छु, म बाँके र बर्दियाको विकासलाई जोड्न चाहन्छु ।’  

२०२६ बैशाख १५ गते दुर्गम पहाडी जिल्ला सल्यान, बडागाउँमा जन्मेका राठौंरले गाउँमा प्रारम्भिक शिक्षा लिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौंस्थित सिद्धार्थ वनस्थलीमा पुरा गरेका  थिए ।

सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनलाई उच्च अध्ययनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले छोयो । ‘२०४१ साल तिर क्याम्पसमा पढ्दा पढ्दै म नेविसंघको राजनीतिमा लागेको हुँ,’ उनी भन्छन् ।  

त्रिचन्द्रबाट स्नातक तह उत्तीर्ण राठौंर २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवमा निर्वाचित भए । २०५१ सालमा सोही कलेजको स्ववियु सभापतिको जिम्मेवारीमा पुगेका उनी २०५२ सालमा स्वतन्त्र विद्यार्थी युनियनहरुको छाता संगठन स्ववियु फोरमको संस्थापक सभापति समेत भए । 

Kishor Sing Rathaur1669315010.jpg

लगतै २०५३ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री र २०५८ सालमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएर राठौंरले संगठनको नेतृत्व सम्हाले । त्यतिबेला नेपाली काँग्रेसका नेता सुशील कोइराला बाँके क्षेत्र नम्बर २ लाई केन्द्रविन्दुमा राखी राजनीति गरिरहेका थिए । 

आफ्नो घर नेपालगन्ज फुल्टेक्रामा भएपनि बर्दियाको राजापुर क्षेत्रलाई राजनीति गर्ने केन्द्र बनाएका उनी २०५८ सालतिर त्यतै सक्रिय भए । ‘नेविसंघमा रहँदासम्म पार्टीको राजनीति गर्नु मैले उपयुक्त ठानिनँ,’ उनी भन्छन् ‘एक जनाले एउटा मात्र पद लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुँ म । तर, बर्दियामा कांग्रेस सुदृढ गर्न भने म लागि नै रहेँ ।’

नेविसंघको नेतृत्व हस्तान्तरण गरिसकेपछि काँग्रेस पार्टीको राजनीतिमा पूरै होमिएका राठौंरका निम्ति बर्दियामा संगठन निर्माण गर्नु निकै चुनौतिपूर्ण थियो । सरकार-माओवादी द्वन्द्व कालको त्यस बेला ‘मिनी रोल्पा’ भनेर चिनिने राजापुरमा कांँग्रेसले सांगठनिक काम गर्न सक्ने अवस्था सहज थिएन पनि । त्यसबेला राजापुर क्षेत्रमै बसेर पार्टीको संगठनलाई चलायमान बनाउन उनी प्रयत्नशील रहे । 

Kishor Sing1669315062.jpg

जुझारु र कुशल संगठनकर्ताको रुपमा आफुलाई चिनाउन सफल भएका राठौंर नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आईसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो ।

काँग्रेसले राठौंरलाई पनि समानुपातिक सभासदको उम्मेदवार बनाएको थियो । गतवर्ष सम्पन्न १४ औं महाधिवेशनबाट राठौंर काँग्रेसको केन्द्रिय सहमहामन्त्री पदमा निर्वाचित भएका थिए । 

बाँके क्षेत्र नम्बर ३ मा चुनाव लड्ने निश्चित भएपछि उनीविरुद्ध विपक्षीले ‘टुरिष्ट उम्मेदवार’ भन्दै अनर्गल प्रचारबाजी गरे । तर, आफुविरुद्ध गरिएको प्रचारबाजीलाई चिर्न सफल भए ।

निर्वाचनका क्रममा उनले कहिल्यै पनि जनतालाई उधारो आश्वासन दिएनन् । र कार्यकर्तालाई पनि उधारो आश्वासन नदिन निर्देशन दिए । जितेपछि गर्न सक्ने काम मात्र उनले जनतालाई बताए । राठौंरले सबैभन्दा जोडदार रुपमा उठाएको एजेण्डा थियो, 'भुमिहिन सुकुम्बासी समस्या समाधान ।' 

आफु निर्वाचित भएपछि पाँच वर्षभित्रमा क्षेत्र नम्बर ३ मा भुमिहिन, सुकुम्बासी समस्या समाधान गर्ने र यि समस्या समाधान गर्न नसकेमा अर्को पटक भोट माग्न समेत नआउने समेत बताए । ब्यक्तित्व, लोक प्रियतासँगै राठौरको स्पष्ट बोलीका कारण पनि जनताले पाँच वर्षका लागि अनुमोदन गरेका हुन् ।

यो पनि पढ्नुस् :

केही नयाँ गरि देखाउने किशोरको अठोट

भिडियो हेर्नुस् :

 


प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:१५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्