Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • बैंकको चर्को ब्याजदर विरुद्ध तीन वटा प्रदेशका ब्यवसायीको संयुक्त आन्दोलन
बैंकको चर्को ब्याजदर विरुद्ध तीन वटा प्रदेशका ब्यवसायीको संयुक्त आन्दोलन बैंक तथा वित्तिय संस्थाको आतंकविरुद्ध आन्दोलनको विकल्प नभएको निस्कर्ष
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, मंसिर १७, २०७९

कोहलपुर : बैंक तथा वित्तिय संस्थाले बढाएको चर्को ब्याजदरले उद्योग, ब्यवसाय धरासायी बनेको भन्दै पश्चिम नेपालका तीन वटा प्रदेशका उद्योगी, ब्यवसायी आन्दोलित भएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समितिले संयुक्त रुपमा आन्दोलन कार्यक्रम तय गरेका हुन् ।

कोहलपुरमा शनिबार पत्रकार सम्मेलनमार्फत महासंघको प्रदेश, जिल्ला र नगरका अध्यक्ष तथा पदाधिकारीले ब्याजदर बढाउने नाममा बैंक तथा वित्तिय संस्थाले सिर्जना गरेको आतंकविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको निस्कर्ष निकालेका छन् । 

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदर विरुद्ध उच्च मनोबलका साथ आन्दोलनमा होमिनुपर्ने बताए । राष्ट्र बैंकले सुरुदेखी नै नियमन नगरेका कारण बैंक तथा वित्तिय संस्थामा मनोमानी चलेका उनको बुझाई छ । बैंकको आतंकले आफु स्वयं पीडित भएका उनले बताए । 

‘मेरो सम्पत्तीलाई पनि बैंकले लिलामी प्रक्रिया अगाडी बढाएको छ, कहाँ गएर कस्लाई भन्ने हाम्रो पीडा ?’ उनले भने ‘यो सबै ऋणीहरुको आन्दोलन हो, बैंकबाट ऋण लिएका सबै पीडित छन्, अब निर्णायक आन्दोलन गरौ ।’ 

Krishna Prashad Sharma1670081722.jpg

महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले बैंक तथा वित्तिय संस्था विरुद्ध आन्दोलन गर्नका लागि केन्द्रको मुख नताकेर जिल्ला र प्रदेश स्तरबाट दवाव सिर्जना गर्नुपर्ने बताए । आन्दोलनको नेतृत्व ब्यवसायीले गरेपनि बैंकबाट ऋण ल्याएका आम ऋणीहरुको पनि भएको बताए । 

पहिलो चरणको आन्दोलनबाट कुनै सुनुवाई नभएकाले दोस्रो चरणको आन्दोलन अझ कडा रुपले गर्नुपर्ने उनको सुझाव छ । ‘अब बैंकहरुमा पुगेर ताला लगाउनुपर्छ, यसका लागि म नेतृत्व गर्न तयार छु, मलाई तपाईहरुले साथ मात्रै दिनुस्,’ अधिकारीले भने ‘महासंघ केन्द्रको मुख ताक्यो भने हुदैन, सातै प्रदेशमा आन्दोलन गरौँ ।’ 

महासंघका केन्द्रिय अध्यक्षलाई आफुले पटक-पटक भन्दै आएको र पछिल्लो समयमा केन्द्रिय अध्यक्षले फोन उठाउन छाडेको सुनाए । ‘यो आन्दोलनका लागि म जस्तो सुकै परिस्थितीको सामना गर्नेछु, म महासंघको केन्द्रिय सदस्य पदबाट पनि राजिनामा दिन तयार छु, बरु आन्दोलन भोलीदेखि सुरु गरौं,’ उनले भने । यसपटकको आन्दोलन सफल हुने केन्द्रिय सदस्य अधिकारीको विश्वास छ ।

महासंघका अर्का केन्द्रिय सदस्य जमशेर मियाले उद्योगी, ब्यवसायीले भोग्नु परेको चर्को ब्याज सम्बन्धी समस्याबारे केन्द्रिय नेतृत्वलाई पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको बताए । ‘हामीले महासंघमा कुरा उठाएका छौं, तर हाम्रो कुराको कुनै सुनुवाई भएको छैन,’ मियाले भने । उद्योगी, ब्यवसायीका समस्या भइरहेपनि राज्यले सम्बोधन नगरेको उनले दुखेसो पोखे । 

महासंघका पुर्वकेन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मका उद्योगी, ब्यवसायी एकजुट नहुँदा सम्म आन्दोलनले सार्थकता नपाउने बताए । उद्योगी, ब्यवसायीले थालेको आन्दोलनमा राजनीतिक दवाव पनि परेको भन्दै आन्दोलन गर्नुको विकल्प नभएकोमा जोड दिए । 

NGCCI 3 Pradesh_Press Meet1670081724.jpg

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, महासंघ सुदुरपश्चिम प्रदेशका पदाधिकारी, विभिन्न १८ वटा जिल्ला र नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी उपस्थित भएका थिए । 

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार यही मंसिर २७ गतेका दिन ७ वटै प्रदेशका अध्यक्ष र काठमाडौंमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठक बसेर निर्णय लिइने भएको छ । यस्तै पुस १ गतेका दिन मंसिर २७ गते तय भएका विरोध कार्यक्रम अगाडी बढाउन सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई आब्हान गर्ने, महासंघमा धर्ना दिने र अगाडी बढ्ने निर्णय गरिएको छ । 


प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु'
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु' शनिबार, कात्तिक १, २०८२
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो सोमबार, असोज २७, २०८२
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो आइतबार, असोज २६, २०८२
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप  शनिबार, असोज २५, २०८२
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री बुधबार, असोज २२, २०८२
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट बुधबार, असोज २२, २०८२
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट आइतबार, असोज १९, २०८२
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व 
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व  शनिबार, असोज ११, २०८२
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट शुक्रबार, असोज १०, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्