Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • बैंकको चर्को ब्याजदर विरुद्ध तीन वटा प्रदेशका ब्यवसायीको संयुक्त आन्दोलन
बैंकको चर्को ब्याजदर विरुद्ध तीन वटा प्रदेशका ब्यवसायीको संयुक्त आन्दोलन बैंक तथा वित्तिय संस्थाको आतंकविरुद्ध आन्दोलनको विकल्प नभएको निस्कर्ष
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, मंसिर १७, २०७९

कोहलपुर : बैंक तथा वित्तिय संस्थाले बढाएको चर्को ब्याजदरले उद्योग, ब्यवसाय धरासायी बनेको भन्दै पश्चिम नेपालका तीन वटा प्रदेशका उद्योगी, ब्यवसायी आन्दोलित भएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समितिले संयुक्त रुपमा आन्दोलन कार्यक्रम तय गरेका हुन् ।

कोहलपुरमा शनिबार पत्रकार सम्मेलनमार्फत महासंघको प्रदेश, जिल्ला र नगरका अध्यक्ष तथा पदाधिकारीले ब्याजदर बढाउने नाममा बैंक तथा वित्तिय संस्थाले सिर्जना गरेको आतंकविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको निस्कर्ष निकालेका छन् । 

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदर विरुद्ध उच्च मनोबलका साथ आन्दोलनमा होमिनुपर्ने बताए । राष्ट्र बैंकले सुरुदेखी नै नियमन नगरेका कारण बैंक तथा वित्तिय संस्थामा मनोमानी चलेका उनको बुझाई छ । बैंकको आतंकले आफु स्वयं पीडित भएका उनले बताए । 

‘मेरो सम्पत्तीलाई पनि बैंकले लिलामी प्रक्रिया अगाडी बढाएको छ, कहाँ गएर कस्लाई भन्ने हाम्रो पीडा ?’ उनले भने ‘यो सबै ऋणीहरुको आन्दोलन हो, बैंकबाट ऋण लिएका सबै पीडित छन्, अब निर्णायक आन्दोलन गरौ ।’ 

Krishna Prashad Sharma1670081722.jpg

महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले बैंक तथा वित्तिय संस्था विरुद्ध आन्दोलन गर्नका लागि केन्द्रको मुख नताकेर जिल्ला र प्रदेश स्तरबाट दवाव सिर्जना गर्नुपर्ने बताए । आन्दोलनको नेतृत्व ब्यवसायीले गरेपनि बैंकबाट ऋण ल्याएका आम ऋणीहरुको पनि भएको बताए । 

पहिलो चरणको आन्दोलनबाट कुनै सुनुवाई नभएकाले दोस्रो चरणको आन्दोलन अझ कडा रुपले गर्नुपर्ने उनको सुझाव छ । ‘अब बैंकहरुमा पुगेर ताला लगाउनुपर्छ, यसका लागि म नेतृत्व गर्न तयार छु, मलाई तपाईहरुले साथ मात्रै दिनुस्,’ अधिकारीले भने ‘महासंघ केन्द्रको मुख ताक्यो भने हुदैन, सातै प्रदेशमा आन्दोलन गरौँ ।’ 

महासंघका केन्द्रिय अध्यक्षलाई आफुले पटक-पटक भन्दै आएको र पछिल्लो समयमा केन्द्रिय अध्यक्षले फोन उठाउन छाडेको सुनाए । ‘यो आन्दोलनका लागि म जस्तो सुकै परिस्थितीको सामना गर्नेछु, म महासंघको केन्द्रिय सदस्य पदबाट पनि राजिनामा दिन तयार छु, बरु आन्दोलन भोलीदेखि सुरु गरौं,’ उनले भने । यसपटकको आन्दोलन सफल हुने केन्द्रिय सदस्य अधिकारीको विश्वास छ ।

महासंघका अर्का केन्द्रिय सदस्य जमशेर मियाले उद्योगी, ब्यवसायीले भोग्नु परेको चर्को ब्याज सम्बन्धी समस्याबारे केन्द्रिय नेतृत्वलाई पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको बताए । ‘हामीले महासंघमा कुरा उठाएका छौं, तर हाम्रो कुराको कुनै सुनुवाई भएको छैन,’ मियाले भने । उद्योगी, ब्यवसायीका समस्या भइरहेपनि राज्यले सम्बोधन नगरेको उनले दुखेसो पोखे । 

महासंघका पुर्वकेन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मका उद्योगी, ब्यवसायी एकजुट नहुँदा सम्म आन्दोलनले सार्थकता नपाउने बताए । उद्योगी, ब्यवसायीले थालेको आन्दोलनमा राजनीतिक दवाव पनि परेको भन्दै आन्दोलन गर्नुको विकल्प नभएकोमा जोड दिए । 

NGCCI 3 Pradesh_Press Meet1670081724.jpg

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, महासंघ सुदुरपश्चिम प्रदेशका पदाधिकारी, विभिन्न १८ वटा जिल्ला र नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी उपस्थित भएका थिए । 

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार यही मंसिर २७ गतेका दिन ७ वटै प्रदेशका अध्यक्ष र काठमाडौंमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठक बसेर निर्णय लिइने भएको छ । यस्तै पुस १ गतेका दिन मंसिर २७ गते तय भएका विरोध कार्यक्रम अगाडी बढाउन सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई आब्हान गर्ने, महासंघमा धर्ना दिने र अगाडी बढ्ने निर्णय गरिएको छ । 


प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्