Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले गठबन्धनको नेतृत्वमा सात वटै प्रदेशमा सरकार 
एमाले गठबन्धनको नेतृत्वमा सात वटै प्रदेशमा सरकार 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, पुस १०, २०७९

काठमाडौँ : एमाले नेतृत्वको नयाँ गठबन्धनले केन्द्रसहित सातवटै प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा प्रदेशमा पनि एमाले गठबन्धनमै सामेल भएका सरकार बन्ने निश्चित देखिएको छ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले गठबन्धन गरेर केन्द्र र सातै प्रदेशमा सरकार बनाउने सक्ने छन् ।

केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद समेत गरी १६९ सांसदको गठबन्धन बनेको छ । सो गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल कांग्रेस गठबन्धनबाट प्रधानमन्त्री हुन चाहेका थिए । तर, प्रधानमन्त्री नपाएपछि आइतबार कांग्रेस नेतृत्वको गठबन्धन छोडेर दाहाल एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाई प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट दाहाल केन्द्र सरकारको प्रधानमन्त्री बन्दा सातै प्रदेशमा समेत सोही गठबन्धनको सरकार बन्ने देखिएको छ । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेशमा सांसद छैनन् । यद्यपि सातै प्रदेशमा एमाले नेतृत्वको गठबन्धनले कांग्रेसबिनै सरकार बनाउने स्थिति बनेको हो ।

प्रदेश १ मा नेकपा एमाले नै पहिलो दल छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सदस्य आवश्यक पर्छ । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी एमाले गठबन्धनका पक्षमा सांसदको संख्या ६० पुगेको छ ।

मधेश प्रदेशमा प्रदेशसभा १०७ सदस्यीय छ । प्रदेश सरकार बनाउन गठबन्धनलाई ५४ सदस्य आवश्यक पर्छ । यहाँ एमालेका २३, माओवादी केन्द्रका ८, जसपाका १६, जनमतका १३, राप्रपाका १ र नागरिक उन्मुक्ति पार्टीका १ गरी ६२ सिट एमाले गठबन्धनको पक्षमा देखिएको छ ।

वाग्मती प्रदेशको प्रदेशसभाका ११० सदस्य छन् । यहाँ सरकार गठनका लागि ५६ सदस्यको समर्थन जुटाउनुपर्छ । तर, एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ सदस्य एमाले नेतृत्वको गठबन्धनमा छन् । यहाँ पनि कांग्रेस बिनै सरकार बन्नेछ ।

त्यस्तै, गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ । एमालेका गठबन्धन दलबाटै ३१ सांसद जुटाएको छ । एमालेका २२, माओवादीका ७, राप्रपाका २ गरी ३१ सदस्य हुन्छन् । जो सरकार गठनकालागि पर्याप्य हुन्छ ।

लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा छ । जहाँ सरकार गठन गर्न ४४ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ पनि एमाले नेतृत्वको गठबन्धनले बहुमत जुटाउन सक्छ । एमालेबाट २९, माओवादी केन्द्रबाट ९, जसपाबाट ३, राप्रपाबाट ४, जनमतले ३, उन्मुक्तिले ४ गरी ५२ सांसद गठबन्धनमा छन् ।

कर्णाली प्रदेशमा प्रदेशसभा ४० सदस्यीय छ । सरकार बनाउन २१ सांसदको समर्थन चाहिन्छ । एमालेबाट १०, माओवादी केन्द्रबाट १३, राप्रपाबाट १ गरी यहाँ पनि गठबन्धनको पक्षमा २४ सांसदको समर्थन जुट्छ । सूदुरपश्चिम प्रदेशमा पनि एमाले गठबन्धनकै नेतृत्वको सरकार बन्ने देखिएको छ । यहाँ प्रदेशसभा ५३ सदस्यीय छ भने सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । 

जबकी यहाँ एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसद गठबन्धनकै छन् । यसबाहेक मधेशमा प्रभु साह नेतृत्वको स्वतन्त्र समूह पनि गठबन्धनमै जोडिएको छ । जसकारण मधेश प्रदेशमा गठबन्धनलाई थप मत पुग्छ । 


प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध बुधबार, वैशाख १६, २०८३
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी शनिबार, वैशाख १२, २०८३
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख ११, २०८३
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा बुधबार, वैशाख ९, २०८३
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन मंगलबार, वैशाख ८, २०८३
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्