Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • १२ करोड राजश्व छलीमा मुद्दा खेपेका उद्योगीलाई पदक !
१२ करोड राजश्व छलीमा मुद्दा खेपेका उद्योगीलाई पदक !
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज १०, २०७८

काठमाडौं : करोडौं रुपैयाँ राजश्व छलि गरेको अभियोगमा मुद्दा खेपेका उद्योगीलाई सरकारले पदक दिएको तथ्य बाहिर आएको छ । गृहमन्त्री बालकृष्ण खाँणको सिफारिसमा राजश्व छल्ने रुपन्देहीका उद्योगीलाई जनसेवाश्री पदक दिइएको हो ।

संबिधान दिवसको अवसरमा बुटवलस्थित श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानी, चुन्नुप्रसाद शर्मा पौडेल र नरिश्वर पौडेललाई पदले विभुषित गरिएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले उनीहरुलाई संबिधान दिवसका दिन विशेष समारोहमा पदक हस्तान्तरण गरेकी थिईन् । उनीहरु तीनै जना राजश्व छलीमा मुद्दा खेपेका उद्योगीहरु रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

उनीहरुविरुद्ध ११ करोड ८१ लाख १६ हजार ७ सय ८५ रुपैयाँ राजश्व छलीमा विभागले मुद्दा चलाएको थियो । श्रीराम टोबाको कम्पनीले गुट्खा र सुर्ती उत्पादन गरी राजश्व छली गरेको प्रमाण भेटिएपछि विभागले २०७६ पुसमा काठमाडौं र रुपन्देहीमा मुद्दा दायर गरेको थियो । विभागले बुटवल नगरपालिका-१२ मा रहेको श्रीराम टोबाको उद्योग प्रा.लि.लाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । 

उक्त कम्पनीका सञ्चालक कमलकिशोर मालपानी, चुन्नुप्रसाद शर्मा पौडेल लगायतले कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न विक्रेताको सहयोगमा स्टीकर र कर बिजक बिना मालवस्तु विक्री गरेको पाइएको विभागको अनुन्धानबाट खुलेको छ ।

भोला र करेन्ट ब्राण्डका अलावा कमल किशोर मालपानी र पौडेल बन्धुले नेपाली बजारमा अन्य विभिन्न नामका गुट्खा र सुर्ती विक्री गरी राजश्व छल्ने काम गर्दै आएको आरोप छ । भारतीय राज्य विहार र उत्तर प्रदेशमा प्लाष्टिकको प्याकेटमा सुर्ती र गुट्खा बिक्री गर्न प्रतिवन्ध लागेपछि मालपानीले नेपालबाट भारततर्फ सुर्ती र गुट्खा तस्करी समेत गर्दै आएको स्रोतले जनाएको छ ।

भारतीय बजारमा गुट्खाको माग बढी छ । मालपानी र पौडेलले आफ्नो कर्तुत ढाकछोप गर्नकै लागि गृहमन्त्री खाँणलाई प्रभावमा पारेर पदक फुत्काउन सफल भएको बताइन्छ । ‘यो  घटनाले समग्र रुपमा पदककै अपमान गरेको महसुस भएको छ,’ एक कर्मचारीले भने । 
 


प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
कर्णालीको बजेट सर्वसम्मत पारित
कर्णालीको बजेट सर्वसम्मत पारित शनिबार, असार २१, २०८२
किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत बैजनाथले किसानलाई बाँड्यो मिनी टिलर 
किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत बैजनाथले किसानलाई बाँड्यो मिनी टिलर  शुक्रबार, असार २०, २०८२
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक  बुधबार, असार १८, २०८२
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण सोमबार, असार १६, २०८२
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ आइतबार, असार १५, २०८२
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत 
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत  मंगलबार, असार १०, २०८२
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने  मंगलबार, असार १०, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्