Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
अर्थ
  • Home
  • अर्थ
  • ‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’ को तयारी पुरा
‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’ को तयारी पुरा
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ १४, २०७९

नेपालगन्ज : पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तब्यको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय  रुपमा प्रचार-प्रसार र प्रवद्र्धन गर्नका लागि हुन लागेको ‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’को तयारी पुरा भएको छ । नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल ब्यवसायी संघ बाँके लगायत संघ संस्थाको सहकार्यमा उक्त मार्ट सञ्चालन गर्न लागिएको हो । 

यही माघ १५, १६ र १७ गते हुन लागेको मार्टको आवश्यक सबै तयारी पुरा भएको आयोजक पक्षले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मार्टले पर्यटन ब्यवसायीहरुको ब्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्ने विश्वास लिइएको संयोजक श्रीराम सिग्देलले बताए । 

उक्त मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया(टाइ)बाट कार्यकारी निकाय समेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका ४० जना टुर अपरेटर र आन्तरिक पर्यटन ब्यवसायीहरु करिव ३ सय जना महत्वपूर्ण ब्यक्तित्वको सहभागिता रहने उनले जानकारी दिए । 

‘काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन ब्यवसायीहरुको ठुलो भेला तथा सम्मेलन भई स्थानीय सँस्कृती, टुर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको हो,’ संयोजक सिग्देलले भने । 

वेष्टर्न ट्राभल मार्टमा सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन ब्यवसायी समेतको सहभागितामा पहिलो पटक कैलाश मानसरोवर दुरदर्शनका निम्ति हवाई कम्पनी बुद्ध एयरसँग सम्झौता पनि गरिसकेको आयोजकले जनाएको छ । 

‘यसले पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठुलो बजारका रुपमा स्थापित नेपालगन्ज मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुनेमा विश्वास लिएका छौं,’ सिग्देलले भने ‘त्यसका लागि पहिलो चरणमा भारतीय मुलधारका प्रमुख सञ्चार माध्यममा आवद्ध ९ जना भारतीय पत्रकारसहित ६६ जना ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया(टाई)का प्रमुख पदाधिकारीहरु कैलाश मानसरोवर दर्शनका लागि निश्चित गरिसकेको अवस्था छ ।’

ट्राभल मार्ट आयोजनाले पश्चिम नेपालका पर्यटकीय गन्तव्य तथा गतिविधीको प्रचार-प्रसार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फ्लाइट नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 

यसैगरी नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘महाआरती’ थालनी गरिने भएको छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले महत्वपूर्ण साझेदारी गरेको बताइएको छ । बागेश्वरीमा गरिने महाआरतीले निरन्तरता पाउने कुरामा विश्वास दिलाउँदै यसले नेपालगन्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा पूर्वाधार थपिने कुरामा ठुलो आशा पलाएको पर्यटन ब्यवसायी बताउँछन् ।

ट्राभल मार्टका सञ्चालनका क्रममा कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिने आयोजकले जनाएको छ । 

होटल एशोसिएसन अफ नेपाल(हान) बाँकेका अध्यक्ष दिवाकर खनालले भारतीय पर्यटन ब्यवसायीहरु मार्टमा सहभागी हुन आएपछि नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने र यसले यहाँको पर्यटन क्षेत्र फस्टाउने विश्वास गरे । ‘यस्ता कार्यक्रम गरेपछि स्वभाविक रुपले भारतीय पर्यटकको आगमन बढ्छ,’ उनले भने । 

पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले वेष्टर्न ट्राभल मार्ट सञ्चालन भएपछि पर्यटन सम्बन्धी गतिविधी बढ्ने बताए । बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहले कैलाश मानसरोवर दूरदर्शनका लागि पहिलो पटक माउन्टेन फ्लाईट गर्न लागेको बताए । ‘हामीले वेष्टर्न ट्राभल मार्टकै शिलशिलामा कैलाश मानसरोवर दूरदर्शनका लागि माउन्टेन फ्लाईट गर्न लागेका छौं,’ उनले भने । 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
वायुसेवा निगमलाई प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ?
वायुसेवा निगमलाई प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ? सोमबार, चैत १३, २०७९
सडकमा कुखुरा फालेर नेपाली किसान र व्यवसायी आन्दोलित
सडकमा कुखुरा फालेर नेपाली किसान र व्यवसायी आन्दोलित बिहीबार, चैत २, २०७९
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ बुधबार, चैत १, २०७९
बैजनाथको झिगौरामा चैते धानको सामुहिक रोपाई 
बैजनाथको झिगौरामा चैते धानको सामुहिक रोपाई  बुधबार, चैत १, २०७९
रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले घटायो 
रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले घटायो  सोमबार, फागुन २९, २०७९
होलीको अवसरमा कोहलपुरमा गरिदै ‘गोलभेंडा उत्सव’ 
होलीको अवसरमा कोहलपुरमा गरिदै ‘गोलभेंडा उत्सव’  आइतबार, फागुन २१, २०७९
‘नगरपालिकाले प्रतिकुल अवस्था सिर्जना गर्दा महोत्सव समापन गरियो’ : संघ
‘नगरपालिकाले प्रतिकुल अवस्था सिर्जना गर्दा महोत्सव समापन गरियो’ : संघ आइतबार, फागुन १४, २०७९
कोहलपुर प्रादेशिक महोत्सवमा दर्शकको उत्साह, अढाई करोड बराबरको कारोबार
कोहलपुर प्रादेशिक महोत्सवमा दर्शकको उत्साह, अढाई करोड बराबरको कारोबार बुधबार, फागुन १०, २०७९
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रीलाई ज्ञापन पत्र 
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रीलाई ज्ञापन पत्र  शुक्रबार, फागुन ५, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्