Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • ‘नगरपालिकाले प्रतिकुल अवस्था सिर्जना गर्दा महोत्सव समापन गरियो’ : संघ
‘नगरपालिकाले प्रतिकुल अवस्था सिर्जना गर्दा महोत्सव समापन गरियो’ : संघ
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन १४, २०७९

कोहलपुर : लुम्बिनी  प्रादेशिक महोत्सव कोहलपुर–२०७९ आइतबार समापन भएको छ ।  कोहलपुर उद्योग वाणिज्य संघको आयोजनमा यही फागुन ५ बाट सुरु भएको उक्त महोत्सव समापन भएको हो । 

‘कृषि,पर्यटन र उद्योगको आवश्यकता : व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित संघको बहुआयमिक भवन निर्माणार्थ महोत्सव सञ्चालन गरिएको थियो । उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिकुल अवस्था सिर्जना गरिदाँ महोत्सव समापन गर्नु परेको बताएको छ ।

संघका अध्यक्ष लक्ष्मणराज पौडेलले एक विज्ञप्ती जारी गर्दै स्थानीय सरकार(कोहलपुर नगरपालिका) ले सिर्जना गरेको प्रतिकुलताका कारण महोत्सव समापन गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘व्यवसायिक क्षेत्रको प्रवद्र्धनको लागि आयोजना गरिएको महोत्सव महोत्सव स्थानीय सरकारले प्रतिकूल हुनेगरी निर्णय सकारात्मक छैन, महोत्सवलाई पूर्ण रुपमा असहयोग गरियो, स्थानीय सरकारको यस्तो कार्य सम्पादनप्रति उद्योग व्यवसायी मात्र नभएर नगरबासी मर्माहत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।  

स्थानीय सरकार समग्र उद्योगी व्यवसायीको हकहितमा कति संवेदनशिल रहेछ भन्ने पनि कोहलपुर नगरपालिकाको कार्यशैली पदीय जिम्मेवारीको चरम दुरुपयोगबाट प्रष्ट भएको उनले बताए ।  स्थानीय सरकारको त्रुटीगत निर्णयका कारण महोत्सवबाट संकलित आम्दानीबाट संघको बहुआयामिक भवन निर्माणलाई पूर्णता दिने उद्देश्य प्राप्त हुन नसक्ने अवस्था आएको अध्यक्ष पौडेलले बताए । आम दर्शक तथा अवलोकनकर्ताहरुबाट समेत महोत्सव समय अवधि थप गर्नुपर्ने सुझावको समेत पूर्ण अटेर गरिएको उनको भनाई छ ।  

निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघको अनुरोधलाई बेवास्ता गरी गैर जिम्मेवारपूर्ण तरिकाबाट स्थानीय सरकारको पूर्वाग्राही ढंगबाट गरेको निर्णयप्रति खेद प्रकट गर्दै यस पछिका दिनमा आम उद्योगी, व्यवसायी एंव नागरिकस्तर बाट हुन सक्ने विषम परिस्थितीको जिम्मेवारी पनि नगर प्रमुख एवं स्थानीय सरकारले लिनुपर्ने ध्यानाकर्षण गराइएको छ ।

संघको बहुआयमिक भवन निर्माणार्थ सञ्चालन गरिएको महोत्सवको समय थप गर्ने प्रस्ताव नगरपालिकाले अस्वीकार गरेको थियो । आयोजक संघले फागुन १० गते महोत्सव आगामी फागुन १७ गतेसम्म समय थप गर्नको लागि अनुमति मागेको थियो । 

कोहलपुर नगरपालिका मेला महोत्सव व्यवस्थापन कार्यविधि २०७९, मेला महोत्सव व्यवस्थापन समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा फागुन ११ गते बसेको बैठकले  मेलाको समय थप गर्ने निर्णय गरेको हो ।

मेला महोत्सव व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरु, जनप्रतिनिधी र सुरक्षाकर्मी सम्मिलित बैठकले गरेको निर्णयमा भनिएको छ ,‘कोहलपुर उद्योग वाणिज्य संघको फागुन १० गतेको च. नं. ७८ को पत्रद्धारा फागुन ५ गतेदेखि १३ गतेसम्म सञ्चालित लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुरको  समयसीमा फागुन १७ गतेसम्म थप अनुमतिको लागि माग भई आएकोमा उक्त महोत्सवको म्याद पूर्व अनुमति समयसिमा भन्दा बढी थप नगर्ने निर्णय गरियो ।’

Kohalpur CCI1677431332.jpg


प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २२:५०
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्