Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेश
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेश
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत ५, २०७९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति  निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभार सहित निर्वाचित भएका थिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाए ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए ।

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उनले बताए । प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हालेका राष्ट्रपति पौडेलप्रति बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

उनले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रिय सभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताए । यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गरे । 

उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए । कार्यक्रममा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसहित सहभागी भएका थिए ।

नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।    


प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध बुधबार, वैशाख १६, २०८३
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी शनिबार, वैशाख १२, २०८३
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख ११, २०८३
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा बुधबार, वैशाख ९, २०८३
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन मंगलबार, वैशाख ८, २०८३
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्