Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, चैत २३, २०७९

काठमाडौं : १० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री एवं सरकार प्रवक्ता रेखा शर्माले बिहीबार कार्यक्रम सार्वजनिक गरेकी हुन् । कार्यक्रममा गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने उल्लेख गरिएको छ ।

शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने भनिएको छ । नेपाली नागरिक नागरिकता प्रमाणपत्र पाउन र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुन नपरोस् भन्ने कुराको सुनिश्चित गर्ने पनि उल्लेख छ । सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने र नागरिकता प्राप्तिमा रहेको लैंगिक विभेद अन्त्य गर्ने पनि भनिएको छ ।

प्रदेशसँगको समन्वयमा प्रदेश प्रहरी समायोजनको काम सरकारले पूर्णता पाएको ६ महिनाभित्र सम्पन्न गर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख गरेको छ ।

शहीद तथा बेपत्ता परिवार, द्वन्दपीडित र विस्थापितलाई राहत, पुनस्स्थापना र सहायताका लागि व्यवस्था मिलाउने, विभिन्न आन्दोलनमा घाइते भई उपचार नपाएकाहरूको उपचारको व्यवस्था गर्ने, अंगभंग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका कम्तिमा एक जना सदस्यलाई रोजगारी दिने पनि व्यवस्था गरेको छ । ग्रामिण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढीपहिरो, प्राकृतिक जस्ता विपदको बेला सेवा प्रदा गर्न एयर एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यसैगरी २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत महसुल नलाग्ने र ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत महसुल घटाउने पनि साझा न्यूनतम कार्यक्रममा समेटिएको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने र सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी बृद्धि गर्ने पनि कार्यक्रममा राखिएको छ । सिंहरबारमा आयोजिक कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरू उपस्थित भएका थिए ।  


प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  २२:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध बुधबार, वैशाख १६, २०८३
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी शनिबार, वैशाख १२, २०८३
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख ११, २०८३
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा बुधबार, वैशाख ९, २०८३
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन मंगलबार, वैशाख ८, २०८३
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्