Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • किन विस्थापित हुँदैछन् नेपालगन्जका होटल व्यवसायी ?
किन विस्थापित हुँदैछन् नेपालगन्जका होटल व्यवसायी ? 'आम्दानी नहुँदा भाडा तिर्न धौ भईसक्यो' : अध्यक्ष खड्का 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, वैशाख २, २०८०

नेपालगन्ज : पछिल्लो एक दशक यता नेपालगन्जमा स्तरिय होटलको संख्यामा ह्वात्तै बृद्धि भयो । तारेदेखी सामान्य होटलको संख्या यहाँ अधिक मात्रामा रहेको छ । होटलमा लगानी गरेर आर्थिक समृद्धि ल्याउने यहाँका ब्यवसायीको सपना भने पुरा हुन सकेको छैन । 

आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगन्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष रंगबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको दुखेसो पोखेका छन् ।

उनका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको छ । एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोतिर लगानी गर्ने वातावरण नभएकाले व्यवसायी दिनप्रति दिन मर्कामा पर्न थालेको खड्काले सुनाए ।

नेपालगन्जमा साना, मझौला र ठूला गरेर सात सय होटेल व्यवसायी छन् । तीमध्ये पाँच सय व्यवसायीले मात्र नवीकरण गरेका छन् । ‘नेपालगन्जको ठूला होटेल व्यवसायी मध्ये एक जना विस्थापित हुनुभयो, कोभिड पछि विस्तारै उहाँको व्यापार घट्दै गयो, होटेल चल्न छाडेपछि आम्दानी हुने कुरै भएन, आम्दानी नभएकै कारण उहाँले भाडा तिर्न नसकेर अहिले विस्थापित नै हुनुभयो,’ खड्काले भने ‘होटलमा आम्दानी नहुँदा भाडा तिर्न धौ भईसक्यो ।’

यस्तै अवस्था रहे अबको केही महिनापछि धेरै व्यवसायी विस्थापित हुन सक्ने उनको आँकलन छ । विगत २५ वर्षदेखि होटेल व्यवसायीका रुपमा चिनिँदै आएका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा कमी आएको बताए । २५ वर्षदेखि होटल व्यवसाय गर्दै आएका उनले योभन्दा पहिला कहिल्यै यस्तो नभएको बताए । खड्काले भाडा तिर्न पनि समस्या भइरहेको बताए ।

व्यवसायी खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइ दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले आर्थिक मन्दि चलिरहेकै समयमा घरबेटीले पनि घर भाडा बढाउनुको साटो भाडा घटाइ दिएमा व्यवसायीलाई धेरै राहत हुने तर्क गरे । नेपालगन्जका होटेल व्यवसायी मात्र नभई यहाँका साना ठूला सबै व्यापारी पनि बैंकले ऋण प्रवाह नगर्दा लगानी थप्न नसकेको भन्दै उनीहरू मर्कामा परेका छन् । 

नेपालगन्जका मुख्य बजार क्षेत्रमा दिनप्रति दिन सटर खाली हुन थालेका छन् । कोभिड–१९ को मारमा परेका व्यापारी गत फागुन महिनादेखि यता झनै मारमा पर्न थालेका हुन् । गोदाम र पसलमा लाखौँका सामान स्टक छन्, तर कारोबार ठप्प हुँदै गइरहेको हुनाले आफू मारमा परेको व्यापारी बताउँछन् ।

व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेण्ट बिक्री गर्न खोज्दा पनि किनीदिने मान्छे भेट्न नसकिएको गुनासो व्यवसायीले गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल बैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधि समेत बन्न नसकेको बताए ।

कोभिड-१९ र त्यसपछि उत्पन्न भएको आर्थिक संकटले नेपालगञ्जको अर्थतन्त्र धराशयी बनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । उनले व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापित भई सकेको बताए । नेपालगन्जमा नौ हजारको हाराहरीमा व्यापारी रहेका छन् भने नवीकरण जम्मा १२ सयले मात्र गरेका छन् ।


प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्