Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाउँछौ' : प्रधानमन्त्री
'प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाउँछौ' : प्रधानमन्त्री
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, वैशाख २०, २०८०

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं विकासका निम्ति यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको उल्लेख गरे ।

उनले भनेका छन्, 'प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो, लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ ।'

प्रधानमन्त्री दाहालले नेपालको संविधानको मूल मर्म र भावना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै प्रधानमन्त्री दाहालले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना र सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारीसमेत दिए । 

त्यसैगरी सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बिमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको उनको भनाइ छ ।

'प्रेस स्वतन्त्रता दिवसबाट राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, यही कामनासहित सबैमा पुनः हार्दिक बधाई तथा शुभकामना,' शुभकामना सन्देशमा भनिएको छ ।

उनले दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, न्याय र समानताका लागि विभिन्न आन्दोलन र सङ्घर्षमा सहादत प्राप्त गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बेपत्ता योद्धाप्रति उच्च सम्मानका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने प्रधानमन्त्री दाहालको प्रतिबद्धता छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ ।

 


प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल आइतबार, साउन १८, २०८२
बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै, बानियाँ बन्दै नयाँ मुख्यमन्त्री
बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै, बानियाँ बन्दै नयाँ मुख्यमन्त्री आइतबार, साउन १८, २०८२
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता शनिबार, साउन १७, २०८२
आफुलाई हटाएपछि रञ्जिताले सोधिन गंगारामलाई स्पष्टीकरण
आफुलाई हटाएपछि रञ्जिताले सोधिन गंगारामलाई स्पष्टीकरण बिहीबार, साउन १५, २०८२
नागरिक उन्मुक्ति पार्टीमा रञ्जितालाई हटाएर लालवीर बने अध्यक्ष
नागरिक उन्मुक्ति पार्टीमा रञ्जितालाई हटाएर लालवीर बने अध्यक्ष बिहीबार, साउन १५, २०८२
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण  बिहीबार, साउन १५, २०८२
बागमतीका नवनियुक्त मन्त्रीको शपथ अचानक स्थगित !
बागमतीका नवनियुक्त मन्त्रीको शपथ अचानक स्थगित ! बिहीबार, साउन १५, २०८२
लुम्बिनी सरकारमा लोसपाका पाण्डेय बने खेलकुद मन्त्री
लुम्बिनी सरकारमा लोसपाका पाण्डेय बने खेलकुद मन्त्री सोमबार, साउन १२, २०८२
‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन’ : सह-महामन्त्री राठौंर 
‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन’ : सह-महामन्त्री राठौंर  सोमबार, साउन १२, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्