Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपालगन्जमा चाडै कार्यान्वयन हुदै ‘स्ट्रीट फुडलेन’ 
नेपालगन्जमा चाडै कार्यान्वयन हुदै ‘स्ट्रीट फुडलेन’  'नाट्टा बाँकेले ल्याएको अवधारणा कार्यान्वयनको चरणमा छ' : मेयर विष्ट
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, वैशाख २६, २०८०

नेपालगन्ज : नेपालगन्जमा बनाउन लागिएको ‘स्ट्रीट फुडलेन’ लाई चाडो कार्यान्वयनमा ल्याउनुको विकल्प नभएको निस्कर्ष निकालिएको छ । स्थानीय परिकारलाई एकै ठाउँबाट ब्यवस्थित रुपले बिक्री गर्ने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको अग्रसरतामा त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुडलेन’ बनाउन लागिएको हो ।

नेपालगन्जमा मंगलबार सरोकारवाला पक्षसँग गरिएको छलफलमा सम्वद्धहरुले यहाँको आर्थिक अवस्थालाई माथी उठाउन ‘स्ट्रीट फुडलेन’ महत्वपूर्ण रहेको बताए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले यहाँका स्थानीय परिकारलाई एकैठाउँमा ब्यवस्थित रुपले बिक्री गर्नका लागि ‘स्ट्रीट फुडलेन’ बनाउन आवश्यक देखिएको बताए ।

नाट्टा बाँकेले ल्याएको अवधारणालाई उपमहानगरपालिकाले सहर्ष रुपमा स्वीकार गरी कार्यान्वयनको चरणमा लगेको मेयर विष्टले सुनाए । तत्कालका लागि त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुडलेन’ बनाउने योजना अनुसार उपमहानगरपालिकाले शान्ति सुरक्षाका सवालमा स्थानीय प्रहरी प्रशासनसँग छलफल अगाडी बढाइसकेको बताए ।

Prashant Bist1683654118.jpg

‘स्ट्रीट फुडलेन’ बाट उत्पादन हुने फोहोर ब्यवस्थापन, शौचालयको ब्यवस्था, ‘स्ट्रीट लाईट जडान गर्ने जिम्मा उपमहानगरपालिकाको भएको र यसमा स्थानीय ब्यवसायीले पनि साथ दिनुपर्ने बताए । फुडलेन बनाउने विषयमा सरोकारवालाबीच पटक पटक छलफल हुँदै आएको छ ।

नेपालगन्ज फुडलेन व्यवस्थापन समितिका संयोजक समेत रहेका परिकल्पनाकार श्रीराम सिग्देलले नेपालगन्जको आर्थिक अवस्था माथी उठाउन ‘स्ट्रीट फुडलेन’ बनाउन आवश्यक रहेको बताए । ‘नेपालगन्जमा बिक्री भइरहेका स्थानीय खानेकुरालाई ब्यवस्थित तरिकाले स्ट्रीट फुडलेनमा पस्किन्छौं, स्वास्थ्य मापदण्ड अपनाएर राती अबेरसम्म आफ्ना परिकार बेच्न सक्यौं भने यहाँको स्थानीय परिकारको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म प्रचार-प्रसार हुन्छ,’ उनले भने । 

भिडियो हेर्नुस् :

नेपालगन्जका विभिन्न अस्पतालमा भर्ना भएका करिव एक हजार बेडका बिरामी र तिनका कुरुवा, दिवाकालिन सेवाका बसमा रातको समयमा नेपालगन्ज आईपुग्ने यात्रु र यहाँका क्यासिनोमा आउने भारतीय पर्यटकले रातको समयमा पनि स्ट्रीट फुडलेनमा स्थानीय परिकार खान पाउने हुँदा आर्थिक अवस्था माथी उठ्ने सिग्देलको विश्वास छ ।

Shree Ram Sigdel1683654118.jpg

‘स्ट्रीट फुडलेन’ लाई आगामी जेठ १२ गतेदेखी औपचारिक रुपमा कार्यान्वयनमा लैजाने तयारी रहेको सुनाउँदै त्यसअघि सम्वद्ध ब्यवसायीलाई तालिम दिइने बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरीले नेपालगन्जको स्थानीय परिकारको प्रचार भएपनि ब्यवस्थित हुन नसकेको भन्दै स्ट्रीट फुडलेन बनाएपछि थप आर्कषण बढ्ने बताए । ‘बाहिरको मान्छे आएपछि नेपालगन्जको स्थानीय परिकार खान खोज्छ, त्यसका लागि त्रिभुवन चोकमा आउँछ, तपाईहरुले बेचिरहेको परिकारलाई ब्यवस्थित मात्रै गर्न खोजिएको हो,’ उनले भने ।

सो क्रममा वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रजनीश वाजपेयी र वडा नम्बर ११ का नन्दकिशोर कश्यपले पनि स्ट्रीट फुडलेनको महत्व र आवश्यकताका बारेमा आफ्नो धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैरेले सहजीकरण गरेको उक्त छलफलमा उपस्थित त्रिभुवन चोक क्षेत्रका ठेला ब्यवसायीले आफुहरु स्ट्रीट फुडलेनमा समेटिन तयार रहेको बताए । अधिकांस ब्यवसायीहरु स्ट्रीट फुडलेन बन्ने भएपछि आफुहरुको ब्यापार, ब्यवसाय बढ्नेमा आशावादी देखिन्छन् ।

Street Food Lane_Intraction Programme1683654120.jpg

Street Food Lane_Intraction1683654121.jpg

सम्बन्धित समाचार पढ्नुस् :

‘स्ट्रीट फुडलेन’ को यसरी बुझाइँदैछ महत्व र आवश्यकता-(भिडियो सहित)

नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुड लेन' बनाइने


प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २३:२२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
'वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौती' : मन्त्री साह
'वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौती' : मन्त्री साह बुधबार, चैत १८, २०८२
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार मंगलबार, चैत १७, २०८२
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ 
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’  मंगलबार, चैत १७, २०८२
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा सोमबार, चैत १६, २०८२
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा' शुक्रबार, चैत ६, २०८२
राप्ती सोनारीका व्यापार व्यवसाय अनुगमन
राप्ती सोनारीका व्यापार व्यवसाय अनुगमन आइतबार, चैत १, २०८२
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
एमाले सं‌सदीय दलमा बादल
एमाले सं‌सदीय दलमा बादल
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्