Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्जबासीलाई पानी खुवाउने सपना, राप्ती खानेपानी आयोजना अलपत्र 
नेपालगन्जबासीलाई पानी खुवाउने सपना, राप्ती खानेपानी आयोजना अलपत्र  आयोजनाबाट नेपालगन्जवासी खानेपानी समस्याबाट मुक्त हुने अपेक्षा
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, जेठ ३, २०८०

नेपालगन्ज : सुख्खायाम जब सुरु हुन्छ, नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थाल्छन् । खानेपानी संस्थाले खनेका डिप ट्युवेलमा नै पानीको सतह कम भएपछि उपभोक्तालाई पानी वितरण गर्न हम्मे हुन्छ ।

नेपालगन्जमा बिकराल बन्दै गएको खानेपानी समस्यालाई दीर्घकालीन रूपले समाधान गर्ने उद्देश्यले ‘राप्ती खानेपानी आयोजना’ सञ्चालनमा ल्याइयो, तर उक्त आयोजना विगत पाँच वर्षदेखि पूरा हुन नपाएर अलपत्र परेको छ । जिल्लाको डुडुवा गाउँपालिका-५ कम्दीस्थित राप्ती नदीबाट प्रतिदिन २ करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित संस्थानले उक्त आयोजना पाँच वर्षअघि निर्माण सुरु गरेको थियो ।

कुल ३३ करोड रूपैयाँको लागतमा सम्पन्न हुने आयोजनामा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिलासुस्तीले गर्दा काम अलपत्र परेको हो । आयोजनाअन्तर्गत राप्ती नदीदेखि नेपालगन्जसम्म कुल १६.८ किलोमिटरमध्ये हालसम्म १३.३ किमिसम्म ‘डिआई’ पाइप बिछ्याइएको छ । खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ पाइप बिछ्याउने क्रममा यसअघि उपमहानगरपालिकाबाट सहयोग नपाएको र अहिले पनि काम गर्न सहज नभएको बताउँछन् ।

‘नेपालगन्ज उपमहानगरपालिकाभित्रका जनतालाई शुद्ध खानेपानी पुर्याउने यो आयोजनाको उद्देश्य हो, तर आयोजना कार्यान्वयन गर्ने क्रममा उपमहानगरपालिकाबाट खासै सहयोग भएन’, उनले भने । आयोजनाले राप्ती नदीदेखि नेपालगन्जसम्म ५ सय एमएम र २ सय ५० एमएमका पाइप बिछ्याउनुपर्ने छ । अहिलेसम्म ७० प्रतिशत पाइप बिछ्याइए पनि नेपालगन्जका बजार क्षेत्रमा ३० प्रतिशत पाइप बिछ्याउन बाँकी नै देखिन्छ । पाइप बिछ्याउने ठेक्का हिराचन मल्ल/जेभीले लिएको छ ।

फुलटेक्रादेखि बागेश्वरी पानी ट्यांकीसम्म २.९ किमि पाइप बिछ्याउने काम अलपत्र छ । नेपालगन्ज उपमहानगरपालिकाले सहमति नदिँदा यस क्षेत्रमा पाइप बिछ्याउने काम रोकिएको संस्थानका कर्मचारी बताउँछन् । राधाकृष्ण मन्दिरदेखि कारकाँदो चोकसम्म १ सय १० मिटर र कारकाँदो चोकस्थित सुर्खेत रोडको ३० मिटर क्षेत्र खनेर केही महिनाअघि पाइप बिछ्याइएको छ ।

फुलटेक्रादेखि बागेश्वरी पानी ट्यांकीसम्मका लागि उपमहानगरपालिकाले सहमति दिने सम्भावना कम भएकाले उक्त रुटमा पाइप बिछ्याउने योजना रद्द गर्ने निचोडमा पुगिएको संस्थान नेपालगन्जका सूचना अधिकारी बुद्धिप्रकाश केसी बताउँछन् । ‘एकातिर उपमहानगरपालिकाले सहमति नदिएको अवस्था र अर्कातिर पाइप बिछ्याउने क्रममा सडकमा क्षति पनि धेरै हुने देखिएको हुँदा यो रुटको योजना रद्द गर्ने कि भन्ने निचोडमा पुगेका छौं’, उनले भने । 

Khanepani Office1684298304.jpg

 

फुलटेक्रादेखि बागेश्वरी पानी ट्यांकीसम्म २ हजार ९ सय मिटर सडक क्षेत्र मर्मतमा करिब २ करोड खर्च लाग्ने अनुमान छ । राप्तीबाट ल्याइएको पानी बागेश्वरी, कारकाँदो र आलानगरस्थित संस्थानको ओभरहेड ट्यांकबाट वितरण गर्ने यसअघि संस्थानको योजना थियो, तर अब बागेश्वरीमा नल्याएर कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्यांकबाट पानी वितरण गर्ने संस्थानले सोच बनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर कमरुद्दिन राई राप्ती खानेपानी आयोजनाका पाइप बिछ्याउँदा सडकलाई धेरै क्षति गर्ने देखिएको बताए । उनले भने, ‘पाइप बिछ्याउँदा सडकलाई धेरै क्षति हुने देखिएको छ । संस्थानले पाइप बिछ्याउने तर सडक मर्मतमा ध्यान नदिने हो भने कसरी सहमति दिन सकिन्छ र ?’ यस विषयमा संस्थान उपमहानगरपालिकासँग छलफल गर्न नआएको उपमेयर राईले बताए ।

संस्थानले पाइप खरिद तथा फिटिङमा २४ करोड ९२ लाख ९१ हजार ५ सय ५६ रूपैयाँ, पाइप बिछ्याउन २ करोड ५७ लाख रूपैयाँ र ट्रस्ट ब्रिज निर्माणमा १ करोड १३ लाख रूपैयाँमा ठेक्का स्वीकृत गरेको थियो । खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८० प्रतिशत मात्र सम्पन्न भएको संस्थानका सब इन्जिनियर भुपाल भण्डारीले बताए । 

आयोजनाको पाइप बिछ्याउने कामका लागि मात्रै तीनपटक भन्दा बढी समय म्याद थप भइसकेको छ । पाइप लाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ट्रस्ट ब्रिज निर्माण कार्य चलिरहेको छ । २०७९ असार ३ भित्र सम्पन्न गर्नुपर्ने ट्रस्ट ब्रिजको काम अहिलेसम्म ६० प्रतिशत मात्रै भएको सब इन्जिनियर भण्डारीले सुनाए ।

के हो राप्ती खानेपानी आयोजना ?

हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा नेपालगन्जको अधिकांश ठाउँमा पानीको सतह घट्ने समस्या बल्झियो । पानीको सतह घट्दा खानेपानी संस्थानले नेपालगन्ज क्षेत्रभित्र गाडेका ७ वडा डिप ट्युवेल असफल भए  ।

उपमहानगरका अधिकांश स्थानमा पनि सर्वसाधारणले गाडेका हेन्डपम्प सुक्न थाले । ‘नेपालगन्जमा बिकराल बन्दै गएको खानेपानी समस्या तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासम्म पुग्यो । उहाँकै अग्रसरतामा राप्ती खानेपानी आयोजना स्वीकृत भयो । बजेट पनि विनियोजन भयो र निर्माण कार्य अगाडि बढाइएको हो,’ संस्थानका कर्मचारी भन्छन् । उक्त आयोजना २०७२ सालतिर स्वीकृत भए पनि निर्माण प्रक्रिया आर्थिक वर्ष २०७४÷७५ बाट सुरु भएको थियो ।

आयोजना सम्पन्न भएपछि सयौं वर्षसम्म नेपालगन्जवासी खानेपानी समस्याबाट मुक्त हुने खानेपानी संस्थान नेपालगन्जका सूचना अधिकारी केसी बताउँछन् । उनका अनुसार आयोजनाअन्तर्गत राप्ती नदीमा ‘सम्प बयल’बनाइएको छ । सम्प बयलमा हाल दुईवटा पम्प जडान गरिएको केसीले सुनाए ।

‘राप्ती नदीबाट ल्याएको पानीलाई नेपालगन्जको ट्रिटमेन्ट प्लान्टमा राखिन्छ, त्यहाँबाट ओभरहेड ट्यांकमा तानेर उपभोक्तालाई वितरण गरिन्छ’, उनले भने । आयोजनाका लागि विद्युतीकरणको काम सम्पन्न भइसकेको छ । आयोजनाका लागि सम्प बयल तीनवटा बनाउनुपर्नेमा एउटा बनेको छ ।

आयोजनाका लागि जग्गा प्राप्ति र ट्रिटमेन्ट प्लान्ट पनि बनाउनुपर्ने छ । उक्त आयोजनालाई नजिकबाट हेरेका संविधान सभाका सदस्य मैकुलाल वाल्मीकि तत्कालीन प्रधानमन्त्री कोइरालाको अग्रसरताबाट आएको खानेपानी आयोजना समयमा सम्पन्न हुन नसक्दा दुःख लागिरहेको बताउँछन् ।

'नेपालगन्जको खानेपानी समस्या दीर्घकालीन रूपले समाधान गर्ने उद्देश्यले सुशील दाइ प्रधानमन्त्री हुँदा पास भएर आएको आयोजना होे, तर आयोजना सम्पन्न गर्नमा धेरै बाधा-अड्चन आएका छन,’ कांग्रेस केन्द्रीय सदस्य वाल्मीकिले भने, ‘सुशील कोइरालाले ल्याएको भनेर कतिपयले यो आयोजनालाई यसअघि सफल हुन पनि दिएनन् ।’ संस्थानले हाल नेपालगन्जमा दैनिक ६० लाख लिटर पानी उत्पादन गरिरहेको छ । संस्थानसँग करिब पाँच हजार उपभोक्ता आबद्ध छन् । -नागरिक दैनिकबाट


प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु'
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु' शनिबार, कात्तिक १, २०८२
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो सोमबार, असोज २७, २०८२
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो आइतबार, असोज २६, २०८२
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप  शनिबार, असोज २५, २०८२
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री बुधबार, असोज २२, २०८२
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट बुधबार, असोज २२, २०८२
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट आइतबार, असोज १९, २०८२
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व 
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व  शनिबार, असोज ११, २०८२
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट शुक्रबार, असोज १०, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्