Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बिहीबार, असोज ११, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
समाज
  • Home
  • समाज
  • रारा तालको किनारमा दुई दिने 'समिट'-(फोटो फिचर)
रारा तालको किनारमा दुई दिने 'समिट'-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असार १, २०८०

नेपालगन्ज : प्रसिद्ध रारा तालको किनारमा दुई दिने रारा समिट गरिएको छ । रारा तालको पर्यटन प्रबद्र्धन, जलवायु परवर्तनको असर र प्रभाव, उच्च भेगमा खाद्य असुरक्षा, मुगु तथा कर्णाली प्रदेशमा आर्थिक एवं अन्य विविध संभावना, अवसर र चुनैतीबारे समिटमा अलग अलग शत्रमा छलफल र अन्तरक्रिया गरिएको हो । 

अन्तरालको आयोजना तथा मुगुस्थित छाँयानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाको सहयोगमा आयोजित रारा समिटमा विभिन्न विषयका विज्ञहरुले स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेका थिए ।  

भूगोलको हिसाबले देशकै ठूलो कर्णाली प्रदेश विकास र अवसरका हिसाबले किन सधै पछाडी परेको छ, भन्नेबारे समिटमा गहन विष्लेषण गरिएको थियो ।

RaRa Samit Photo 11686936196.JPG

रारा समिटका दशभन्दा बढी शत्रमा कर्णाली प्रदेशको समग्र विकासको लागि आवश्यक राष्ट्रिय, क्षेत्रिय, स्थानिय रणनीति बनाउँदै खाका कोर्ने प्रयास गरिएको थियो । समिटबाट प्राप्त सुझाव, विचार एवं आवश्यकतालाई प्रतिवेदनको रुपमा कर्णाली प्रदेश योजना आयोग र राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरिनेछ । 

कार्यक्रमको उद्घाटन शत्रका प्रमुख अतिथी एवम् मुगु जिल्लाबाट प्रतिनिधिसभाका सांसद ऐन बहादुर शाहीले रारा तालको समग्र विकासका लागि रारा गुरुयोजना तयार पार्ने प्रक्रिया सुरु भएको जानकारी दिए । राराको पर्यावरण जोगाउँदै स्थानिय जनताको जीवनस्तर माथि उकास्न आवश्यक न्युनतम पूर्वाधार र विकास निर्माणको लागि तीनै तहका सरकारले एक रुपताका साथ काम गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन कार्की, छाँयानाथ रारा नगरपालिका प्रमुख विष्णु कुमार भाम, सोरु गाउँपालिका अध्यक्ष धर्मराज शाही, खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाही तथा मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले मुगु जिल्लाको आवश्यकता तथा स्थानीय निकायका भावी योजनामाथि प्रकाश पारेका थिए । 

RaRa Samit Photo 41686936196.JPG

आयोजक अन्तराल मिडियाका कार्यकारी अध्यक्ष जयनारायण शाहले रारा तालको पर्यावरण जोगाउँदै यस क्षेत्रलाई विश्वकै अद्भूत गन्तव्यको रुपमा विकास गर्न आयोजना गरिएको रारा समिटबाट प्राप्त सुझाव सम्बन्धित निकायसम्म पुर्याउँदै आगामी दिनमा कार्यक्रमको दायरालाई अझ फराकिलो पार्ने बताए ।  

कार्यक्रमकै दौरान विश्व प्रसिद्ध धाविका मिरा राईले स्थानीय ५० भन्दा बढी बालबालिकालाई अल्ट्रा दौड सम्बन्धि दुई दिने विशेष प्रशिक्षण दिइन् । यसैगरि रारा समिटमा दुई दिने योग तथा ध्यान शिविर पनि सञ्चालन गरिएको थियो । योग साधक एवं प्रशिक्षक काव्य लम्सालले स्थानीयलाई स्वस्थ शरिर र सफल जीवनका लागि योग साधना तथा ध्यानको महत्व बुझाउँदै योगाभ्यास गराएका थिए । 

RaRa Samit Photo 61686936275.jpg

वरिष्ठ वास्तु विज्ञ तथा ज्योतिषी सुरेश चन्द्र रिजाल, साहित्यकार तथा वरिष्ठ सञ्चारकर्मी डा. नवराल लम्साल, नेपालका पुराना फोटोहरुका संकलक सुनिल उलक लगायतले कर्णाली सभ्यता तथा यस भेगको भाषा साहित्यको ऐतिहासिक महत्वबारे प्रकाश पारे । 

रारा क्षेत्रमा गीत संगित, कला तथा चलचित्रको महत्व तथा संभावना बारेमा गायिका स्वस्तिका शाही, चलचित्र निर्माता चक्रबहादुर चन्द, वृत्तचित्र निर्देशक देवकी बिष्टका साथमा रारा समिटमा छलफल गरिएको थियो । यस्तै मुगु जिल्लामा खेलकुदको विकास र व्यवसायिक खेलाडी उत्पादनको लागि नीतिगत तथा संरचनागत आवश्यकता माथि सोरु गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाही, धाविका मिरा राई लगायतका सरोकारवालाले छलफल गरेका थिए । 

RaRa Samit Photo 31686936201.jpg

RaRa Samit Photo 51686936276.JPG

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २३:०४
प्रतिक्रिया दिनुहोस्
थप समाज
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर) बुधबार, असोज १०, २०८०
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला  बुधबार, असोज १०, २०८०
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया  मंगलबार, असोज ९, २०८०
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या मंगलबार, असोज ९, २०८०
दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना, १० जना घाईते 
दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना, १० जना घाईते  मंगलबार, असोज ९, २०८०
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’  आइतबार, असोज ७, २०८०
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर)
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर) आइतबार, असोज ७, २०८०
बाँकेमा युवा उद्यमी मञ्चको शाखा बिस्तार, अध्यक्षमा डा. कनोडिया
बाँकेमा युवा उद्यमी मञ्चको शाखा बिस्तार, अध्यक्षमा डा. कनोडिया शनिबार, असोज ६, २०८०
राहत शिक्षक आन्दोलित, शिक्षक महासंघले धोका दिएको आरोप 
राहत शिक्षक आन्दोलित, शिक्षक महासंघले धोका दिएको आरोप  शनिबार, असोज ६, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्