Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • 'लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई सबैले गौरवको रुपमा लिनुपर्छ'
'लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई सबैले गौरवको रुपमा लिनुपर्छ'
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन १३, २०८०

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना हो, लुम्बिनी प्राविधिक विश्वविद्यालय । विश्वविद्यालय स्थापना भएको एक वर्ष पुरा भईसकेको छ । विश्वविद्यालका लागि बाँकेको खजुरामा करिव एक सय विघा जमिन सुनिश्चित गर्ने प्रक्रिया अगाडी बढेको छ ।

विश्वविद्यालयको नाममा अहिलेसम्म भौतिक संरचना नभएपनि यसैवर्षदेखी पठन पाठन सम्बन्धी केही कार्यक्रम सञ्चालन हुदैछन् । विश्वविद्यालयको गतिविधि, सञ्चालन हुने कार्यक्रम, आईपरेका चुनौती लगायत विविध विषयमा उपकुलपति, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालसँग दूरसञ्चार डटकमका लागि अर्जुन ओलीले गरेको संवाद :-

प्रा. डा. विनोदप्रसाद ढकाल
उपकुलपति, लुम्बिनी प्राविधिक विश्वविद्यालय 

लुम्बिनी प्राविधिक विश्वविद्यालयले के, कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
लुम्बिनी प्राविधिक विश्वविद्यालय सञ्चालन भएको एक वर्ष भयो । जग्गाको प्रक्रिया अगाडी बढिरहेको छ । वास्तवमा विश्व विद्यालय बाँकेको खजुरामा स्थापित हुने हो । अहिलेलाई नेपालगन्जमै डिभिजन वन कार्यालय बाँके भित्र हाम्रो कार्यालय स्थापना गरेर हामीले हाम्रो काम, कारबाहीहरु सञ्चालन गरिरहेका छौं ।

हामीले एक वर्षको बीचमा आईटीका ३ वटा प्रोग्राम (एउटा बिटेक इन आईटी, अर्को बिटेक इन सिएस एण्ड एआई र बिटेक इन आईटी इन्जिनियरिङ) अहिले कक्षा १२ को परिक्षा दिएर बसिरहेका बिद्यार्थीहरुलाई लक्षित गरेर प्रोग्राम सञ्चालन गर्ने किसिमको तयारीमा अगाडी बढिरहेका छौं । र यसपछि पुस, माघ तिर हामीहरुले स्नातकोत्तर तह (मास्टर डिग्री) मा पनि आईटी कै कार्यक्रम र एउटा अर्वान प्लानिङ एण्ड म्यानेजमेन्टको प्रोग्राम सञ्चालन गर्ने तयारी जुटेका छौं । 

विश्वविद्यालयसँग अहिले आफ्नो भौतिक संरचना पनि छैन । यसले गर्दा कक्षा सञ्चालनमा आउने चुनौतीलाई कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
विश्वविद्यालय स्थापना भईसकेपछि एक वर्षसम्म हामीले कक्षा चलाएनौं । अब अर्को वर्ष पनि दुई वर्ष पुग्छ । तसर्थ, अलिकति काम अगाडी नबढ्ने हो भने कसैसँग माग्न अथवा कसैसित भन्नलाई पनि सजिलो नहोला । त्यो भएर पनि हामीले यही वर्षदेखी कुनै न कुनै रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले अगाडी बढेका छौँ ।

मैले यसो भन्दै गर्दा हामी नियुक्त हुनुभन्दा पहिले नै प्रदेश सरकारको उच्च शिक्षा परिषदले पनि २०८०÷०८१ को शैक्षिक सत्रदेखी सञ्चालनमा ल्याउने गरेर आईटीका कार्यक्रम सञ्चालन गर्ने भनेर एक किसिमको निर्णय पनि गरेको थियो । त्यही निर्णयलाई पनि आधार मानेर हामीहरु आईसकेपछि केही काम हामीले सुरुवात गर्नुपर्छ, ठुलो भोलुममा नभएपनि सानो भोलुममा सुरु गर्नुपर्छ भनेर सुरु गर्न खोजेका हौं ।

भौतिक पुर्वाधार त यो विश्वविद्यालय सुरुमा बन्दा जहाँ त्यही पनि सुरु हुँदा खेरी सानो रुपमै हुने हो । पूर्ण रुपमा एकैचोटी जम्ने चिज बन्ने कुरा जहाँपनि हुने होईन । विस्तारै बन्दै पनि जाने हो । त्यही भएर पनि हामीहरुले धेरै ठुलो ल्याब, लाईब्रेरी आवश्यक नहुने गरेर आईटीमा मात्रै लक्षित गरेर एउटा कार्यक्रम अघि मैले भनेको तीन वटा कार्यक्रम भनेपनि ती सबै आईटी सित एशोसियट भएको हुँदाखेरी धेरै विषयहरु मिल्ने किसिमले हामीहरुले त्यो प्रोग्राम चलाउन खोजेको हो ।

हामीले सोचेको चाही खजुराको कुनै ठाउँमा कलेज सुरु गर्ने हो कि भनेर सोचेका थियौं र त्यही सन्दर्भमा हामीहरुले जनक शिक्षा सामाग्री केन्द्रको भवन र त्यसको जग्गालाई हाम्रो आफ्नो जग्गामा भौतिक संरचना नबन्दासम्म दुई तीन वर्षलाई प्रयोग गर्ने हो कि भन्ने सोचमा हामीले कुरा पनि अगाडी बढाएका थियौं । तर, अहिलेसम्मको स्थितीमा जनक शिक्षा सामाग्री केन्द्रको त्यो भवन र जग्गा हामीले पाउने स्थिती देखिएको छैन ।

हामीले निवेदन पनि दिएका थियौं । र तत्सम्बन्धी कार्यालयबाट उहाँहरुले नै आफुले चलाउने र अहिले कसैलाई प्रयोग गर्न नदिने हो कि भन्ने किसिमको हामीहरु त्यो मानसिकतामा छौं भनेर उहाँहरुको आधिकारिक ठाउँबाट जवाफ पाएको हुँदा अरु ठाउँमा चलाउन सकिएन भने अरु ठाउँमा बनेन भने हामीहरु अहिले जहाँ स्थापित भएर कार्यालय चलाएका छौं, यो भवन पनि ३० वटा कोठा भएको ठुलो भवन छ ।

अहिले एक वर्षलाई हामी सुरु चाही यहाँबाट भर्ना सुरु गरेर अगाडी बढाउने, त्यसपछि हाम्रै संरचनामा त्यो जग्गाको प्रक्रिया सुरु भएको छ, जग्गा लिजमा लिने प्रक्रियाको लागि हामीहरुको फाईल भूमि सुधार मन्त्रालयमा रोकिएको छ । खजुरामा करिव १ सय विघा जग्गा दिने भनेर सबै किसिमको काम, कारबाही बढेर त्यो फाईल चाही भूमि सुधार तथा ब्यवस्था मन्त्रालयमा पुगेको छ । त्यो कागज आएपछि एउटै प्रोग्राम हामीहरुले चलाईरहेको स्थिती भइरहँदा त्यतिलाई नै हुने किसिमले भौतिक संरचना तयार गरेर अर्को वर्ष हामी आफ्नै ठाउँमा सर्ने गरेर भएपनि अहिलेलाई हामीले यहीबाट भएपनि प्रोग्राम गर्नुपर्छ कि भन्ने मन्सायबाट हामी हाम्रो कामहरु अगाडी बढाईरहेका छौं । 

Binod Dhakal Sir1690606652.jpg

विश्वविद्यालय जस्तो महत्वपूर्ण संस्थाको भौतिक संरचनाका लागि जग्गाको टुंगो लागेको छैन । जग्गाको टुंगो नलाग्नुको कारण के हो ? 
जग्गा सम्बन्धी प्रक्रिया त हामी पदाधिकारी भएर आउनु भन्दा अगाडीबाट नै सुरु गर्नु भएको हो । खजुरा गाउँपालिकाको प्रमुख ज्युहरुले । तर, कस्तो भईदियो भने उहाँहरुले विश्वविद्यालयलाई उपयोगको लागि भनेर प्रक्रिया अगाडी बढाउनु भयो । तर, नेपाल सरकारले पछिल्लो बेला उपभोगको नीति चाही अवलम्वन नहुने लिजमा लिनुपर्ने भन्ने किसिमको कार्यविधि चाही बनायो ।

जसले गर्दा सबै फाईलहरु भुमी ब्यवस्था विभागमा पुगिसकेपछि त्यो फाईल लिजको प्रक्रियामा अगाडी बढाउनु भनेर फिर्ता भएर आयो । अनि फिर्ता भएर आईसकेपछि फेरी त्यो प्रक्रिया तल्लो रुट (गाउँपालिका) देखी नै फेरी लिजमा प्रक्रिया अगाडी बढाउनुपर्ने भएको हुँदाखेरी हामीहरु नेपालगन्जमा आईसकेपछि पुस, माघ तिरबाट हामीहरुले लिजको प्रक्रियाको लागि फाईलहरु लिएर गएर पहिला गाउँपालिकामा, त्यसपछि मालपोत कार्यालय सहित सिडिओ कार्यालयमा, त्यसपछि भुमी ब्यवस्था विभागमा कहिले केही कागज नपुगेको, कहिले बैठक बस्नुपर्ने, आदी ईत्यादी गरेर भुमि ब्यवस्था विभागबाट पनि स्वीकृत भएर फाईल चाही भुमी सुधार मन्त्रालयमा पुगेको छ, मलाई लाग्छ अब कुनै प्राईभेट संघ, संस्था अथवा प्राईभेटको लागि प्रयोग गर्न खोजिएको जग्गा होईन, विश्वविद्यालय प्रदेश सरकारले आफैले सञ्चालन गर्न खोजेको सरकारी विश्वविद्यालय भएको हुँदा जग्गामा ठुलो समस्या चाही नआउँला । 

बुझ्ने मान्छेहरुले पनि तत्सम्बन्धी सचिव जीहरु, मन्त्रालयका मन्त्री जीहरु, क्याविनेटमा पनि मलाई लाग्छ यसमा त्यति धेरै विवाद आउने कुरा चाही देखिदैन । किनकी सरकारले सरकारलाई नै दिने हो । एक किसिमको टुंगो चाही लाग्ला भन्नेमा म आशावादी छु । 

भौतिक संरचना आफुसँग नहुँदा त्यसले शैक्षिक कार्यक्रमहरु छिटो छरितो रुपले अगाडी बढाउनमा कत्तिको समस्या ल्याउँला ?
विश्वविद्यालय खुलेको अहिले एक वर्ष भयो । एकै वर्षमा विश्वविद्यालय सबै अंग पुग्ने भन्ने हुन्न । त्यसलाई एउटा रुपमा पुग्न समय पनि लाग्छ । तर, बिस्तारै त्यो आफ्नो गतिमा चाही अगाडी बढ्ने हो । जब आफ्नो ठाउँमा संरचना बन्छन्, तब थुप्रै कार्यक्रमहरु आफ्नो किसिमले अगाडी बढ्लान् । तर, अब नहुँदाखेरी त विश्वविद्यालयलाई सञ्चालन गर्नलाई एउटा प्रोग्राम सुरु गरेका छौं ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि आएको छ, अर्को वर्षदेखी हामीहरुले एग्रोइन्जिनियरिङ र सिभिल इन्जिनियरिङ पनि चलाउनलाई पुर्वाधारहरुको तयारी गर्ने भनेर प्रदेश सरकारले नीति तथा कार्यक्रममा राखेको छ । बिस्तारै बढ्दै जाने कुरा हो । सबै चिज राम्रो हुँदै गयो भने एकैचोटी दुई वटा, तीन वटा, चार वटा प्रोग्राम पनि खुल्ला । होईन भने एउटा, दुईटा हुँदै अगाडी चाही बढ्ला । कस्तो किसिमको बजेटको सुनिश्चितता अथवा पुर्वाधारहरु बन्दै जान्छ, त्यही किसिमले कार्यक्रम अगाडी बढ्दै जाने कुरा हो ।

Binod Dhakal1690606652.jpg अब अन्त्यमा, के भन्नु हुन्छ ?
प्राविधिक विश्वविद्यालय भनेको एउटा भिन्न प्रकारको विश्वविद्यालय हो । नामैले पनि प्राविधिक विश्वविद्यालय भनिएको छ । प्राविधिक विश्वविद्यालयले वास्तवमा देश, प्रदेश बनाउने एउटा प्राविधिक जनशक्ती उत्पादन गर्ने हो ।

तसर्थ, विश्वविद्यालयलाई सबैले चाहे सरकार होस्, चाहे अरु सरोकारवालाहरुले यसलाई सहयोग गर्नुपर्छ र अझै विशेष रुपले बाँकेमा यो स्थापित हुनै लाग्दाखेरी यो क्षेत्रतिरका सबै किसिमका राजनीतिक पार्टी, संघ संस्थाले यसलाई गौरवको रुपमा लिनुपर्छ । सरकारले पनि यसलाई गौरवको आयोजना भनेर पनि अगाडी बढाएको छ । तसर्थ, सबै जनाको साथ र सहयोग भयो भने यसले राम्रो किसिमको काम गर्दै जाला । दक्ष प्राविधिक जनशक्ती यसले उत्पादन चाही गर्ला । 


 


प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार 
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार  बिहीबार, भदौ ६, २०८१
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका  
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका   शुक्रबार, जेठ ३२, २०८१
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर 
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर  बिहीबार, जेठ ३, २०८१
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या बिहीबार, वैशाख २०, २०८१
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल मंगलबार, भदौ ५, २०८०
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ बुधबार, साउन १७, २०८०
दोस्रो हिमालयन साईन्स फेस्टिवल सकियो, त्रिभुवन नमुना मावि प्रथम
दोस्रो हिमालयन साईन्स फेस्टिवल सकियो, त्रिभुवन नमुना मावि प्रथम बुधबार, फागुन ३, २०७९
नेपालगन्जमा दोस्रो हिमालयन साईन्स फेस्टिवल
नेपालगन्जमा दोस्रो हिमालयन साईन्स फेस्टिवल बुधबार, फागुन ३, २०७९
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्