Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सुतेको नेपालगन्ज शहरलाई ब्युझाउने अभियन्ता
सुतेको नेपालगन्ज शहरलाई ब्युझाउने अभियन्ता डा. कर्णको पेशा एक, काम अनेक
अर्जुन ओली
अर्जुन ओली शुक्रबार, असोज १९, २०८०

नेपालगन्ज : पेशाले उनी प्लाष्टिक सर्जन हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उनी जागिर गर्छन् । डाक्टरी पेशामा उनी धेरै ब्यस्त हुन्छन् । तर, डाक्टरी पेशासँगै सामाजिक काममा समय बिताउँछन् । उनी हुन्, नेपालगन्जका चर्चित सामाजिक अभियन्ता डा. बिनोद कर्ण । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ निवासी उनी ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ को अगुवाई गर्छन् । कहिले झाडु लिएर सडक सफा गर्न पुग्छन्, भने कहिले रुख बिरुवा रोप्न भ्याई नभ्याई गर्छन् । यति मात्र होइन, संकटका बेलामा मानवीय सेवा गर्न तल्लिन हुन्छन् । नेपालगन्जमा दुई समुदायबीच उत्पन्न तनाव साम्य पार्न स्थानीय प्रशासनले कर्फ्यु लगायो ।

Beenod Karna_Pani Khuwaudai1696557548.jpeg

सुरक्षाकर्मीहरुले कर्फ्युको समयमा राम्रोसँग खाना समेत खान नपाएर निरन्तर ड्युटी गरिरहे । ड्युटीका क्रममा उनीहरुले पानी समेत पिउन पाएका थिएनन् । तिनै सुरक्षाकर्मीको पीडामा मल्हम लगाउन पुगे, अभियन्ता डा. कर्ण ।  नेपालगन्ज उपमहानगर क्षेत्रका विभिन्न स्थानमा पुगेर उनले सुरक्षाकर्मीलाई शुद्ध पिउने पानी (मिनरल वाटर) निःशुल्क वितरण गरेका थिए । संकटको समयमा उनले यसअघि पनि धेरै पटक यस्ता काम गर्दै आएका छन् ।  

उनको यो कार्यको सामाजिक सञ्जालभरी चर्चा भयो र धेरैले खुलेरै प्रशंसा पनि गरे । डा. कर्णले गर्ने हरेक कामको नेपालगन्जबासीले ‘तारिफ’ गर्छन् । नेपालगन्जमा क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जको अभियान ल्याएर सुर्खेतरोडलाई हरियाली बनाउनुपर्छ भन्ने ब्यक्ति डा. कर्ण नै भएको नेपालगन्जका कतिपय नागरिकहरु बताउँछन् । 

‘सुर्खेतरोडका डिभाइडरमा यो हरियली देख्दा शहरका अन्य दोषलाई पक्कै भुलाउँछ, यद्यपी यी रुखहरु सबै उनले नरोपेका हुन सक्छन् तर केही वर्ष अघि कुटो खुर्पि लिएर बिरुवा रोप्न सडका उत्रिदाँ डा. विनोद कर्णलाई साइको भन्नेहरु पनि थिए, तर गरे हुन्छ, सुरुवात एक्लैबाट हुने हो भन्ने नेपालगन्जको यो हरियालीले सिद्ध गर्दैछ,’ पर्यटन ब्यवसायी श्रीराम सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन् ‘जसले समाज परिवर्तन गर्न खोज्छ सुरुमा उ एक्लै हुनेगर्छ, उपलब्धिहरु सँगै समाज पनि जोडिन्छ ।’ 

Beenod Karna_Plantation1696557550.jpg

नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्ले सामाजिक अभियानमा डा. कर्णको योगदान रहने गरेको बताउँछन् । उनी डा. कर्णलाई समाजको सच्चा हिरोको संज्ञा दिन्छन् । ‘उहाँ समाजको सच्चा हिरो हुनुहुन्छ,’ उहाँ अत्यन्त ब्यस्त डाक्टर हुनुहुन्छ, चिकित्सा पेशामा लागेको मान्छे पनि समाज सुधारका लागि यसरी समयलाई ब्यवस्थापन गरेर खटिनु एकदमै अनुकरणीय कार्य हो ।’

कर्फ्युको समयमा डा. कर्णले प्रहरीलाई पानी खुवाउँदै गरेको फोटो पोष्ट गर्दै अभियन्ता काफ्लेले सामाजिक सञ्जालमा लेखेका छन् । सुतेको नेपालगन्ज शहरलाई ब्युझाउने अभियानमा छन्, उनी । डाक्टरी पेशा अंगालेका कर्णले आखिर किन यसरी सामाजिक काममा आफ्नो समय खर्चिरहेका छन् त ?

उनी भन्छन्, ‘सामाजिक अभियानमार्फत नेपालगन्ज शहर सफा र ब्यवस्थित देखियोस् भन्ने नै मेरो उद्देश्य हो, पहिला जागरुकता कम थियो, पछिल्लो समयमा अहिले बिस्तारै सुधार हुदै गएको छ, केही गर्नुपर्छ भनेर लाग्नेहरु पनि छन् । पछिल्लो समयमा मलाई धेरैले साथ दिईरहनु भएको छ ।’

५२ वर्षिय कर्ण डाक्टरी पेशामा लागेको २३ वर्ष पुगिसकेको छ । पेशाको शिलशिलामा काठमाडौं बसेका उनी २७ वर्षपछि नेपालगन्ज फर्केका हुन् । झण्डै एक दशकदेखी नेपालगन्जमै रहेका उनले यहाँको अवस्थालाई सुर्धानका लागि ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ को अभियान सुरु गरेको स्मरण गर्छन् ।

Beenod Karna1696557546.jpg

सामाजिक काम गर्दा डाक्टरी पेशालाई असर गर्दैन ? भन्ने प्रश्नमा डा. कर्णले थपे, ‘यस्ता कामले पेशालाई पक्कै पनि असर गर्छन् नै, तर प्रायः शनिबारको दिन मलाई पेशाबाट फुर्सद मिल्छ, त्यो दिन बढी समय सरसफाईका कामहरु गर्छौ ।’ यो समाचार तयार पार्ने क्रममा फोन सम्पर्क गर्दा कर्णले शुक्रबार एका बिहानै नेपालगन्जको पुष्पलाल चोक क्षेत्रमा सरसफाई गरिरहेका थिए ।

‘धेरै पहिला पुष्पलाल चोक निरको डिभाईडरमा झार उम्रेको देखेको थिए, अहिले त्यही झार उखेल्दैछौंं,’ उनले भने । सरसफाईमा डा. कर्णसहित नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, रेडक्रसकर्मी सुरेन्द्रकुमार श्रेष्ठ, पूर्ण महतरा, शेखरकाजी थापा, कमल कार्की, सुर्यबहादुर खत्री, पूर्णप्रसाद गौतम र श्रीधर पौडेल सामेल थिए । 

कुनै समयमा एक्लै सरसफाईमा निस्कने डा. कर्णलाई पछिल्लो समय अभियानलाई साथ मिल्न थालेको छ । सरसफाईका साथै समाजका लागि केही फरक काम गर्न चाहन्छन् उनी । कर्फ्युको समयमा केहीदिन अघि सुरक्षाकर्मीका लागि ठाउँ-ठाउँमा पिउने पानीको ब्यवस्थापन गर्दा उनको खुबै चर्चा भयो ।

उनी भन्छन्, ‘सुरक्षाकर्मीमा कडा अनुशासन हुन्छ, कतै जान पनि पाइँदैन, कर्फ्युको समयमा बजार पुरै बन्द थियो, चाउचाउ खाएर ड्युटी गरेको पनि देखियो, उहाँहरुलाई पिउने पानीको आवश्यकता देखेर मैले ब्यवस्थापन गरिदिएको हुँ ।’ कोरोना महामारीको समयमा पनि उनले सुरक्षाकर्मी र अटोरिक्सा वालालाई माक्स, स्यानिटाइजर जस्ता सामाग्री बाँड्ने गरेका थिए । यिनै डाक्टर सामाजिक काममा सक्रिय भइरहेको देखेर पछिल्लो समयमा नेपालगन्जबासी बिस्तारै ब्युझिन थालेका छन् । 


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु बुधबार, वैशाख १६, २०८३
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर  बुधबार, वैशाख ९, २०८३
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल आइतबार, चैत २२, २०८२
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्