बाँके (बैजापुर) : ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा छैठौं राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८०’ को उपाधि शिव शक्ति माध्यामिक बिद्यालय पेरानीले जितेको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजना, जनशक्ति माध्यमिक विद्यालय बैजापुरको सञ्चालन तथा ब्यवस्थापनमा बिहीबारबाट उक्त प्रतियोगिता सुरु भएको थियो ।
राप्ती सोनारी गाउँपालिका क्षेत्रका सबै बिद्यालयलाई पछाडी पार्दै शनिबार शिव शक्ति मावि राप्ती सोनारी ८ पेरानीले १७ स्वर्ण, ५ कास्य र ५ रजत पदक सहित उपाधि जितेको हो । गत बर्ष उपाधि जितेको सरस्वती मावि भवानियापुरले यसबर्ष दोस्रो स्थानमा चित्त बुझायो ।
![Rastrapati Running Sild 6th President Cup Winner 61706372452.jpg](https://www.dursanchar.com/uploads/posts/Rastrapati Running Sild 6th President Cup Winner 61706372452.jpg)
राप्ती सोनारी ३ मा रहेको सरस्वती माविले १३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा आएको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय राप्ती सोनारी २ अगैयाले १० स्वर्ण, ८ रजत र ७ कास्य पदक जितेको छ । यसैगरी गणेश मावि ढकेरी ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित चौथो स्थानमा आएको छ ।
जनशक्ति माध्यमिक बिद्यालय बैजापुरका ब्यवस्थापन समिति अध्यक्ष प्रदिपकुमार रजकको सभापतित्वमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा विजेता खेलाडीलाई प्रमुख अतिथी एवम राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल लगायत अतिथीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।
शिव शक्ति माविले २०८१ सालमा हुने १७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । उक्त बिद्यालयका प्रधानाध्यापक पुष्करराज खड्काले शनिबार ओलम्पिक झण्डा ग्रहण गरेका थिए ।
![Rastrapati Running Sild 6th President Cup Winner 21706372449.jpg](https://www.dursanchar.com/uploads/posts/Rastrapati Running Sild 6th President Cup Winner 21706372449.jpg)
![Rastrapati Running Sild 6th President Cup Winner 41706372451.jpg](https://www.dursanchar.com/uploads/posts/Rastrapati Running Sild 6th President Cup Winner 41706372451.jpg)
![Rastrapati Running Sild 6th President Cup Winner 51706372451.jpg](https://www.dursanchar.com/uploads/posts/Rastrapati Running Sild 6th President Cup Winner 51706372451.jpg)
![Rastrapati Running Sild 6th President Cup Winner 31706372450.jpg](https://www.dursanchar.com/uploads/posts/Rastrapati Running Sild 6th President Cup Winner 31706372450.jpg)
यो पनि पढ्नुस् :
राष्ट्रपति रनिङ शिल्ड : राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कपमा सरस्वतीको बर्चश्व
यसरी सुरु भयो राप्ती सोनारी गाउँपालिका स्तरीय 'अध्यक्ष कप' रनिङ शिल्ड -(फोटो फिचर)