Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बाँकेमा पाँच महिनामा ३३ नयाँ कुष्ठरोगी, बालबालिका बढी प्रभावित
बाँकेमा पाँच महिनामा ३३ नयाँ कुष्ठरोगी, बालबालिका बढी प्रभावित
बिमला चौधरी
बिमला चौधरी सोमबार, माघ १५, २०८०

नेपालगन्ज : बाँके जिल्ला अहिले पनि कुष्ठ रोगकको उच्च जोखिममा रहेको पाईएको छ । प्रत्येक बर्ष कुष्ठ रोगबाट प्रभावित एक सय बढी नयाँ बिरामी फेला परिरहेकाले बाँके उच्च जोखिममा रहेको पाईएको हो ।

७१ औं विश्व कुष्ठ रोग दिवसको अवसरमा आईतबार साईनिङ अस्पताल, आईएनएफ बाँकेले चालु आर्थिक बर्षको साउनदेखि पौष मसान्त सम्म कुष्ठ रोगबाट प्रभावित ६० जना नयाँ विरामी फेला परेको तथ्यांक सार्वजनिक गरेको छ । ती मध्य २९ जना बाँकेका विरामी रहेको साईनिङ अस्पताल, आईएनएफ बाँकेका प्रमुख मंगल चौधरीले जानकारी दिए ।

साईनिङ अस्पतालमा फेला परेका नयाँ विरामी मध्य १५ जना भारतिय नागरिक भएको जानकारी दिँदै प्रमुख चौधरीले बर्दिया र अन्य पहाडी जिल्लाबाट चेक जाँच गराउन आउने विरामीमा पनि कुष्ठ रोग पत्ता लागिरहेको जनाए । प्रकोप दर घटेको छैन, उनले भने –‘गत बर्ष पनि ६ महिनाको तथ्यांकमा ५१ जना नयाँ बिरामी फेला परेकोमा २५ जना बाँकेककै थिए । ’ 

लुम्विनी प्रदेशमै बाँके दोस्रो उच्च जोखिममा रहेको जानकारी दिँदै प्रमुख चौधरीले खुला सिमानाका कारण बाँकेबाट भारत बढी आवतजावत हुनेभएकोले कुष्ठ रोगको प्रकोप घट्न नसकेको बताए । यस्तै बाँकेमा सबै स्वाथ्य संस्थाबाट संकल गरिएको तथ्यांक सार्वजनिक गर्दै स्वाथ्य कार्यालय बाँकेका फोकल पर्सन रविन्द्र कुमार शाहले पछिल्लो समय कुष्ठ रोगबाट १४ बर्ष मूनिका वालवालिकाहरु बढी प्रभावित भएको जानकारी दिए ।

यस चालु आर्थिक बर्षको साउन देखि मंसिर मसान्त सम्म बाँकेमा ३३ जना नयाँ विरामी भेटिएकोमा १३ जना १४ बर्ष मूनिका वालवालिका रहेको बताए । उनका अनुसार पाँच महिनाको अबधिमा फेला परेका कुष्ठ रोगका नयाँ विरामी मध्य नेपालगञ्जका ८, खजराका ६ , कोहलपुर र जानकीका ५/५ नरैनापुरका ४, बैजनाथका ३ र डुडुवा गाउँपलिकाको २ जना रहेका छन् ।

सरकारले कुष्ठ रोग निवारण विशेष नीति  तथा कार्यक्रम ल्याउन नसकेको बताउँदै उनले सरकारी स्वाथ्य संस्थाहरु नयाँ विरामी पत्ता लगाउन साईनिङ अस्पताल, आईएनएफ जस्ता संस्थाको सहयोग लिनु पर्ने वाध्यता रहेको बताए ।

दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  स्वाथ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले कुष्ठ रोगको प्रकोप दर बढीरहेपनि सरकारले यसको निवारणकालागि लगानी गर्न छोडी सकेको बताईन् ।

समाजमा अझै पनि कुष्ठ रोगीलाई गरिने ब्यवहार, लान्छना र विभेद हट्न नसकेको बताउँदै प्रमुख पौडेलले राज्यले जनचेताना जगाउन र नयाँ विरामी पत्ता लगाउन थप नीति तथा कार्यक्रम ल्याउन नसकेको बताईन् । कार्यक्रममा बोल्दै भेरी अस्पताल नेपालगञ्जमा कार्यरत छाला रोग बिशेषज्ञ डाक्टर आर के झाले कुष्ठ रोगको रोकथाम र उपचार सम्भव रहेपनि सबैमा जनचेतना पुग्न नसक्दा समाजमा अझै धेरै रागीहरु लुकेर रहेको बताए ।

रोग पत्ता लागेका विरामीहरु उपचारका क्रममा पनि अन्ध विश्वासकै कारण उनीहरु आफन्तको माया र सहयोग पाउन नसकेको अनुभव सुनाए । उनले भने, ‘उपचारत बिरामीलाई भेट्न उनीहरुका आफन्त र नातेदारहरु कोही पनि आउँदैन्, त्यो पीडा रोगीलाई मात्र थाहा होला ।’ कुष्ठरोग अपहेलित रोग हो नै तर सरकारले पनि यसलाई उपेक्षा गरेको छ, उनले भने । खजुरा गाउँपालिका स्वाथ्य शाखा प्रमुख दिपक ढकालले समाज र आफन्तबाट अपहेलित हुने डरले कुष्ठ रोगीहरु खुलेर उपचारमा आउन नसकेको बताए । स्थानीय स्तरमा कुष्ठ रोग शिवर सञ्चालन गर्दा एक जना पनि चेकजाँच गराउन नआउने भएकले पछिल्लो समय छाला रोग शिविर भनेर सञ्चालन गर्न थालेको बताए ।

छाला रोग शिविरमा पत्ता लागेका बिरामीहरुपनि गोप्य रुपमा औषधी सेवन गर्न चाहेको उनले जानकारी दिए । दिवसको अवसरमा साईनिङ अस्पताल, आईएनएफ बाँके, स्वास्थ्य कार्यालय बाँके, कुष्ठ रोग निवारण संघ, जानकी गाउँपालिका, खजुरा गाउँपालिका, बि.एन एम टि नेपाल, टि बि नेपाललगायतको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । साईनिङ अस्पताल, आईएनएफ बाँकेका प्रमुख मंगल चौधीको अध्यक्षतामा एवं स्वाथ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जानकी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले आगामी दिनमा गाउँपालिकाको नीति तथा कार्यक्रममा कुष्ठ रोग निवारणको ‘विषय समेट्ने प्रतिबद्धता जनाए ।

कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित ब्यवहार गरौं ।’ भन्ने मूल नारा सहित मनाईएको ७१ औं विश्व कुष्ठ रोग दिवसको अवसरमा आईतबार साईनिङ अस्पतालमा उपचार रत १९ जना कुष्ठ रोगका बिरामीलाई फलफूल तथा न्यानो कम्बल समेत बितरण गरिएको थियो ।

received_2550409142908351706493900.jpeg

 


प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु बुधबार, वैशाख १६, २०८३
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर  बुधबार, वैशाख ९, २०८३
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल आइतबार, चैत २२, २०८२
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्